Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

जाडो महिनामा पनि कारको एसी चलाउनु किन राम्रो मानिन्छ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
जाडो महिनामा पनि कारको एसी चलाउनु किन राम्रो मानिन्छ?
Photo / Coverage: टेक्नोलोजी खबर

हामी सामान्यतया कारमा जडान गरिएको एसीलाई गर्मी यामसँग जोडेर हेर्ने गर्दछौँ। बढ्दो तापक्रम र लामो समयसम्म चल्ने तातो हावाका कारण गर्मीयाममा एसीबीना यात्रा गर्न निकै कठिन हुन्छ। तर, कारको एसीले शरद र जाडोयाममा पनि महत्वपूर्ण भुमिका खेल्दछ। कारमा एसी चलाउदाँ सिसामा जमेको बाफ हटाउन सहयोग गर्दछ, जसले चालकलाई सडक सुरक्षामा महत्वपूर्ण सहयाेग पुर्याउछ। एसीको मुख्य काम मध्ये एक कारभित्रको चिसो कम गर्नु पनि हो। यसले कारको भित्री भागमा ढुसी तथा ब्याक्टेरियाको विकास हुनबाट रोक्न सहयोग गर्दछ। शरद र जाडोयाममा एसी चलाउन स‌‌ञ्चालन प्रक्रिया संरक्षणका लागि उत्तिकै महत्वपूर्ण हुन्छ। एसी स‌‌ञ्चालन हुँदा प्रणालिभित्र ग्यास र तेलको प्रवाह हुन्छ जसले गर्दा विभिन्न भागलाई चिल्लो प्रदान गर्दछ। यस प्रक्रियाले एसीका सिल तथा रबरका भाग सुक्न र चर्किनबाट जोगाउनका साथै यसका चलायमान उपकणलाई समेत चिल्लो अवस्थामा राख्दछ। त्यसैले कारमा प्रवेश गरेपछि बेलाबेलामा केहि मिनेटका लागि एसी चलाउनु राम्रो मानिन्छ। तापक्रम पाँच डिग्री सेल्सियसभन्दा कम हुदाँ एसी चलाउनु हुँदैन। अधिकांश नयाँ कारमा तापक्रम कम हुदाँ एसी आफैँ बन्द हुने व्यवस्था गरिएको हुन्छ। कम तापक्रममा पानी जमेर फैलिन सक्ने जोखिमका कारण यस्तो व्यवस्था गरिएको हो। नयाँ कारमा सामान्यतया तापक्रम मापन गर्न सेन्सर जडान गरिएको हुन्छ। जसले कम तामक्रममा एसी संचालन हुनबाट रोक्छ। तर पुराना कारमा भने चालक आफैले यस विषयमा सावधानि अपनाउनु पर्छ। त्यसैले बाहिरी तापक्रम पाँच डिग्री सेल्सियसभन्दा माथि रहेसम्म कारको एसी प्रयोग गर्न सकिन्छ। The post जाडो महिनामा पनि कारको एसी चलाउनु किन राम्रो मानिन्छ? appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एआई निगरानीको ‘अस्तित्वजन्य खतरा’ सामना गर्न मोबाइलमा स्क्रिनसट लिन प्रतिबन्ध लगाउँदै सिग्नल
TechnologyJust now

एआई निगरानीको ‘अस्तित्वजन्य खतरा’ सामना गर्न मोबाइलमा स्क्रिनसट लिन प्रतिबन्ध लगाउँदै सिग्नल

सुरक्षित मेसेजिङ एप सिग्नलले प्रयोगकर्तालाई एपभित्र स्क्रिनसट लिन सक्ने सुविधामा सीमा लगाउने घोषणा गरेको छ। एआईमा आधारित एजेन्ट समावेश गरिएका अपरेटिङ सिस्टमबाट उत्पन्न गोपनीयतासम्बन्धी जोखिमलाई ध्यानमा राख्दै कम्पनीले शुक्रबार यस्तो घोषणा गरेको हो। सिग्नलकी अध्यक्ष मेरिडिथ ह्विटेकरले एआई एजेन्टमा आधारित अपरेटिङ सिस्टमलाई ‘अस्तित्वगत खतरा’ को संज्ञा दिएकी छन्। उनका अनुसार, एआई एजेन्टलाई प्रयोगकर्ताको स्क्रिनमा देखिने सूचना स्क्यान गर्ने क्षमता दिँदा विन्डोज, एन्ड्रोइड ...

टेक्नोलोजी खबर
डच रक्षा मन्त्रालय र एयरबसले संयुक्तरुपमा नौसेना जहाजहरूका लागि लेजर टर्मिनल विकास गर्ने
TechnologyJust now

डच रक्षा मन्त्रालय र एयरबसले संयुक्तरुपमा नौसेना जहाजहरूका लागि लेजर टर्मिनल विकास गर्ने

डच रक्षा मन्त्रालय र एयरबसले ‘म्यारिटाइम लेजर कम्युनिकेसन टर्मिनल’ (एमएलसिटी) विकास गर्न र यसको प्रदर्शन गर्न एक सम्झौतामा हस्ताक्षर गरेका छन्। यसले नौसेनाका जहाजहरूलाई स्याटेलाइटहरूसँग तीव्र गतिको र सुरक्षित अप्टिकल सम्पर्क प्रदान गर्नेछ। यसको पहिलो प्रदर्शन सन् २०२८ मा गर्ने योजना छ। यसले नौसेना जहाजहरू र लो अर्थ अर्बिट (लियो) भूउपग्रहहरू बीच छिटो, सुरक्षित अप्टिकल सञ्चार लिङ्कहरू सिर्जना गर्दछ। परम्परागत रेडियो फ्रिक्वेन्सी लिङ्कहरू ...

टेक्नोलोजी खबर
एआई प्रविधिबाट सञ्चालित हतियार नियन्त्रणमा विश्वव्यापी चुनौती
TechnologyJust now

एआई प्रविधिबाट सञ्चालित हतियार नियन्त्रणमा विश्वव्यापी चुनौती

कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिबाट सञ्चालित घातक रोबोट तथा ड्रोन हतियारको प्रयोग नियन्त्रण गर्न अन्तर्राष्ट्रिय नियम बनाउने प्रयासमा संयुक्त राष्ट्रसंघको वार्ता ठोस सहमतिविना टुङ्गिएको छ। जेनेभामा शनिबार सम्पन्न राष्ट्रसंघ समर्थित एक साताव्यापी सम्मेलनमा सहभागी देशहरूले घातक स्वचालित हतियार प्रणालीसम्बन्धी सम्भावित सम्झौताबारे सन् २०२८ सम्म थप छलफल गर्ने सहमति गरेका छन्। तर, हतियारको प्रयोग नियन्त्रण गर्न कानुनी रूपमा बाध्यकारी नियम बनाउने विषयमा सहमति ...

टेक्नोलोजी खबर
ग्रान्ड थेफ्ट अटो ६ सार्वजनिक भएसँगै विश्वभरका इन्टरनेट एक्सचेन्ज र ब्रोडब्यान्ड नेटवर्कहरूमा उच्च ट्राफिक बढ्यो
TechnologyJust now

ग्रान्ड थेफ्ट अटो ६ सार्वजनिक भएसँगै विश्वभरका इन्टरनेट एक्सचेन्ज र ब्रोडब्यान्ड नेटवर्कहरूमा उच्च ट्राफिक बढ्यो

बहु प्रतिक्षित गेम ‘ग्रान्ड थेफ्ट अटो ६’ (Grand Theft Auto VI) सार्वजनिक भएसँगै विश्वभरका इन्टरनेट एक्सचेन्ज र ब्रोडब्यान्ड नेटवर्कहरूमा ट्राफिकको मात्राले कीर्तिमान कायम गरेको छ। १८ नोभेम्बरका दिन डीई-सीआईएक्स (DE-CIX) ले आफ्ना एक्सचेन्जहरूमा ३३.०३ टेराबिट प्रति सेकेन्डको उच्च ट्राफिक रेकर्ड गरेको छ। युरोप र अष्ट्रेलियाका नेटवर्क सञ्चालकहरूले पनि अत्यधिक मागको सामना गरे, किनकि लाखौं खेलाडीहरूले २१० गिगाबाइट आकारको उक्त गेम डाउनलोड ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement