Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः मन्त्री खनाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायु अनुकूलन जलवायु न्यायको विषय पनि होः मन्त्री खनाल
Photo / Coverage: केन्द्रबिन्दु

अन्ताल्या (टर्किए) । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु अनुकूलन प्राविधिक वा वातावरणीय प्रतिक्रियामा मात्र सीमित नभई जलवायु न्यायसँग समेत जोडिएको विषय भएको बताएका छन् । टर्कीएको अन्ताल्यामा सोमबारदेखि जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) अन्तर्गत अल्पविकसित मुलुकहरू (एलडीसी) का तर्फबाट आयोजित ‘हाइ लेभल डायलग अन एडप्टेसन’लाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले जलवायु परिवर्तनमा सबैभन्दा कम योगदान गर्ने अल्पविकसित मुलुकहरू नै यसका बढ्दो र गम्भीर प्रभावबाट सबैभन्दा बढी प्रभावित भइरहेको बताए । “अल्पविकसित मुलुकहरूका लागि अनुकूलन केवल प्राविधिक वा वातावरणीय प्रतिक्रिया मात्र होइन, यो जलवायु न्यायको विषय पनि हो । जलवायु परिवर्तनमा हाम्रो योगदान सबैभन्दा कम भए पनि यसका बढ्दो र गम्भीर प्रभावबाट हामी नै सबैभन्दा बढी प्रभावित भइरहेका छौंँ”, उनले भने । सम्बोधनका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै जलवायु परिवर्तनका कारण उत्पन्न विपद्हरूले पु¥याएको मानवीय तथा आर्थिक क्षतिको चर्चा गर्दै जलवायु जोखिममा रहेका मुलुकहरूले अब जलवायु कार्यका लागि थप ढिलाइ पर्खन नसक्ने स्पष्ट पारे । उनले अल्पविकसित मुलुकहरूले राष्ट्रिय अनुकूलन योजनामार्फत स्थानीय तहमा आधारित र मानवकेन्द्रित अनुकूलनका प्रयासलाई निरन्तर अघि बढाइरहेको उल्लेख गर्दै त्यस्ता राष्ट्रिय प्रयासलाई अन्तर्राष्ट्रिय जलवायु वित्त तथा सहयोगले साथ दिनुपर्नेमा जोड दिए । विशेषगरी जलवायु जोखिममा रहेका र विकासको दौडमा पछाडि परेका मुलुकहरूको बदलिँदो राष्ट्रिय आवश्यकता अनुरूप अन्तर्राष्ट्रिय सहयोग उपलब्ध हुनुपर्ने उनको भनाइ थियो । परराष्ट्रमन्त्री खनालले अल्पविकसित मुलुकहरूका तर्फबाट जलवायु अनुकूलनका लागि वित्तीय सहयोग बढाउने प्रतिबद्धतालाई स्पष्ट, विश्वसनीय र कार्यान्वयनयोग्य प्रक्रियामा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए । साथै, जलवायु वित्तमा पहुँचलाई सरल र सहज बनाउनुपर्नेमा उनले जोड दिए । परराष्ट्रमन्त्री खनालले जलवायु उत्थानशीलतासम्बन्धी विश्वव्यापी कार्यढाँचा (यूएई फ्रेमवर्क फर ग्लोबल क्लाइमेट रेजिलियन्स) र बेलेम अनुकूलन सूचकहरूअनुरूप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा अनुकूलनसम्बन्धी कार्यलाई तीव्रता दिनुपर्ने बताए । उनले स्थानीय समुदायको नेतृत्वमा सञ्चालन हुने अनुकूलनका उपायलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै स्थानीय संस्थाहरूको क्षमता सुदृढ गर्ने तथा जलवायु जोखिमको अग्रपङ्क्तिमा रहेका समुदायलाई आफ्ना अनुकूलन प्राथमिकता र लगानीका क्षेत्र आफैं निर्धारण गर्न सक्षम बनाउनुपर्नेमा जोड दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पिचलाई दोष दिन मिल्दैन, हाम्रो ब्याटिङ कमजोर रह्यो : कप्तान हर्मित सिंह
Latest NewsJust now

पिचलाई दोष दिन मिल्दैन, हाम्रो ब्याटिङ कमजोर रह्यो : कप्तान हर्मित सिंह

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्ससँग २७ रनले पराजित भएपछि जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले आफ्नो टोलीको ब्याटिङ कमजोर रहेको स्वीकार गरेका छन् । मंगलबार सुदूरपश्चिमले दिएको १... ...

रातोपाटी
नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल
Latest NewsJust now

नेपाल संवत् नेपालीको साझा राष्ट्रिय सम्पदा हो : सभामुख अर्याल

काठमाडौँ, कात्तिक २४ गते । सभामुख डोलप्रसाद अर्यालले ‘नेपाल संवत् आन्दोलन’ नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्याय भएको बताउनुभएको छ ।नेपाल संवत् ११४७ (नय... ...

गोरखापत्र
कमला पुल निर्माण अन्तिम चरणमा
Latest NewsJust now

कमला पुल निर्माण अन्तिम चरणमा

जनकपुरधाम। तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीमाथि निर्माणाधीन बहुप्रतीक्षित पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वर्षौंदेखि पुल सञ्चालनको प्रतीक्षामा रहेका दुवै जिल्लाका स्थानीयवासी निर्माणकार्यले... ...

रातोपाटी
१ सय १ प्रतिस्पर्धीलाई उछिन्दै सञ्जय राई बने चौथो स्टोन स्किपिङ च्याम्पियनसीपको विजेता
Latest NewsJust now

१ सय १ प्रतिस्पर्धीलाई उछिन्दै सञ्जय राई बने चौथो स्टोन स्किपिङ च्याम्पियनसीपको विजेता

काठमाडाैँ। वराहक्षेत्र-२ चतराका सञ्जय राईले स्टोन स्किपिङ च्याम्पियनसीप प्रतियोगिताको चौथो संस्करणको उपाधि जितेका छन् । मंगलबार सुनसरीको वराहक्षेत्र-११ मधुवनस्थित तीन टोलिया पोखरीमा आयोजित प्रतियोगितामा १ सय १ प्रतिस्पर्धीलाई उछिन्दै राईले उपाधिसहित... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play