Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

जनमतलाई दम्भ देखाउने माध्यम नबनाउन नेता-कार्यकर्तालाई रविको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनमतलाई दम्भ देखाउने माध्यम नबनाउन नेता-कार्यकर्तालाई रविको निर्देशन
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जनताले दिएको ठूलो जनमतलाई शक्तिको दम्भ देखाउने माध्यम नबनाउन नेता-कार्यकर्तालाई निर्देशन दिनुभएको छ । शुक्रबार चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले व्यवहार, कार्यशैली र राजनीतिक चरित्र सुधार्न नेता-कार्यकर्तालाई निर्देशन दिनुभएको हो । पार्टी सत्तामा पुगेपछि नेता-कार्यकर्तामा देखिएको पदलोलुपता, अवसरवाद र शक्ति उन्मादप्रति प्रश्न उठाउँदै लामिछानेले चुनाव जित्नु मात्र राजनीति नभएको र हार्दा पनि पार्टी र विचारप्रति निष्ठावान् रहनुपर्ने सन्देश दिनुभयो । रास्वपाभित्र पद र टिकटको आकांक्षा बढ्दै गएको तथा चुनावी प्रतिस्पर्धामा असन्तुष्टिले संगठनात्मक एकता कमजोर पार्नसक्ने संकेत गर्दै सभापति लामिछानेले त्याग, अनुशासन र विधिप्रतिको प्रतिबद्धता कायम राख्न सचेत गराउनुभयो । ‘जनताले १८२ सिट दिए, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ, हो कि होइन ? यसरी हुँदैन । माथिदेखि तलसम्म मात्तिएका छौँ, चढेका छौँ, हामीले मान्छेलाई मान्छे गनेका छैनौँ’, उहाँले भन्नुभयो, ‘हामीले भुइँ टेक्नपर्छ, भुइँ छोड्नु हुँदैन । हामीले एउटा चुनाव जितेका हौँ, कुनै ग्रहबाट खसेर आएका मान्छे होइनौँ । हामी यहीँका मान्छे हौँ, यही जमिनका मान्छे हौँ । यसलाई हामीले भुल्नु हुँदैन । जनताले हामीलाई हेरिरहेका छन्, जनतालाई असहज लाग्ने हाम्रा गतिविधिहरू स्वीकार्य हुँदैनन् । किनभने जनताले अत्यधिक मत दिएर पठाएको भनेको हामीलाई थालु पल्टाउनका लागि होइन, अझ बढी सेवा गर भन्नका लागि हो ।’ जनताले मुलुकलाई मुलुक रास्वपाको जिम्मामा लगाइसकेपछि आफूहरूले पनि अब उच्च राजनीतिक चरित्र देखाएर जनअपेक्षाअनुसार खरो उत्रिनुपर्ने बताउनुभयो । ‘हेर्दाहेर्दै माननीय भएका साथीहरू देखेर हामीभित्र कहीँकतै आरिस मनभित्र त छ, देखाउन त भएको छैन । कुरा काट्दै त्यसले काम गरेको छ । फेरि माननीय भइसकेका साथीहरू तलका मान्छेलाई देख्दै नदेखेको जस्तो पनि गर्दै हिँड्नुभएको छ । यी दुवै चिजको तालमेल मिल्न पर्छ’, उहाँले भन्नुभयो, ‘जनताले दिएको अभिमत जनताको हुर्मत लिन दुरुपयोग नगर्नुहोला । सँगै भएको साथीले प्रगति गर्‍यो भन्दैमा आरिसमा जाने र सँगै भएको साथी तल पर्‍यो भनेर खिसिट्युरी गर्ने दुवै प्रकृति गलत छन् । यसलाई सच्याएर एकैठाउँ भएर हामी अगाडि बढ्नुपर्ने छ ।’ ‘प्रधानमन्त्रीसँग मतभेद छैन, सरकारको निर्णय यसले नै पुष्टि गर्छ’रास्वपा सभापति लामिछानेले सञ्चारगृहमा भएको प्रहरी धरपकड र आइजिपीको जिम्मेवारी फेरबदल सम्बन्धमा सरकारको कदममाथि प्रश्न उठाउनुभएको छ । तर, पार्टी र सरकारबीच अन्तरविरोध नरहेको उहाँले बताउनुभयो । ‘सरकारले गरेका हरेक चिजमा पार्टीले हो मा हो गर्दैन । पार्टीले गरेका हरेक चिजमा सरकारले पनि हो मा हो मिलाउँदैन । सरकारले गरेका केही निर्णयमा पार्टीले कहिलेकाहीँ फरक धारणा अथवा थप स्पष्टता पार्न आवश्यक निर्देशन दिन्छ’, लामिछानेले भन्नुभयो, ‘पार्टीले स्पष्ट पारेको छ– सरकारले कुनै पनि कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ । त्यसको औचित्य पक्कै पनि सरकारले पुष्टि गर्ला । सरकारले गरेका काममा थप स्पष्टता चाहियो भने पार्टीले त्यसमा चेक एण्ड ब्यालेन्स गर्ने, सोध्ने र अझ बढी स्पष्ट पार्ने गर्नुपर्छ ।’ सुरक्षा निकायका नेतृत्व फेरबदल अत्यन्त संवेदनशील विषय भएकाले पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको उहाँले जिकिर गर्नुभयो । ‘सुरक्षा जिम्मा लिएका निकायसँग जिम्मेवारी हेरफेर सम्बन्धमा असाध्यै संवेदनशील भएका कारण सरकारले कुनै पनि समयमा औचित्य पुष्टि गर्ला । सरकारको निर्णय सम्बन्धमा सरकारका प्रवक्ताले स्पष्ट पारिसकेका छन् । पार्टीले आइजिपी फेर, डिआइजी फेर, इन्स्पेक्टर फेर, सिडियो फेर भनेर बिल्कुल भन्दैन’, उहाँले भन्नुभयो । उम्मेदवारका आकांक्षीलाई सातबुँदे निर्देशनरास्वपाले आगामी स्थानीय तहका निर्वाचनका उम्मेदवारका आकांक्षीलाई सात बुँदे निर्देशन जारी गरेको छ । केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीले आन्तरिक लोकतन्त्रको विश्वसनीयता विधिको पालना, निष्पक्ष प्रक्रिया र संस्थागत जवाफदेहिताबाट स्थापित हुने भन्दै निर्देशन जारी गर्नुभएको हो । रास्वपाका सबै तहका नेतृत्व, सदस्य तथा आकांक्षीहरूलाई पार्टी विधान, स्थापित कार्यविधि र आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रियालाई मर्यादित र व्यवस्थित बनाउन उहाँले आग्रह गर्नुभयो । आर्थिक लेनदेन, उपहार, भोजभतेर, धम्की, भ्रामक प्रचार, चरित्रहत्या वा पद र शक्तिको दुरुपयोग गरी निर्वाचन प्रभावित गर्ने कार्य निषेधित रहेको उल्लेख छ । आचारसंहिता तथा निर्देशनविपरीत सामाजिक सञ्जाल वा अन्य माध्यममा सामग्री प्रकाशित वा साझा गर्न नगर्न निर्देशन दिएको छ । ‘पार्टीको निर्देशन, विधान तथा आचारसंहिता उल्लंघन गने जोसुकैलाई उल्लंघनको प्रकृति र गम्भीरताका आधारमा उम्मेदवारी खारेजी, प्रक्रियाबाट निष्कासन, जिम्मेवारीबाट हटाउनेदेखि विधानबमोजिम निलम्बन वा पार्टी सदस्यता समाप्तिसम्मको कारबाही हुनसक्छ’, निर्देशनमा भनिएको छ । आचारसंहिता तथा आधिकारिक निर्देशनविपरीत प्रकाशित वा साझा गरिएको सामग्री तत्काल हटाउन निर्देशित दिएको छ । ‘निर्वाचन, अधिवेशन, उम्मेदवार छनोट तथा संगठनात्मक प्रक्रियासँग सम्बन्धित पार्टीका आन्तरिक दस्ताबेज, निर्णय, छलफल, प्रचार, अभिलेख तथा व्यक्तिगत विवरणको गोपनीयता कायम राख्नुपर्छ । आधिकारिक स्वीकृतिबिना यस्ता सूचना वा विवरण सार्वजनिक गर्ने, अनधिकृत व्यक्ति वा निकायसँग साझा गने वा दुरुपयोग गने कार्य निषेधित छ’, निर्देशनमा अगाडि भनिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आउँदै जाँदै गरौँला सिमल बारुलै
Latest NewsJust now

आउँदै जाँदै गरौँला सिमल बारुलै

“पाँचैमा र मुखे हो रुद्राक्षको माला सिमल बारुलैजोगीले हजुर जपने सिमल बारुलै मरने र जति बैकुण्ठमा पुगे सिमल बारुलै आयौ है हजुर बाँचने सिमल बारुलै ।’’लोकगीतले समाजका विभिन्न पहलुलाई... ...

गोरखापत्र
डुबेर दुई बालकको मृत्यु
Latest NewsJust now

डुबेर दुई बालकको मृत्यु

सल्यान समाचारदातासल्यान, कात्तिक २१ गते । सल्यानको कालीमाटी गाउँपालिका–७ घुईयाबारीमा पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय आठ वर्षीय योगेश बुढा र अंकित बुढा... ...

गोरखापत्र
कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै
Latest NewsJust now

कात्तिक कृष्ण त्रयोदशीः काग तिहार पर्व मनाइँदै

काठमाडौँ। कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजबीज खान दिएर मनाइँदैछ। सूर्योदयकालमा त्रयोदशी तिथि भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज शनिबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए। यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play