Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी वीरगन्ज कारागारबाट फरार

Share:WhatsAppFacebookX (Twitter)Telegram
जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी वीरगन्ज कारागारबाट फरार
Photo / Coverage: पर्दाफास

जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई कैद सजाय भोगिरहेका पर्साको पोखरिया नगरपालिका–स्थित सतवरियाका सुनिल साह वीरगन्ज कारागारबाट फरार भएका छन् । पर्सा जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा १४ वर्ष कैद सजाय पाएका साह बिहीबार बिहान कारागारको पर्खाल नाघेर फरार भएका हुन् । उनको कैद भुक्तान गर्न अब दुई वर्ष मात्रै बाँकी रहेको थियो । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार कारागारका कर्मचारी तथा सुरक्षाकर्मीको विश्वासपात्र रहेका साह बिहान सरसफाइ गर्ने क्रममा सुरक्षाकर्मीको आँखा छलेर नजिकैको पर्खाल नाघ्दै फरार भएका हुन् । फरार कैदी साहको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गर्न आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सूचना अधिकारी मल्लले जानकारी दिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बिहे अनिरुद्ध रविचन्दर र काव्या मारनको, चर्चा रजनीकान्तको
OthersJust now

बिहे अनिरुद्ध रविचन्दर र काव्या मारनको, चर्चा रजनीकान्तको

दक्षिण भारतीय संगीतका चर्चित संगीतकार अनिरुद्ध रविचन्दर र आईपीएलसँग जोडिएकी काव्या मारन विवाह बन्धनमा बाँधिएका छन् । ग्रीसमा सम्पन्न उनीहरूको भव्य विवाहका तस्बिरहरू अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनिरहेका छन् । विवाह समारोहमा दक्षिण भारतीय सिनेमाका सुपरस्टार रजनीकान्त र तमिलनाडुका पूर्वमुख्यमन्त्री एमके स्टालिन पनि सहभागी थिए । विवाहका तस्बिर सार्वजनिक भएपछि धेरैको ध्यान बेहुला र… ...

अनलाइन खबर
भीमफेदी दुर्घटना : मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्न रविको माग
OthersJust now

भीमफेदी दुर्घटना : मृतकका परिवारलाई राहत र घाइतेको उपचार गर्न रविको माग

२६ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा परी ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत लामिछानेले छठ मनाउन घर फर्किंदै गरेका आम नागरिकहरूले मकवानपुरको भीमफेदीमा भएको कहालीलाग्दो सडक दुर्घटनामा अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको बताए ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play