Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

जलवायु जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यक : मन्त्री पौडेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायु जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यक : मन्त्री पौडेल
Photo / Coverage: नेपालन्युज

काठमाडौं।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन्। बेलायतको लण्डनमा वर्ल्ड ट्राभल एण्ड टुरिजम काउन्सिल र संयुक्त राष्ट्रसंघीय पर्यटनद्वारा बुधबार आयोजित २०औं मन्त्रीस्तरीय शिखर सम्मेलनमा मन्त्री पौडेलले जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको जोखिम न्यूनीकरण गर्दै लैजानु पर्ने आवश्यकता औंल्याए। उनले दिगो र उत्थानशील पर्यटन विकासका लागि समुदायको सशक्तिकरण आवश्यक भएको बताए। मन्त्री पौडेलले भोटेकोशी बाढीबाट भएको मानवीय क्षति र पर्यटन पूर्वाधारमा पुगेको क्षतिलाई जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा निम्त्याउन सक्ने जोखिमको उदाहरणका रूपमा प्रस्तुत गरे। जलवायु परिवर्तनका असरले पर्यटकीय गन्तव्य, पूर्वाधार र स्थानीय समुदायको जीविकोपार्जनमा चुनौती थपिरहेको उनको भनाइ थियो।पर्यटनमन्त्री पौडेलले पर्यटन क्षेत्रलाई विपद् तथा जलवायुजन्य जोखिमबाट सुरक्षित राख्न समुदाय, सरकार र सुदृढ संस्थाको सहभागितामा आधारित प्रभावकारी संकट व्यवस्थापन प्रणाली विकास गर्नुपर्नेमा जोड दिए। समुदायलाई विपद् व्यवस्थापन र पर्यटन विकासको केन्द्रमा राख्दै सरकारी सहयोग तथा संस्थागत क्षमता अभिवृद्धि गर्न सके मात्रै पर्यटन क्षेत्रलाई दिगो र उत्थानशील बनाउन सकिने उनले उल्लेख गरे। ‘बदलिँदो विश्व परिवेशमा पर्यटन क्षेत्रको उत्थानशीलता अभिवृद्धि’ विषयमा केन्द्रित सम्मेलनमा विश्वका विभिन्न देशका पर्यटनमन्त्री तथा सार्वजनिक र निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो। सम्मेलनमा सहभागी मन्त्री तथा अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रका प्रतिनिधिले विश्वव्यापी अनिश्चितता र बदलिँदो परिस्थितिका बीच पर्यटन क्षेत्रको जोखिम सामना गर्ने क्षमता अभिवृद्धि, सार्वजनिक–निजी सहकार्य र दिगो पर्यटन विकासका विषयमा अनुभव तथा धारणा आदानप्रदान गरेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान
Latest NewsJust now

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याएकी छन् । सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहेकी उनले... ...

रातोपाटी
ट्वीट गरिरहेका बीपी
Latest NewsJust now

ट्वीट गरिरहेका बीपी

बीपी कोइराला नामको ट्वीटर ह्यान्डलले एक दशकदेखि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका विचारहरूलाई आजको राजनीतिक सन्दर्भसँग जोडिरहेको छ । ...

कान्तिपुर
बेनीका उद्यमीलाई तिहार नजिकिएसँगै झिनिया बनाउन भ्याइनभ्याइ (फोटोफिचर)
Latest NewsJust now

बेनीका उद्यमीलाई तिहार नजिकिएसँगै झिनिया बनाउन भ्याइनभ्याइ (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य म्याग्दी, कात्तिक १९ गते । तिहार पर्व नजिकिएसँगै म्याग्दीको बेनी बजारमा परम्परागत परिकार झिनिया रोटीको माग बढेको छ । चाडपर्वलाई लक्षित गरी झिनिया उत्पादन गर्दै आ... ...

गोरखापत्र
प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखबाट लिए ‘ब्रिफिङ’
Latest NewsJust now

प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखबाट लिए ‘ब्रिफिङ’

प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति-सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’ लिएका छन्।  प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर &lsqu... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play