Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

‘जलाकी’ मा प्रेमभन्दा गहिरो प्रतीक्षा र सम्झना छ : उपासना सिंह ठकुरी

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘जलाकी’ मा प्रेमभन्दा गहिरो प्रतीक्षा र सम्झना छ : उपासना सिंह ठकुरी
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । कसैको पर्खाइमा बितिरहेको जीवन र छुटेका मान्छेको सम्झना कति गहिरो हुन्छरु यही संवेदनशील प्रश्नको जवाफ खोज्दै अभिनेत्री उपासना सिंह ठकुरी यतिबेला आफ्नो नयाँ सिनेमा ‘जलाकी’ मार्फत दर्शकमाझ आउने तयारीमा छिन् । आगामी मंसिर ४ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको यस सिनेमामा उनी ‘लिसारा’ नामक मुख्य चरित्रमा देखिँदैछिन् । सुदूरपश्चिमको दार्चुलामा जन्मिएकी उपासनाको अभिनय यात्रा निकै लोभलाग्दो छ । २०७५ सालमा ‘क्याप्टेन’ बाट रजतपटमा डेब्यु गरेकी उनले पहिलो सिनेमाबाटै दर्शकको ध्यान खिचिन् ।त्यसपछि ‘कबड्डी कबड्डी कबड्डी’ मा उनको अभिनयले थप चर्चा बटुल्यो । त्यसयता ‘डिसेम्बर फल्स’, ‘दुई नम्बरी’, ‘हात्तीछाप’, ‘खुस्मा’, ‘के घर के डेरा स् घर नं. २’, ‘कर्मा’ र ‘माइतीघर’ सम्म आइपुग्दा उनले हरेक सिनेमामा फरक-फरक पात्र बाँच्ने प्रयास गरेकी छिन् । विशेषगरी द्वन्द्वकालको प्रेमकथामा आधारित सिनेमा ‘खुस्मा’ ले उपासनाको करियरलाई नयाँ उचाइ दियो । सोही सिनेमामा गरेको सशक्त अभिनयबाट उनले राष्ट्रिय चलचित्र पुरस्कार समेत जितिन् । त्यसो त ‘जलाकी’ उपासनाका लागि अर्को एउटा सिनेमा मात्र नभएर यो त ‘खुस्मा’ का निर्देशक अशोक थापा मगर र पुरानै टिमसँगको भावनात्मक पुनर्मिलन पनि हो । एउटै टिमसँग दोस्रो पटक काम गर्दा सेटमा परिवारजस्तै आत्मीय महसुस भएको उनी सुनाउँछिन् । ‘जलाकी’ मा काम गर्दा मगर समुदायको संस्कृति र महिलाप्रति गरिने सम्मान देखेर आफू निकै प्रभावित भएको उनले बताइन् ।सिनेमामा उपासनाको जोडी गायक तथा कलाकार सोनम तोप्देनसँग बाँधिएको छ । सिनेमा उनै सोनमसँगको कलेज जीवनको अव्यक्त र एकतर्फी प्रेमकथामा आधारित छ । त्यसो भए के हो त जलाकीरु उपासना भन्छिन्, ‘जलाकीको अर्थ मगर समुदायमा कसैको सम्झनामा बनाइने ढुङ्गाको स्तम्भ हो ।’ उनको भनाइअनुसार सिनेमाले मगर समुदायको आस्था, सम्झना र मायाको प्रतीकका रूपमा बनाइने यही स्तम्भको मर्म बोकेको छ । उनी यो सिनेमामा प्रेमकथासँगै त्यसको फराकिलो दायरा पनि समेटिएको बताउँछिन् । भन्छिन्, ‘प्रेम भन्नेबित्तिकै हामी प्रेमी–प्रेमिकाबीचको सम्बन्ध मात्र सम्झिन्छौँ । तर आमाबुबा र छोराछोरीबीचको माया, छुटेका मान्छेको सम्झना र कसैको प्रतीक्षामा बितिरहेको जीवन पनि प्रेमकै गहिरो रूप हो । ‘जलाकी’ ले यिनै त्याग, विछोड र प्रतीक्षाको कथा भनेको छ ।’ त्यसो त एकपछि अर्को सिनेमामा सफलता पाइरहेकी उपासनाको लागि ‘जलाकी’ अभिनय यात्राको अर्को महत्वपूर्ण परीक्षा र अवसर दुवै हो, जसले उनलाई फेरि एकपटक दर्शकको मनको नजिक पुर्‍याउने विश्वास छ । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना र मायाको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो । निर्देशक मगरले यही सांस्कृतिक प्रतीकलाई केन्द्रमा राखेर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावना समेटिएको कथा सिनेमामा प्रस्तुत गरिएको बताए । सिनेमामा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् । यो सिनेमाबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् । एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । ‘जलाकी’ गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट, भारत भ्रमणबारे छलफल
Latest NewsJust now

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट, भारत भ्रमणबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको भेटमा द्विपक्षीय सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भारत भ्रमणबारे छलफल भएको हो । भेटमा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । उनले रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभारसमेत व्यक्त ...

कर्पोरट खबर
यो सरकार एमालेमाथि निर्मम दमन गर्ने नीतिमा छ, प्रतिकारका लागि तयार रहनुपर्छः अध्यक्ष ओली
Latest NewsJust now

यो सरकार एमालेमाथि निर्मम दमन गर्ने नीतिमा छ, प्रतिकारका लागि तयार रहनुपर्छः अध्यक्ष ओली

• नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको निर्मम व्यवहारको प्रतिरोधका लागि अगुवा कार्यकर्तालाई तयार रहन निर्देशन दिएका छन्। • उनले सरकारको हमलाको संभावना र त्यसको प्रतिरोधमा लाखौं कार्यकर्ताको सहभागिता आवश्यक रहेको बताएका छन्। • ओलीले आफूलाई गिरफ्तार गर्दा कार्यकर्तामाथि भएको कुटपीटको घटनालाई पनि उल्लेख गरेका छन्। ...

नेपालबहस
जेलबाट छुटेलगत्तै एमालेको राष्ट्रिय भेलामा देखिए टोपबहादुर रायमाझी
Latest NewsJust now

जेलबाट छुटेलगत्तै एमालेको राष्ट्रिय भेलामा देखिए टोपबहादुर रायमाझी

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका बेला ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैदमुक्त भएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पार्टीको राष्ट्रिय भेलामा सहभागी भएका छन् । रायमाझी कात्तिक २६ गते डिल्लीबजार कारागारबाट रिहा भएका थिए । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार उनले २५ प्रतिशत कैद छुट पाएका थिए ।  एमालेले आजदेखि काठमाडौंमा आयोजना गरेको राष्ट्रिय भेलामा रायमाझी सहभागी ...

फरकधार
प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच सिंहदरबारमा भेटवार्ता
Latest NewsJust now

प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। सो अवसरमा प्रधानमन्त्री शाहले रसुवा-भोटेकोशी बाढीपछि भारत सरकारले पुर्‍याएको सहयोगप्रति आभार प्रकट गरेका छन्। भेटमा दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र भौगोलिक सम्बन्धलाई थप ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play