Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

जलवायु मुद्दामा विश्वका १०० प्रभावशाली व्यक्तित्वमा अर्थमन्त्री वाग्ले

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायु मुद्दामा विश्वका १०० प्रभावशाली व्यक्तित्वमा अर्थमन्त्री वाग्ले
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जलवायु परिवर्तनका क्षेत्रमा विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा परेका छन्। १०३ वर्षको विरासत बोकेको विख्यात टाइम म्यागजिनले सार्वजनिक गरेको सन् २०२६ को जलवायु क्षेत्रमा प्रभावशाली १०० व्यक्तित्वको सूचीमा वाग्लेलाई समावेश गरिएको हो। सूचीमा जलवायु परिवर्तनका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गरिरहेका विश्वका नेता, नीति निर्माता, व्यवसायी तथा अन्य प्रभावशाली व्यक्तित्वलाई समेटिएको छ। विगत २८ वर्षदेखि दिगो आर्थिक विकासको क्षेत्रमा अध्येता, नीति निर्माता तथा निर्वाचित राजनीतिज्ञका रूपमा सक्रिय वाग्लेको जलवायु पैरवीलाई टाइम म्यागजिनले महत्व दिएको छ। विशेषगरी रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि वाग्लेले जलवायु न्यायका लागि विश्व मञ्चमा गरेको पैरवी, जलवायु वित्तका लागि गरेको पहल तथा स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधारसम्बन्धी राखेका विचारलाई उनको छनोटको महत्वपूर्ण आधारका रूपमा हेरिएको छ। नेपाल जलवायु परिवर्तनमा न्यून योगदान गर्ने मुलुक भए पनि जलवायुजन्य विपद्को उच्च जोखिममा रहेको विषयलाई वाग्लेले अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएका छन्। उनले जलवायु परिवर्तनबाट प्रभावित नेपालजस्ता विकासशील तथा हिमाली मुलुकले न्यायोचित रूपमा जलवायु वित्त र आवश्यक स्रोत प्राप्त गर्नुपर्ने विषयमा जोड दिँदै आएका छन्। सूचीमा वाग्लेसँगै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, बेलायती राजकुमार विलियम, युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डर लेयेनलगायत विश्वका प्रभावशाली व्यक्तित्वहरू समावेश छन्। टाइम म्यागजिनले जलवायु परिवर्तनका क्षेत्रमा विश्वव्यापी नेतृत्व, नीति निर्माण, वित्तीय परिचालन, प्रविधि तथा दिगो विकासमा प्रभाव पार्ने व्यक्तित्वलाई हरेक वर्ष यस्तो सूचीमा समेट्दै आएको छ। वाग्लेको छनोटलाई नेपालको जलवायु सरोकार, जलवायु न्याय र जलवायु वित्तका विषयमा अन्तर्राष्ट्रिय तहमा भइरहेको पैरवीको मान्यताका रूपमा समेत हेरिएको छ। यसअघि पनि टाइम म्यागजिनको जलवायु सूचीमा विश्व बैंकका अध्यक्ष, विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुख, व्यवसायी, अभियन्ता र जलवायु क्षेत्रमा काम गर्ने प्रभावशाली व्यक्तित्वहरू समेटिँदै आएका छन्। सन् २०२६ को सूचीले पनि जलवायु संकट समाधानमा नीति, वित्त, नेतृत्व र निजी क्षेत्रको भूमिकालाई प्राथमिकता दिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चाडपर्वमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन काफ्लेको निर्देशन
Latest NewsJust now

चाडपर्वमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन काफ्लेको निर्देशन

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले तिहार तथा छठ पर्वका समयमा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्... ...

रातोपाटी
२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृहको निर्देशन
Latest NewsJust now

२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृहको निर्देशन

७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गर्दै मन्त्रालयले स्वेच्छिक र मर्यादित रूपमा देउसी–भैलो सञ्चालन गर्न तथा कसैलाई चन्दा वा दक्षिणा दिन बाध्य नपार्न निर्देशन दिएको छ । ...

कान्तिपुर
इजरायलको नेतृत्वका लागि आइजेनकोटसामु गठबन्धनका कठिन विकल्प
Latest NewsJust now

इजरायलको नेतृत्वका लागि आइजेनकोटसामु गठबन्धनका कठिन विकल्प

इजरायल । इजरायलका पूर्व सेना प्रमुख गादी आइजेनकोटसँग नयाँ संसदमा स्पष्ट बहुमत नभए पनि सरकार गठनका लागि केही हप्ताको समय छ । उनलाई बहुमत जुटाउन विभिन्न दलसँग गठबन्धन गर्नुपर्नेछ, तर... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play