काठमाडौं । जलवायु परिवर्तनको मुद्दा बोल्ने संसारका सय प्रभावशाली व्यक्तिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि परेका छन्। प्रख्यात टाइम म्यागजिनले यस वर्ष प्रभावशाली व्यक्तिमा डा. वाग्लेलाई पनि छानेको हो। गत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्ययता, नीति निर्माता र निर्वाचित राजनीतिज्ञ डा. वाग्लेले भोटेकोसी बाढीपश्चात् गरेको तीन वटा कार्यलाई छनोटको आधार मानिएको छ। पहिलो, जलवायु न्यायका लागि विश्व मञ्चहरूमा डा. वाग्लेले गरेको पैरवीलाई लिइएको छ। दोस्रो, जलवायु वित्तका लागि पहल र स्रोत व्यवस्थापन गर्न अर्थमन्त्री डा. वाग्लेले गरेको कार्यलाई टाइमले छनोटको आधार मानेको छ। तेस्रोमा अन्तर्राष्ट्रिय प्रणालीगत सुधारबारे डा. वाग्लेले राखेका विचार उल्लेखनीय रहेको जनाइएको छ। टाइमले छनोटका गरेका सय प्रभावशाली व्यक्तिको सूचीमा राष्ट्रसंघका महासचिव यन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम, युरोपेली कमिसनकी अध्यक्ष उर्सला भन डर लेयनलगायत नेता रहेका छन्।
जलवायु मुद्दामा संसारका सय प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






