Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

जर्मनीमा ७० बढी बालबालिकाको यौन दुर्व्यवहारको आरोपमा चिकित्सकविरूद्ध मुद्दा

Share:WhatsAppFacebookX (Twitter)Telegram
जर्मनीमा ७० बढी बालबालिकाको यौन दुर्व्यवहारको आरोपमा चिकित्सकविरूद्ध मुद्दा
Photo / Coverage: केन्द्रबिन्दु

बर्लिन । पूर्वी जर्मनीका एक बाल रोग विशेषज्ञमाथि एक दशकभन्दा बढी समयदेखि ७० भन्दा बढी बालबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सोमबार मुद्दा चलाइएको छ । सन् २०१३ देखि सन् २०२५ सम्म पूर्वी जर्मनीका नौएन र राथेनो शहरका क्लिनिकहरूमा काम गर्दा बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा ४६ वर्षीय उक्त चिकित्सकमाथि १३० भन्दा बढी आपराधिक मुद्दा दर्ता गरिएको छ । करिब एक वर्षअघि एक बालककी आमाले शंकास्पद दुर्व्यवहारको रिपोर्ट दिएपछि ती चिकित्सकलाई पक्राउ गरिएको थियो । अभियोजकहरूका अनुसार चिकित्सकका इलेक्ट्रोनिक उपकरणहरूको खोजी गर्दा थप अपराधका दृश्य प्रमाण भेटिएका थिए । पक्राउ भएदेखि ती चिकित्सकलाई पूर्व–परीक्षण हिरासतमा लिइएको छ ।बर्लिन नजिकै पूर्वी जर्मनीको पोट्सडाम शहरमा चलाइएको यो मुद्दा डिसेम्बरसम्म चल्ने अपेक्षा गरिएको छ । रासस/एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति
Latest NewsJust now

नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नदी नियन्त्रणमा पहिलो त्रैमासमा ३४.९ प्रतिशत प्रगति हासिल गरेको छ । नदी तथा जल उत्पन्न विपद् व्यवस्थापन महाशाखा अन्तर्गतका कार्यक्रमका लागि चालु आर्थिक वर्षमा रु. ५ अर्ब २० करोड ९० लाख बजेट विनियोजन भएको छ । पहिलो त्रैमासिक अवधिमा रु. ६२ करोड ७४ लाख बजेटमध्ये रु. १४ करोड ७० लाख खर्च भएको छ, जुन ...

टक्सार
हेलिकोप्टर दुर्घटनामा भारतीय नागरिकको मृत्यु भएको पुष्टि, घाइतेलाई काठमाडौं ल्याइयो
Latest NewsJust now

हेलिकोप्टर दुर्घटनामा भारतीय नागरिकको मृत्यु भएको पुष्टि, घाइतेलाई काठमाडौं ल्याइयो

विराटनगर । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । ल्यान्ड गर्ने क्रममा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा भारतीय नागरिक वसन्तकुमार बलरा माडुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । दुर्घटनामा शैलेश किसान पट्टेल र फिस्टेल एयरका पाइलट घाइते भएका छन् । घाइते दुवैलाई […] ...

लोकपथ
जुम्लामा नेकपाको जागरण अभियान सुरु
Latest NewsJust now

जुम्लामा नेकपाको जागरण अभियान सुरु

जुम्ला । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाले राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । नेकपा जुम्लाले आइतबार निर्वाचन क्षेत्र नम्बर (ख) र सोमबार निर्वाचन क्षेत्र नम्बर (क) मा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै अभियान सुरु गरेको हो । नेकपाका कर्णाली प्रदेश सह इन्चार्ज नरेश भण्डारीले केन्द्रीय पार्टीको नीतिअनुसार जिल्लामा जागरण अभियान सञ्चालन गरिएको बताउनुभयो । राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतन्त्र र जनअधिकारको रक्षा, ...

हिमालय टाइम्स
तिहारका लागि काठमाडौं महानगरले कहाँकहाँ तोक्यो फूलमाला बिक्री गर्ने स्थान ? [सूचीसहित]
Latest NewsJust now

तिहारका लागि काठमाडौं महानगरले कहाँकहाँ तोक्यो फूलमाला बिक्री गर्ने स्थान ? [सूचीसहित]

महानगरपालिकाले सूचना जारी गर्दै प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका सामग्री बिक्री–वितरण नगर्न व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई आग्रह गरेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play