Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

जिल्ला अस्पताल बझाङमा कार्यरत कर्मचारीहरु आन्दोलित

Share:WhatsAppFacebookX (Twitter)Telegram
जिल्ला अस्पताल बझाङमा कार्यरत कर्मचारीहरु आन्दोलित
Photo / Coverage: पर्दाफास

जिल्ला अस्पताल बझाङमा कार्यरत सेवा करारका कर्मचारीहरुले आफ्ना विभिन्न आठ बुँदे माग राखेर जिल्ला प्रशासन कार्यालय बझाङ तथा अस्पताल प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले समान कामको समान ज्याला तथासरकारले वृद्धि गरेको तलव उपलव्ध हुनुपर्ने, महगी भत्ता उपलव्ध हुनुपर्ने, सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने, चाडवाड खर्च पाउनुपर्ने, प्रदेश सरकारले सेवा सुविधा तथा रोजगारको ग्यारेण्टीलगायतका माग राखेर प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठ र अस्पतालका प्रमुख डा.सन्दिप ओखेडामार्फत ज्ञापन पत्र पेश गरेका हुन । ज्ञापन पत्र बुझ्दै अस्पतालका प्रमुख ओखेडाले कर्मचारीको मागप्रति आफु गम्भिर भएको तथा समान कामको समान ज्यालाका लागि आफूले माथिल्लो निकायमा छलफल गरिरहेको बताए । कर्मचारीहरुले आजै प्रमुख जिल्ला अधिकारी निराजन श्रेष्ठलाई पनि ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पनि कर्मचारीहरुले राखेका मागहरु माथिल्लो निकायमा पत्राचार गर्ने आश्वासन दिए । कर्मचारीहरुले आफुले पाउनुपर्ने अधिकारका सेवा सुविधा समेत प्रदेश स्तरवाट प्राप्त नभएकाले साङ्केतिक रुपमा पहिलो चरणको ध्यानाकर्षणको लागि ज्ञापनपत्र पेश गरेको सककयोजक पूर्ण प्रसाद उपाध्यायले बताए । उनले कर्मचारीको हक हितका लागि अभियान सुरु गरेकोले यसले तत्काल अस्पतालको सेवा प्रवाहमा कुनै समस्या नहुने गरी कार्यक्रम गरेको बताए । सम्वन्धित निकायवाट माग सम्वोधन नगरे प्रदेश सरकारको ध्यानाकर्षको लागि चरणवद्द आन्दोलन समेत गरिने कर्मचारीहरुले बताएका छन । ज्ञापनपत्र पेश गर्ने कार्यक्रममा जिल्ला अस्पताल बझाङमा करार सेवामा कार्यरत ६१ जना कर्मचारीको सहभागिता रहेको थियो । कर्मचारीहरुले साङ्केतिक विरोध स्वरुप आज दुई घण्टा हातमा कालोपट्टी वाँधेर समेत विरोध जनाएका थिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रुसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्की जर्मनी पुगे
OthersJust now

रुसविरुद्ध समर्थन जुटाउन युक्रेनी राष्ट्रपति जेलेन्स्की जर्मनी पुगे

रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की मङ्गलबार जर्मनीको राजधानी बर्लिन पुगेका छन् । जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै भ्रमणका क्रममा कूटनीतिक समन्वय, हवाई प्रतिरक्षा प्रणालीको सुदृढीकरण र ऊर्जा क्षेत्रमा सहयोग जुटाउने विषयमा छलफल हुने बताएका हुन् । जर्मनी युक्रेनलाई सैन्य, आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराउने प्रमुख… ...

अनलाइन खबर
कोपमा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दा सशक्त रूपमा उठाउँछौं : मन्त्री चौधरी
OthersJust now

कोपमा जलवायु न्याय र हिमाल संरक्षणका मुद्दा सशक्त रूपमा उठाउँछौं : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छन् । ...

अनलाइन खबर
कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता
OthersJust now

कर्णालीका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच आज शिष्टाचार भेटवार्ता भएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play