बैतडी । २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा बैतडीमा ६८ वर्षीय पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा डिलाशैनी गाउँपालिका–४ द्वरीका ६८ वर्षीय मोहनसिंह बोहरा रहेका छन्। उनलाई शनिबार बिहान अस्थायी प्रहरी पोस्ट धौनाखोलीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। ती महिलामाथि जबरजस्ती करणी गरेको भन्दै परेको उजुरीका आधारमा बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
जबरजस्ती करणीको आरोपमा ६८ वर्षीय पुरुष पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






