Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

जलवायु जोखिममा रहेका देशलाई सहयोग गर्न विश्व समुदाय तयार छैन: परराष्ट्रमन्त्री खनाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायु जोखिममा रहेका देशलाई सहयोग गर्न विश्व समुदाय तयार छैन: परराष्ट्रमन्त्री खनाल
Photo / Coverage: नेपालन्युज

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालजस्ता मुलुकलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदाय पर्याप्त रूपमा तयार नरहेको बताएका छन्। टर्किएमा जारी कोप-३१ सम्मेलनका क्रममा सीएनएनसँगको अन्तर्वार्तामा उनले प्राकृतिक विपत्तिपछिको दीर्घकालीन पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन नेपालले ठूलो चुनौती सामना गरिरहेको उल्लेख गरे। गत भदौ १० गते आएको भोटेकोशी बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि नेपाललाई चार अर्ब ७० करोड अमेरिकी डलर आवश्यक पर्ने मन्त्री खनालले जानकारी दिए। संयुक्त राष्ट्रसंघको नोक्सानी तथा क्षति कोषबाट प्राप्त हुने भनिएको दुई करोड अमेरिकी डलर ऐतिहासिक भए पनि सो रकम प्राप्त गर्न अझै समय लाग्ने उनले बताए। उनले भने, ‘यसले नेपालजस्ता जोखिममा रहेका देशलाई सहयोग गर्न विश्व समुदाय कति तयार छैन भन्ने देखाउँछ।’ हाल नेपाल उद्धारको चरण पार गरी पुनःस्थापना र अस्थायी पुनर्निर्माणको चरणमा रहेको उनले बताए। दसौँ हजार परिवारका लागि अस्थायी आवास निर्माण र भत्किएका सडक तथा पुलको मर्मत गरी बस्तीहरूलाई पुनः सञ्जालमा जोड्नुपर्ने चुनौती रहेको छ। कतिपय प्रभावित क्षेत्रमा पुनः निर्माण सम्भव नभएकाले सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरे। मन्त्री खनालले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएको जोखिमलाई अन्तर्राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्। उनले नेपाल र भुटानले कोप-३१ को आधिकारिक एजेन्डामा राख्न खोजेको प्रस्तावलाई सहअध्यक्षहरूले समावेश नगरेकोमा असन्तुष्टि व्यक्त गरे। यद्यपि, आगामी दुई साताभित्र नेपालका केही मागलाई अन्तिम निर्णय प्रक्रियामा समेट्ने आश्वासन प्राप्त भएको उनले बताए। हिमाली क्षेत्रमा भइरहेको तापक्रम वृद्धिबारे थप वैज्ञानिक अध्ययन आवश्यक रहेको बताउँदै उनले हिमपहिरोका समयमा उच्च हिमाली क्षेत्रमा तापक्रम १.५ डिग्री सेल्सियससम्म पुगेको जानकारी दिए। समुद्र सतहबाट ६ हजारदेखि ८ हजार मिटर उचाइमा देखिएको यो तापक्रम वृद्धि चिन्ताजनक भएको उनको भनाइ छ। विश्व समुदायले तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने प्रतिबद्धता जनाए पनि हिमाली क्षेत्रमा त्यसको असर देखिन थालेको उनले बताए। उनले हिमाली क्षेत्रको जोखिम पहिचान गरी पूर्वतयारी र अन्तर्राष्ट्रिय सहयोग बढाउनुपर्नेमा जोड दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
Latest NewsJust now

सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

काठमाडौं। सर्लाहीको बागमती नगरपालिका-१२ बोटे टोलमा बुधबार अपरान्ह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।पूर्वपश्चिम महेन्द्र राजमार्गको पुतली चोकबाट भित्री सडक हुँदै बोटे टोलतर्फ जाँदै गरेको को ११ प ३७९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा परी मोरङको सुन्दर हरैचा नगरपालिका-६ घर भई पुतली चोकस्थित दिदीको घरमा बस्दै आएका २५ वर्षीय रुपक विश्वकर्माको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता ...

नेपालन्युज
बन्दीपुरमा १४ चिनियाँ पर्यटकले मनाए भाइटीका
Latest NewsJust now

बन्दीपुरमा १४ चिनियाँ पर्यटकले मनाए भाइटीका

दमौली। पर्यटकीय नगरी बन्दीपुर भ्रमणमा आएका १४ जना चिनियाँ पर्यटकले नेपाली भाइटीका लगाएर तिहार मनाएका छन्। बन्दीपुर गाउँपालिका-१ की सिर्जना बरुवाल र विपना छिमालले उनीहरूलाई सप्तरङ्गी टीका र फूलको माला लगाइदिएका हुन्। मङ्गलबार बन्दीपुर आइपुगेका ती पर्यटकले नेपाली चाडपर्व र संस्कृतिबारे चासो राखेपछि स्थानीय बसन्त पौडेलले भाइटीकाको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वबारे जानकारी गराएका थिए। टीकाको महत्त्व र विधिबारे बुझेपछि पर्यटकहरूले ...

नेपालन्युज
जलवायु वित्त स्थानीय समुदायसम्म पुर्‍याउन नेपाल प्रतिबद्ध छ : वनमन्त्री चौधरी
Latest NewsJust now

जलवायु वित्त स्थानीय समुदायसम्म पुर्‍याउन नेपाल प्रतिबद्ध छ : वनमन्त्री चौधरी

टर्किए । नेपालले जलवायु परिवर्तनबाट प्रभावित स्थानीय समुदायको आवश्यकता र प्राथमिकताअनुसार अनुकूलनका कार्यक्रम सञ्चालन गर्न ‘प्रभावकारी अनुकूलन तथा लचिलोपनका लागि पहल’ (एलआइएफइ–एआर) सुविधाको कार्यान्वयन अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play