काठमाडौं । कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)का लागि टेष्ट राष्ट्र बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ । आइतबार जिशनलाई बाँकी खेलका लागि अनुबन्ध गरेको कर्णाली याक्स स्पोर्ट्स प्रालिका अध्यक्ष गृहेन्द्र घिमिरेले जानकारी गराउनुभयो । अध्यक्ष घिमिरेले जिशनको आगमनसँगै टिमको शीर्षक्रम बलियो हुने विश्वास व्यक्त गर्नुभयो । ‘जिशन पछिल्लो समय राम्रो लयमा रहेका कारण हामीले अनुबन्ध गरेका हौं । उनको आगमनपछि कर्णाली याक्सको शीर्षक्रम बलियो अझै बलियो हुने विश्वास लिएका छौं ।’ अध्यक्ष घिमिरेले टिममा दुई बंगलादेशी खेलाडी रहिसकेकाले जिशनलाई पनि नेपालको वातावरणमा खेल्न सहज हुने बताउनुभयो । जिशन कर्णालीमा अनुबन्ध हुने तेस्रो बंगलादेशका खेलाडी हुनुहुन्छ । यसअघि अरिफुल इस्लाम र अकवर अली अनुबन्ध हुनुभएको थियो । २१ वर्षीय ब्याटिङ अलराउण्डर जिशनले बंगलादेशको यू-१९ हुँदै ए टिमबाट खेलिसक्नुभएको छ । यस्तै, बंगलादेशका फ्रेन्चाइज टोलीहरू राजशाही वारिअर्स र दुरबार राजशाहीबाट खेल्नुभएको छ । उहाँले लिष्ट ए मा ४९ खेल खेल्दै एक हजार २९५ रन बनाउनुभएको थियो । त्यस्तै, २७ टी-२० आईमा ५७१ रन बनाउनुभएको छ । जिशनले अष्ट्रेलियामा भएको टप एण्ड टी-२० शृंखलामा नेपालविरुद्ध पनि सानदार प्रदर्शन गर्नुभएको थियो । बंगलादेशले ९ विकेटको जित निकाल्दा अविजित ५२ रन बनाउनुभएको थियो । उहाँले सो खेलमा २९ बलमा तीन चौका र ४ छक्का हिर्काउनुभएको थियो । सोही खेलमा कर्णाली याक्सबाट खेलिरहनुभएका अरिफुल इस्लामले पनि ३४ रन बनाउनुभएको छ ।
जिशन अलाम कर्णाली याक्समा अनुबन्ध

Read Complete Original Article
Published originally on हिमालय टाइम्स


_hN4rwskxnG.jpg)



