Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा

Share:WhatsAppFacebookX (Twitter)Telegram
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
Photo / Coverage: नेपालन्युज

सान फ्रान्सिस्को।चिनियाँ जासुसीसँग जोडिएको आरोप र दुई महिलासँगको विवाहेतर सम्बन्ध सार्वजनिक भएपछि एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले राजीनामा दिएका छन्। उनको राजीनामासँगै कम्पनीमा ३३ वर्ष लामो नेतृत्वको अन्त्य भएको छ। यस घटनाले विश्वकै अग्रणी कृत्रिम बौद्धिकता (एआई) प्रविधि कम्पनी एनभिडियाको भविष्य र अमेरिकी प्रविधि उद्योगमा अनिश्चितता थपेको छ। राजीनामाको खबर सार्वजनिक भएपछि एनभिडियाको सेयर मूल्य सुरुमा १३ प्रतिशतसम्म घटेको थियो। कम्पनीको बजार पुँजीकरणमा करिब ४५ खर्ब अमेरिकी डलर बराबरको गिरावट आएको विवरण सार्वजनिक भएको छ। ६३ वर्षीय हुआङले प्रमुख कार्यकारीसँगै सञ्चालक समितिको सदस्य पद समेत छाडेका छन्। प्रमुख वित्तीय अधिकारी कोलेट क्रेसले अन्तरिम प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्ने भएका छन्। सन् २०२२ मा च्याटजीपीटी सार्वजनिक भएपछि तीव्र विस्तार भएको कृत्रिम बौद्धिकता (एआई) उद्योगमा हुआङ प्रमुख व्यक्तित्वका रूपमा स्थापित भएका थिए। भिडियो गेमका लागि ग्राफिक्स बनाउने प्रोसेसर उत्पादनबाट सुरु भएको एनभिडिया एआई मोडेल निर्माणका लागि आवश्यक चिपको प्रमुख आपूर्तिकर्ता बनेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनौपचारिक सल्लाहकार समेत रहेका हुआङले चीनमा उन्नत एआई चिप बिक्रीमा लगाइएको प्रतिबन्धको विरोध गर्दै आएका थिए। विवादका बीच राष्ट्रपति ट्रम्पले एप्पलका पूर्व प्रमुख टिम कुकलाई एनभिडियाको नेतृत्वका लागि उपयुक्त उम्मेदवार बताएका छन्। उता, सञ्चालक समितिले सिनोप्सिसका पूर्व प्रमुख हार्वी जोन्सलाई अध्यक्ष नियुक्त गरेको छ। हुआङले सिङ्गापुरस्थित डाटा सेन्टर कम्पनी मेगास्पिडकी पूर्व कार्यकारी एलिस हुआङसँग सम्बन्ध रहेको स्वीकार गरेका थिए । अमेरिकी गुप्तचर निकायले एलिस चीनको राज्य सुरक्षा मन्त्रालयसँग सम्बन्धित व्यक्ति भएको आरोप लगाए पनि चीनले त्यसलाई अस्वीकार गरेको छ। सिङ्गापुरले भने मेगास्पिडसम्बन्धी अनुसन्धानमा गलत जानकारी दिएको भन्दै एलिसलाई गत फेब्रुअरीमा पुनः देश प्रवेशमा प्रतिबन्ध लगाएको जनाएको छ। तर उनीमाथि जासुसीको अनुसन्धान नगरिएको स्पष्ट पारेको छ। यसैबीच, ‘द न्युयोर्क टाइम्स’ ले एनभिडियाकी उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि हुआङको अर्को सम्बन्ध रहेको दाबी गरेको छ। सञ्चालक समितिले हुआङ विदेशी गुप्तचर निकायको निशानामा परेको हुन सक्ने विषयमा अनुसन्धान समेत सुरु गरेको थियो। अमेरिका र चीनबीच अत्याधुनिक प्रविधिमा वर्चस्व कायम गर्ने प्रतिस्पर्धा चलिरहेका बेला यो विवाद सार्वजनिक भएको हो। अमेरिकी सांसदहरूले हुआङ र चिनियाँ गुप्तचर निकायबीचको सम्भावित सम्बन्धबारे ट्रम्प प्रशासनसँग स्पष्टीकरण मागेका छन्। मेगास्पिडमार्फत प्रतिबन्धित एनभिडिया प्रविधि चीन पठाइएको हुन सक्ने आशंका समेत उठेको छ। सिङ्गापुरले यस विषयमा अमेरिकी न्याय मन्त्रालय र एफबिआईसँग पटकपटक जानकारी माग्दा सीमित सहयोग मात्र प्राप्त भएको जनाएको छ। –रासस /एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्वास्थ्य जोखिमले राष्ट्रिय सीमाको सम्मान गर्दैनन् : मन्त्री मेहता
Latest NewsJust now

स्वास्थ्य जोखिमले राष्ट्रिय सीमाको सम्मान गर्दैनन् : मन्त्री मेहता

काठमाडौं।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रहरूबीच क्षेत्रीय स्वास्थ्य सहकार्यमा जोड दिएकी छन्। कोलम्बोमा हालै आयोजित बिम्स्टेकको पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा उनले स्वास्थ्य चुनौतीहरू राष्ट्रिय सीमामा सीमित नरहने भएकाले सदस्य राष्ट्रहरूबीच समन्वय, सूचना आदानप्रदान र प्राविधिक सहकार्यलाई प्रभावकारी बनाउनु पर्ने बताएको मन्त्री मेहताको निजी सचिवालयले जनाएको छ। “संक्रामक रोग, एन्टिमाइक्रोबियल प्रतिरोध, ...

नेपालन्युज
भिमफेदी दुर्घटनाका मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्ने सरकारको निर्णय
Latest NewsJust now

भिमफेदी दुर्घटनाका मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्ने सरकारको निर्णय

काठमाडौं । मकवानपुरको भिमफेदी गाउँपालिका–६,चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ । छठ पर्व मनाउन घर जाने क्रममा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका छन् । काठमाडौं–सर्लाही रुटमा सञ्चालन भएको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको सवारीसाधन अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर ...

कर्पोरट खबर
कलि सम्वत् : पूर्वीय सनातन सभ्यताको अन्तर्राष्ट्रिय सम्वत्
Latest NewsJust now

कलि सम्वत् : पूर्वीय सनातन सभ्यताको अन्तर्राष्ट्रिय सम्वत्

हिन्दु वाङ्मयमा सत्य, त्रेता, द्वापर र कलियुग गरी चार युग तथा कल्प र मन्वन्तरको चक्रीय प्रणाली निरन्तर चलिरहने शास्त्रीय मान्यता छ। यसै मान्यताअनुसार ब्रह्माजीले मानव सृष्टि गरेपछि वसन्त ऋतुको चैत्र... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play