Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

जलवायु सम्मेलनमा नेपालको प्रदर्शनी कक्ष उद्घाटन

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायु सम्मेलनमा नेपालको प्रदर्शनी कक्ष उद्घाटन
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । टर्कीको अन्ताल्यामा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा नेपालको प्रदर्शनी कक्ष उद्घाटन गरिएको छ । परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार नेपालको प्रदर्शनी कक्ष उद्घाटन गरेका हुन् । प्रदर्शनी कक्षमा जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलनका लागि नेपालले अघि सारेका योजना, जैविक विविधता संरक्षणका उपलब्धि र स्थानीय समुदायस्तरमा सञ्चालित अनुकूलनका प्रयास प्रस्तुत गरिएको छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले हिमाली पारिस्थितिक प्रणाली जलवायु परिवर्तनका कारण गम्भीर जोखिममा परेको बताएका छन्। उनले पछिल्लो समय हिमाली क्षेत्रमा हिमनदी तथा हिमतालसँग सम्बन्धित जोखिम बढ्दै गएको उल्लेख गर्दै हालैको भोटेकोशी विपद्लाई ‘हिमाली सुनामी’ को संज्ञा दिएका छन् । खनालले नेपालजस्ता जलवायु परिवर्तनको अग्रपंक्तिमा रहेका मुलुकले असमान रूपमा ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन्। उनले जलवायु न्याय सुनिश्चित गर्न, जलवायुजन्य हानि तथा नोक्सानीका लागि स्थापना गरिएको कोषमा सहज पहुँच उपलब्ध गराउन र हिमाली क्षेत्रको उत्थानशीलता बढाउन विश्वव्यापी सहकार्य आवश्यक रहेको बताएका छन् । उनले हिमाली क्षेत्रको संरक्षणले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने समुदायको सुरक्षामा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरेका छन् । उद्घाटन समारोहमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता, प्रतिनिधिसभा सदस्य सागर ढकाललगायतका प्रतिनिधिले पनि सम्बोधन गरेका थिए । The post जलवायु सम्मेलनमा नेपालको प्रदर्शनी कक्ष उद्घाटन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाण्डुको छैटौँ विकेट गुम्यो
Latest NewsJust now

काठमाण्डुको छैटौँ विकेट गुम्यो

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजले छैटौँ विकेट गुमाएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डुले १७.४ ओभरमा १५९... ...

रातोपाटी
सवारी दुर्घटनामा ८ जनाको मृत्यु
Latest NewsJust now

सवारी दुर्घटनामा ८ जनाको मृत्यु

काठमाडौं । कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा पछिल्लो २४ घण्टामा भएको सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदवास्थित सडकमा लु१ख ९७२६ नम्बरको बसको ठक्करबाट कपिलवस्तु नगरपालिका–३ लक्ष्मीनगर बस्ने ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ । यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका–५ वनवीरपुर चौबाटो चोकस्थित सडकमा सुपप्र०१–००८प […] ...

लोकपथ
सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको छ -मधु आचार्य
Latest NewsJust now

सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको छ -मधु आचार्य

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले वर्तमान सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् । रिपोटर्स क्लव नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा आचार्यले सरकार गठन भएको ६ महिना नपुग्दै पारदर्शितामाथि गम्भीर प्रश्न उठ्न थालेको बताएका हुन् । उनले सरकारको कार्यशैली, निर्णय प्रक्रिया र सरोकारवालासँगको संवाद अभावले मुलुकमा विचौलियाहरू हाबी हुने अवस्था सिर्जना भएको उल्लेख गरे ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play