Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

जापानमा मस्तिष्कघात भएकी विष्णु कुँवरलाई स्वदेश झिकाए डा. सुनील शर्माले, केएमसीमा निःशुल्क उपचार हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
जापानमा मस्तिष्कघात भएकी विष्णु कुँवरलाई स्वदेश झिकाए डा. सुनील शर्माले, केएमसीमा निःशुल्क उपचार हुने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । जापानमा मस्तिष्कघात (स्ट्रोक) भएपछि विगत ६ महिनादेखि उपचाररत नेपाली चेली विष्णु कुँवर स्वदेश फर्किएकी छन्। आर्थिक अभावका कारण जापानमा उपचारलाई निरन्तरता दिन कठिनाइ भएपछि नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्माको पहलमा उनलाई नेपाल ल्याएर निःशुल्क उपचारको व्यवस्था मिलाइएको हो। जापानबाट सोमबार दिउँसो नेपाल फर्किएकी कुँवरलाई थप उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी), सिनामंगलमा भर्ना गरिएको छ। उनलाई स्वागत गर्न डा. शर्मासहित काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरूको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो। अस्पतालले कुँवरको स्वास्थ्य अवस्थाबारे विस्तृत परीक्षण गरी आवश्यक उपचार प्रक्रिया अघि बढाउने जनाएको छ । डा. शर्माले उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने जिम्मेवारी लिएका छन्। चिकित्सा विज्ञानले सम्भव भएसम्मका सबै उपचार केएमसीमा निःशुल्क उपलब्ध गराउने प्रतिबद्धतासमेत उनले जनाएका छन्। रोजगारी र सुन्दर भविष्यको खोजीमा जापान पुगेकी कुँवरलाई अचानक मस्तिष्कघात भएपछि स्वास्थ्य अवस्था जटिल बनेको थियो। जापानकै अस्पतालमा उपचाररत रहे पनि आर्थिक समस्याका कारण उनी स्वदेश फर्किएर परिवारसँगै उपचार गराउने चाहना पूरा गर्न सकेकी थिइनन्। यसैक्रममा जापान भ्रमणमा रहेका डा. शर्मालाई त्यहाँ कार्यरत नेपाली पत्रकार लक्ष्मण पाठकले कुँवरको अवस्थाबारे जानकारी गराएका थिए। आर्थिक अभावका कारण उपचारमा भइरहेको कठिनाइबारे जानकारी पाएपछि डा. शर्माले उनलाई नेपाल फर्काएर उपचारको सम्पूर्ण जिम्मेवारी लिने प्रतिबद्धता जनाएका थिए। सोही प्रतिबद्धताअनुसार कुँवरलाई स्वदेश फर्काएर निःशुल्क उपचारको व्यवस्था मिलाइएको हो। डा. शर्मा स्वास्थ्य र शिक्षा क्षेत्रलाई व्यावसायिक गतिविधिका रूपमा मात्र नभई नागरिकप्रतिको सामाजिक उत्तरदायित्व र मानवीय सेवाका माध्यमका रूपमा अघि बढाउँदै आएका छन्। काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत उनले आर्थिक अवस्था कमजोर भएका, उपचार खर्च जुटाउन नसक्ने तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका छन्। आर्थिक अभावका कारण कुनै पनि नागरिक जीवनरक्षक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कुँवरको उपचारको सम्पूर्ण जिम्मेवारी लिइएको डा. शर्माले बताएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तातोपानी नाका नखुल्दा व्यवसायीहरू मर्कामा, उच्चस्तरीय पहलबाट तत्कालै खुलाउन माग
Latest NewsJust now

तातोपानी नाका नखुल्दा व्यवसायीहरू मर्कामा, उच्चस्तरीय पहलबाट तत्कालै खुलाउन माग

काठमाडौँ । नेपाल–चीन जोड्ने सबैभन्दा छोटो दूरीको तातोपानी नाका पूर्ण रूपमा नखुल्दा नेपाली व्यापारीले चिन्ता र आक्रोश व्यक्त गरेका छन् । भूकम्पपछि सहज रूपमा सञ्चालनमा आउन नसकेको सिन्धुपाल्चोकको तातोपानी नाका... ...

रातोपाटी
अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी:  धान र पराल पूर्ण रूपमा जलेर नष्ट
Latest NewsJust now

अज्ञात व्यक्तिद्वारा धानको कुन्यूमा आगजनी: धान र पराल पूर्ण रूपमा जलेर नष्ट

• झापाको कनकाई नगरपालिका-९ घैलाडुब्बामा अज्ञात व्यक्तिले धानको दुई वटा कुन्यूमा आगो लगाएको घटनामा करिब ९० मन धान र पराल जलेर नष्ट भएको छ। • आगजनीको घटनाबारे प्रहरीले आज बिहान मात्र जानकारी पाएको थियो र घटनास्थलमा पुगेपछि दुवै कुन्यू पूर्ण रूपमा जलिसकेको थियो। • प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब रु एक लाख ५१ हजारभन्दा बढीको क्षति भएको छ र अनुसन्धान ...

नेपालबहस
राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता मंसिर १ देखि गोकर्णेश्वरमा आयोजना हुँदै
Latest NewsJust now

राइजिङ स्टार यू–१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता मंसिर १ देखि गोकर्णेश्वरमा आयोजना हुँदै

काठमाडौँ । राइजिङ स्टार यू-१२ ब्वाइज ओपन क्रिकेट प्रतियोगिता मंसिर १ गतेदेखि पुष २ गतेसम्म काठमाडौंको गोकर्नेस्वर ग्राउण्डमा आयोजना हुने भएको छ। बाल क्रिकेटको विकास र प्रतिभावान खेलाडीहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। यस प्रतियोगितामा जम्मा १६ टिमहरूको सहभागिता रहनेछ । जिल्ला स्तरका खेलाडीहरुका लागि प्रवेश शुल्क पूर्ण रूपमा निःशुल्क गरिएको छ, जसले स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गर्ने ...

लुम्बिनी सञ्चार
ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै
Latest NewsJust now

ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढ्दै

काठमाडौँ। शरद ऋतु सुरु भएसँगै राजधानी काठमाडौँको प्रमुख पर्यटकीय केन्द्र ठमेलका गल्लीमा विदेशी पर्यटकको चहलपहल बढेको छ। गत भदौ १० गते रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सुस्ताएको पर्यटन व्यवसाय विस्तारै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play