काठमाडौँ । जलवायु कार्य सप्ताहको दोस्रो दिन जलवायु संरक्षणका लागि आवश्यक स्रोत, वित्तीय व्यवस्थापन र स्थानीय समाधानका विषयमा छलफल गरिएको छ। दोस्रो दिन धुलिखेलमा वातावरणमैत्री ‘काठमाडौँ–धुलिखेलमैत्री पार्क’ निर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराउने सम्झौता गरेको छ। त्यस्तै, काठमाडौँका नदी प्रणाली संरक्षणका लागि जापानी विशेषज्ञ टोलीसँग डिजाइन तथा प्रविधिको प्रयोगबारे छलफल भएको छ। कार्यक्रममा जलवायु क्षेत्रका अभ्यासकर्ता तथा सरोकारवालाले जलवायु उत्थानशील समुदाय निर्माणका लागि मानव तथा आर्थिक स्रोत, स्रोतमा पहुँच र अधिकार, प्रभावकारी वित्तीय संयन्त्र तथा स्थानीय समाधानका विषयमा सुझाव दिएका छन्। जलवायु कार्य सप्ताहको तेस्रो दिन नागरिक विज्ञान, सम्पदा र जलवायु परिवर्तनका असरबारे छलफल हुनेछ। यस क्रममा काठमाडौँको परम्परागत हिटी प्रणालीको स्थलगत अवलोकन गरी संरक्षणका उपायबारे सुझाव प्रस्तुत गरिनेछ। त्यस्तै, चौथो दिन ऊर्जा प्रणाली, पाँचौँ दिन बालबालिका तथा युवा जलवायु कार्य, छैटौँ दिन खाद्य प्रणाली र सातौँ तथा अन्तिम दिन जलवायु परिवर्तनका असर न्यूनीकरणमा नागरिक समाज, गैरसरकारी तथा अन्तरसरकारी संस्थाको भूमिकाबारे कार्यक्रम सञ्चालन गरिनेछ। जलवायु कार्य सप्ताहमार्फत छलफल र सुझावलाई व्यवहारमा उतार्दै जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि तत्काल गर्न सकिने कामलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ।
जलवायु कार्य सप्ताहको दोस्रो दिन जलवायु वित्तमा केन्द्रित

Read Complete Original Article
Published originally on नेपालन्युज



.jpg)


