Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

‘जलाकी’मा मुख्य भूमिकामा सोनम

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘जलाकी’मा मुख्य भूमिकामा सोनम
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । गायनबाट अभिनयमा प्रवेश गर्नुभएका सोनम तोप्देन अभिनीत तेस्रो चलचित्र ‘जलाकी’ यही मंसिर ४ गते (नोभेम्बर २०) देखि प्रदर्शनमा आउँदैछ । ‘सम्हालिन्छ कहिले मन’बाट चलचित्रमा डेब्यू गर्नुभएका सोनमले दोस्रो चलचित्र ‘शाम्बाला’बाट अन्तर्राष्ट्रिय स्तरमा चर्चा बटुल्नुभएको थियो । ‘जलाकी’मा सुरुमा मुख्य भूमिकाका लागि अनुबन्धित हुनुभएका सोनम सन् २०२५ जुनमा चलचित्र ‘ऐरी’को छायांकनका क्रममा देब्रे खुट्टा भाँचिएपछि फिल्मबाट बाहिरिनुभएको थियो । उहाँको स्थानमा धीरज मगर अनुबन्धित हुनुभएको थियो । स्वास्थ्यमा सुधार आएपछि निर्देशक अशोक थापामगरले उहाँलाई सहायक भूमिकाको प्रस्ताव गर्नुभएको थियो । तर, छायांकन सुरु हुनुअघि नै धीरजले अर्को चलचित्रका कारण ‘जलाकी’ छाडेपछि सोनम पुनः मुख्य भूमिकामा फर्किनुभएको हो । सोनमले चलचित्रबाट अलग हुनुपर्दा दुःखट लागेको भए पनि पुनः मुख्य भूमिकामा फर्किन पाउनुलाई भाग्यसँग जोडनुहुन्छ । उहाँका अनुसार ‘शाम्बाला’मा अभिनय मन पराइएकै कारण निर्देशकले उहाँलाई ‘जलाकी’मा प्रस्ताव गर्नुभएको थियो । मगर समुदायको संस्कृति, परम्परा र परिवेशमा आधारित ‘जलाकी’लाई सोनमले आफ्नो पहिचान नेपाली समाजसँग अझ नजिक बनाउने अवसरका रूपमा लिनुभएको छ । चलचित्रले दर्शकको मनमा गहिरो छाप छोड्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्राकृतिक सौन्दर्यले भरिपूर्ण डिल्पु कुण्ड ओझेलमा
Latest NewsJust now

प्राकृतिक सौन्दर्यले भरिपूर्ण डिल्पु कुण्ड ओझेलमा

रसुवा, मङ्सिर १ गते । हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधतामा धनी रहेको छ । यहाँको गोसाइँकुण्ड र पार्वतीकुण्डजस्ता गन्तव्य स्वदेश तथा विदेशमा परिचित... ...

गोरखापत्र
आज यी प्रदेश र स्थानमा हुनेछ वर्षा र हिमपात
Latest NewsJust now

आज यी प्रदेश र स्थानमा हुनेछ वर्षा र हिमपात

काठमाडौं । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना छ । कोसी र गण्डकी प्रदेशका केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान रहेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको ...

केन्द्रबिन्दु
स्थानीय तह निर्वाचनको तयारी : दलहरूसँग छलफल गर्दै आयोग
Latest NewsJust now

स्थानीय तह निर्वाचनको तयारी : दलहरूसँग छलफल गर्दै आयोग

काठमाडौँ, मङ्सिर १ गते । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको आवश्यक तयारी र व्यवस्थापनबारे छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त छ राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ । य... ...

गोरखापत्र
कप–३१ बाट खोजिएको ‘डिपार्चर’
Latest NewsJust now

कप–३१ बाट खोजिएको ‘डिपार्चर’

कप–३१ को सफलता वार्ता कक्षभित्र विश्वका नेताहरूले के भने भन्ने आधारमा होइन, वार्ता कक्षबाहिर रहेका आम मानिसको जीवनमा के परिवर्तन आयो भन्ने आधारमा मापन गरिनुपर्छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play