Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

जलवायुजन्य विपद्बाट जनधन जोगाउन प्रभावकारी पूर्वसूचना प्रणाली आवश्यक : परराष्ट्रमन्त्री खनाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायुजन्य विपद्बाट जनधन जोगाउन प्रभावकारी पूर्वसूचना प्रणाली आवश्यक : परराष्ट्रमन्त्री खनाल
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण उत्पन्न हुने विपद्बाट जनधनको क्षति न्यूनीकरण गर्न प्रभावकारी प्रारम्भिक चेतावनी प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभएको छ। संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–३१ को अवसरमा आयोजित ‘सबैका लागि प्रारम्भिक चेतावनी : सबैलाई सुरक्षित गर्ने हाम्रो वाचा पूरा गर्ने’ विषयक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो। मन्त्री खनालले विशेषगरी पहाडी तथा हिमाली क्षेत्रका समुदायको जीवन रक्षाका लागि प्रभावकारी पूर्वसूचना प्रणाली महत्त्वपूर्ण रहेको बताउनुभयो। विपद्को सुरुवाती चरणमा नेपालले प्रारम्भिक चेतावनी प्रणालीमार्फत लाखौँ एसएमएस पठाउनुका साथै तल्लो तटीय क्षेत्रका समुदायलाई स्थानीयस्तरमै सूचना उपलब्ध गराएको भए पनि यो पर्याप्त नरहेको उहाँको भनाइ थियो। प्रभावकारी पूर्वसूचना प्रणाली विकास गर्न उच्च हिमाली क्षेत्रमा रहेको अवलोकनसम्बन्धी अन्तर कम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। यसका लागि वास्तविक समयको तथ्याङ्क सङ्कलन प्रणाली, उपग्रहमा आधारित रिमोट सेन्सिङ तथा हिममण्डल (क्रायोस्फियर) को अनुगमन विस्तार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो। त्यस्तै, स्थानीय भाषा र समुदायले सहजै बुझ्ने माध्यमबाट चेतावनी जारी गर्ने, पूर्वानुमानमा आधारित कार्यलाई प्राथमिकता दिने र सूचना अन्तिम तहसम्म पुर्‍याउने व्यवस्था गर्नुपर्ने उहाँको धारणा थियो। मन्त्री खनालले सगरमाथादेखि समुद्रसम्मको अवधारणालाई आत्मसात् गर्दै सीमापार तथ्याङ्क आदानप्रदानलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। जलवायु जोखिम न्यूनीकरणका लागि अनुमानयोग्य, सहज पहुँचयोग्य तथा अनुदानमा आधारित जलवायु वित्त उपलब्ध हुनुपर्नेमा जोड दिँदै उहाँले जलवायुजन्य विपद्का बढ्दो प्रभावसँग जुध्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सन्दीपको घातक बलिङले पोखरा १३२ रनमै समेटियो
Latest NewsJust now

सन्दीपको घातक बलिङले पोखरा १३२ रनमै समेटियो

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै ह्याट्रिकसहित ६ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शनपछि पोखरा एभेन्जर्स १३२ रनमै अलआउट भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाएर १३२ रन बनाएको हो । पोखराको इनिङ्स ध्वस्त पार्ने क्रममा सन्दीपले ४ ओभर बलिङ गर्दै २७ ...

केन्द्रबिन्दु
भीमफेदी ईभी दुर्घटनामा १० को मृत्यु, ६ घाइतेको हेटौँडा अस्पतालमा उपचार हुँदै [तस्बिरहरू]
Latest NewsJust now

भीमफेदी ईभी दुर्घटनामा १० को मृत्यु, ६ घाइतेको हेटौँडा अस्पतालमा उपचार हुँदै [तस्बिरहरू]

दुर्घटनामा मृत्यु भएका १० जनामध्ये चार जनाको शव जिल्ला अस्पतालमा ल्याइसकिएको छ । ...

हाम्राकुरा
सन्दीपले एक्लै लिए ६ विकेट, युवराजको ८४ रनका बाबजुद पोखरा अलआउट
Latest NewsJust now

सन्दीपले एक्लै लिए ६ विकेट, युवराजको ८४ रनका बाबजुद पोखरा अलआउट

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी २२औँ खेलमा विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेको घातक बलिङसामु पोखरा एभेन्जर्स १३२ रनमै समेटिएको छ। टस जितेर पहिले ब्याटिङ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play