Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

जिफन्टले सुरु गर्‍यो श्रम तथा ट्रेड युनियनसम्बन्धी एआई पुस्तकालय

Share:WhatsAppFacebookX (Twitter)Telegram
जिफन्टले सुरु गर्‍यो श्रम तथा ट्रेड युनियनसम्बन्धी एआई पुस्तकालय
Photo / Coverage: पर्दाफास

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले श्रम तथा ट्रेड युनियन आन्दोलनसँग सम्बन्धित १० हजारभन्दा बढी ऐतिहासिक दस्तावेजलाई कृत्रिम बुद्धिमत्ता ९एआई०मा आधारित डिजिटल पुस्तकालयमा रूपान्तरण गरेको छ । जिफन्टको अर्गनाइजिङ एकेडेमीअन्तर्गत सन् १९९४ मा स्थापना भएको राष्ट्रिय श्रम स्रोत केन्द्र (एनएलआरसी)ले आइतबार एक कार्यक्रमबीच ‘¥याकदेखि स्क्रिनसम्म’ अवधारणासहित डिजिटल पुस्तकालय सार्वजनिक गरेको हो । पुस्तकालयमा श्रम तथा ट्रेड युनियन आन्दोलनसँग सम्बन्धित पुस्तक, अनुसन्धान प्रतिवेदन, तस्बिर, भिडियो तथा अन्य ऐतिहासिक सामग्री समेटिएका छन् । एआईको सहायताले ट्रेड युनियन अभियन्ता, प्रशिक्षक, विद्यार्थी तथा अनुसन्धानकर्ताले आवश्यक सूचना केही सेकेन्डमै खोज्न सक्ने जिफन्टले जनाएको छ । सोही अवसरमा श्रम इतिहासमा आधारित ‘द्वन्द्वदेखि सह–अस्तित्वसम्म’ नामक पुस्तकसमेत विमोचन गरिएको थियो । कार्यक्रमका आईटीयूसी–एपीका महासचिव शोया योशिदाले जिफन्टको पहलको प्रशंसा गर्दै यसले एसियासहित विश्वभरको मजदुर आन्दोलनलाई सहयोग पुग्ने बताए । जिफन्टका संरक्षक विष्णु रिमालले केन्द्रमा १० हजारभन्दा बढी पुस्तक तथा ऐतिहासिक सामग्री सङ्कलन रहेको जानकारी दिए । हाल परीक्षण चरणमा रहेको एआई पुस्तकालयको सेवा लिन प्रयोगकर्ताले अनामनगरस्थित राष्ट्रिय श्रम स्रोत केन्द्रमा पुग्न सक्नेछन् । आगामी दिनमा सेवा एपमार्फत विस्तार गर्ने जिफन्टको योजना छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा यादव निर्वाचित
OthersJust now

हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा यादव निर्वाचित

१६ कात्तिक, जनकपुरधाम । हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन जनकपुरधामा सम्पन्न भएको छ । महाधिवेशनले संजय रान यादवको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ। नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रिना झा, प्रथम उपाध्यक्षमा अमरेश कुमार यादव, दोस्रो उपाध्यक्षमा राम प्रकाश पासवान र तेस्रो उपाध्यक्षमा फूल कुमारी यादव चयन भएका छन् । त्यस्तै, केन्द्रीय… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play