Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

जिशन अलाम कर्णाली याक्समा अनुबन्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
जिशन अलाम कर्णाली याक्समा अनुबन्ध
Photo / Coverage: पर्दाफास

कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि टेष्ट राष्ट्र बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ । आइतबार जिशनलाई बाँकी खेलको लागि अनुबन्ध गरेको कर्णाली याक्स स्पोट्र्स प्रा.लीका अध्यक्ष गृहेन्द्र घिमिरेले जानकारी गराए । अध्यक्ष घिमिरेले जिशनको आगमनसँगै टिमको शीर्षक्रम बलियो हुने विश्वास व्यक्त गरे । ‘जिशन पछिल्लो समय राम्रो लयमा रहेका कारण हामीले अनुबन्ध गरेका हौं । उनको आगमनपछि कर्णाली याक्सको शीर्षक्रम बलियो अझै बलियो हुने विश्वास लिएका छौं ।’अध्यक्ष घिमिरेले टिममा दुई बंगलादेशी खेलाडी रहिसकेकाले जिसमलाई पनि नेपालको वातावरणमा खेल्न सहज हुने बताउाछन् । जिशन कर्णालीमा अनुबन्ध हुने तेस्रो बंगलादेशका खेलाडी हुन् । यसअघि अरिफुल इस्लाम र अकवर अली अनुबन्ध भएका थिए । २१ वर्षीय ब्याटिङ अलराउण्डर जिशनले बंगलादेशको यु–१९ हुँदै ए टिमबाट खेलिसकेका छन् । यस्तै, बंगलादेशको फ्रेन्चाइज टोलीहरु राजशाही वारिअर्स र दुरबार राजशाहीबाट खेलेका छन् । उनले लिष्ट ए मा ४९ खेल खेल्दै १ हजार २९५ रन बनाएका थिए । त्यस्तै, २७ टी–२० आईमा ५ सय ७१ रन बनाएका छन् । जिसनले अस्ट्रेलियामा भएको टप एण्ड टी–२० शृंखलामा नेपालविरुद्ध पनि सानदार प्रदर्शन गरेका थिए । बंगलादेशले ९ विकेटको जित निकाल्दा अविजित ५२ रन बनाएका थिए । उनले सो खेलमा २९ बलमा तीन चौका र ४ छक्का हिर्काएका थिए । सोही खेलमा कर्णाली याक्सबाट खेलिरहेका अरिफुल इस्लामले पनि ३४ रन बनाएका हुन् । कर्णाली याक्सले सोमबार प्रतियोगिताको आफ्नो तेस्रो खेलमा काठमाडौं गोर्खाजसँग खेल्दैछ । सो खेलमा जिशन उपलब्ध हुनेछन् । प्रतियोगिताको पहिलो दुबै खेलमा जित निकाल्दै कर्णालीले प्रभावशाली सुरुवात गरिसकेको छ । कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रन र विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा यादव निर्वाचित
OthersJust now

हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा यादव निर्वाचित

१६ कात्तिक, जनकपुरधाम । हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन जनकपुरधामा सम्पन्न भएको छ । महाधिवेशनले संजय रान यादवको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ। नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रिना झा, प्रथम उपाध्यक्षमा अमरेश कुमार यादव, दोस्रो उपाध्यक्षमा राम प्रकाश पासवान र तेस्रो उपाध्यक्षमा फूल कुमारी यादव चयन भएका छन् । त्यस्तै, केन्द्रीय… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play