काठमाडौं । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना छ । कोसी र गण्डकी प्रदेशका केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान रहेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको हिमाली क्षेत्रको एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । विभागले राति कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा तथा लुम्बिनी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्ने बताएको छ । बाँकी भूभागमा मौसम सफा रहनेछ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ । कोसी र गण्डकी प्रदेशको हिमाली क्षेत्रको एकदुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
आज यी प्रदेश र स्थानमा हुनेछ वर्षा र हिमपात

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






