Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

‘जय यल देय्’लाई ललितपुर महानगरको आधिकारिक गान बनाउन पहल

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘जय यल देय्’लाई ललितपुर महानगरको आधिकारिक गान बनाउन पहल
Photo / Coverage: हिमालय टाइम्स

ललितपुर । ललितपुरको मौलिक भाषा, कला, संस्कृति, धर्म, परम्परा, सीप र सम्पदालाई समेटेर निर्माण गरिएको ‘जय यल देय्’ गानलाई ललितपुर महानगरपालिकाको आधिकारिक गानका रूपमा स्थापित गर्न पहल सुरु भएको छ । ललितपुर महानगरपालिका वडा नं. १६ को कलाकार समितिले आयोजना गरेको कलाकार मुना (भेला), सम्मान तथा सांस्कृतिक कार्यक्रममा साहित्य तथा सिनेमा अन्वेषक एवं समीक्षक प्रकाश सायमीले ‘जय यल देय्’लाई महानगरपालिकाले आफ्नो गानका रूपमा आत्मसात् गर्नुपर्ने प्रस्ताव राख्नुभएको हो । प्रस्तावप्रति समर्थन जनाउँदै कार्यक्रममा उपस्थित महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विभिन्न स्थानमा ललितपुरको गानका रूपमा प्रस्तुत भइसकेको यस गीतलाई महानगरको आधिकारिक गानका रूपमा स्थापित गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँको भनाइपछि कार्यक्रमस्थल तालीले गुञ्जिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । वडा नं.१६ का अध्यक्ष निर्मलरत्न शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा श्रेष्ठलाई प्रमुख अतिथिका रूपमा सम्मान गरिएको थियो । बज्र कल्चर सेन्टर कार्यक्रमको सहआयोजक रहेको थियो । ‘जय यल देय्’ निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने गायक-गायिका, अभिनय कलाकार, वाद्यवादक, प्राविधिक तथा सहयोगीहरूलाई सम्मानपत्र प्रदान गर्दै धन्यवाद ज्ञापन गरिएको कार्यक्रममा संगीतकार मनराजा नकःमि, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य र प्रकाश सायमी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । स्वागत मन्तव्यका क्रममा वडा अध्यक्ष शाक्यले कलाकारहरूको प्रगति र विकासका लागि स्थानीय तहबाट अपेक्षित काम हुन नसकेको उल्लेख गर्दै वडा नं.१६ ले कलाकारहरूको हित र प्रवर्द्धनका लागि निरन्तर काम गरिरहेको बताउनुभयो । ‘जय यल देय्’का रचनाकार तथा निर्मातासमेत रहनुभएका शाक्यले गीत निर्माणमा उत्साहजनक साथ र सहयोग गर्ने सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयो । त्यसैगरी कलाकार समितिका संयोजक सुरजवीर बज्राचार्यले ऐतिहासिक तथा प्राचीन नाचहरूको संरक्षणसँगै नयाँ पुस्ताबाट पनि सोही स्तरका सिर्जना गर्न सक्ने वातावरण निर्माण आवश्यक रहेको बताउनुभयो । यसका लागि स्थानीय तह तथा सरकारको सक्रिय भूमिका हुनुपर्ने उहाँको भनाइ थियो । ललितपुरको प्राचीन नाम तथा स्थानीय रूपमा प्रचलित नाम ‘यल’ हो । यही ऐतिहासिक पहिचानलाई आधार बनाएर निर्माण गरिएको ‘जय यल देय्’ गानमा ललितपुरको भाषा, कला, धर्म, संस्कृति, परम्परा, सीप र सम्पदाका विविध पक्ष समेटिएका छन् । मनराजा नकःमिको संगीत, भुपेन्द्र बज्राचार्यको संगीत संयोजन, सुमन कपालीको रेकर्डिङ तथा फिरोज बज्राचार्यको मिक्सिङ र मास्टरिङ रहेको यस गीतमा २६५ जना गायक-गायिकाको स्वर समेटिएको छ । त्यस्तै ६८ जना अभिनय कलाकार र ९० जना वाद्यवादकसहित चार सयभन्दा बढी व्यक्तिको सहभागितामा गान तयार भएको हो । विश्वास बज्राचार्यको निर्देशन तथा अमर चित्रकारको छायांकन, कलर र सम्पादनमा निर्मित गानमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रत्न बेहोशी बज्राचार्य, तीर्थकुमारी, जुजुकाजी रञ्जित, संगीता थापा शाक्य, संगीत प्रधान राणा, निशा देसार, ओमविक्रम विष्ट, लोचन भट्टराई, दीपक बज्राचार्य, भीम तुलाधर, प्रवेशमान शाक्य, ईश्वर अमात्य, रमना श्रेष्ठ, सर्जु रञ्जित, सपनाश्री, नरेन्द्र प्यासी, ज्योति घिमिरे, मदनसिंह नेपाली, जेम्स प्रधान, नलिना चित्रकार, सञ्जीव प्रधान, प्रतिमा राजभण्डारी, लसता जोशी, बुनु श्रेष्ठ, रिमा गुरुङ होडा, सरिता शाही, निभा डंगोल, रीता महर्जन, प्राश्ना शाक्य, बानिका प्रधान, सरिष्मा अमात्य लगायतका परिचित कलाकारहरूको स्वर रहेको छ । त्यसैगरी मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, हिसिला महर्जन, मनोज महर्जन, सोहित मानन्धर, श्रीतिका श्रेष्ठ, रवि डंगोल, सलोना बज्राचार्य, भिन्तुना जोशी, रोजिना सुवाल र सुदित श्रेष्ठलगायत कलाकारको अभिनय छ । कलाकार समितिको संयोजनमा तयार भएको गीत निर्माणको व्यवस्थापन अमोघवीर बज्राचार्यले गर्नुभएको हो । कार्यक्रममा पवित्र कसाः, सोनी राजभण्डारी, गंगा महर्जन, शैलेन्द्र तुलाधर, लसता जोशी, किशोर शाही, नापनापं जीवित जल्मी र भुपेन्द्र बज्राचार्य, सरिता महर्जन तथा अमर चित्रकारलगायतले गीत प्रस्तुत गर्नुभएको थियो । अन्य कलाकारहरूले नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए । सुरजवीर बज्राचार्य, सलोना बज्राचार्य र अमोङवीर बज्राचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा ‘जय यल देय्’ निर्माणमा संलग्न कलाकार तथा प्राविधिकहरूको योगदानको प्रशंसा गरिएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्राकृतिक सौन्दर्यले भरिपूर्ण डिल्पु कुण्ड ओझेलमा
Latest NewsJust now

प्राकृतिक सौन्दर्यले भरिपूर्ण डिल्पु कुण्ड ओझेलमा

रसुवा, मङ्सिर १ गते । हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधतामा धनी रहेको छ । यहाँको गोसाइँकुण्ड र पार्वतीकुण्डजस्ता गन्तव्य स्वदेश तथा विदेशमा परिचित... ...

गोरखापत्र
आज यी प्रदेश र स्थानमा हुनेछ वर्षा र हिमपात
Latest NewsJust now

आज यी प्रदेश र स्थानमा हुनेछ वर्षा र हिमपात

काठमाडौं । देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना छ । कोसी र गण्डकी प्रदेशका केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान रहेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको ...

केन्द्रबिन्दु
स्थानीय तह निर्वाचनको तयारी : दलहरूसँग छलफल गर्दै आयोग
Latest NewsJust now

स्थानीय तह निर्वाचनको तयारी : दलहरूसँग छलफल गर्दै आयोग

काठमाडौँ, मङ्सिर १ गते । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको आवश्यक तयारी र व्यवस्थापनबारे छलफल गर्न राष्ट्रिय मान्यता प्राप्त छ राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ । य... ...

गोरखापत्र
कप–३१ बाट खोजिएको ‘डिपार्चर’
Latest NewsJust now

कप–३१ बाट खोजिएको ‘डिपार्चर’

कप–३१ को सफलता वार्ता कक्षभित्र विश्वका नेताहरूले के भने भन्ने आधारमा होइन, वार्ता कक्षबाहिर रहेका आम मानिसको जीवनमा के परिवर्तन आयो भन्ने आधारमा मापन गरिनुपर्छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play