Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

जनकपुरलाई हराएको सुदूरपश्चिमको प्लेअप सम्भावना कति ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरलाई हराएको सुदूरपश्चिमको प्लेअप सम्भावना कति ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियागिताअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले २७ रनको जित निकालेको छ । जारी प्रतियोगितामा सुदूरपश्चिम रोयल्सको यो चौथो जित हो । जनकपुर बोल्ट्सले भने लगातार तेस्रो खेलमा पराजय व्यहोरेको छ । गएराती भएको आफ्नो खेलमा छैटौँ खेलमा सुदूरपश्चिम रोयल्सले दिएको १२१ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले १९.५ ओभरमा सवै विकेट गुमाएर ९३ रन मात्र बनाउन सक्यो । जनकपुर बोल्ट्सका लागि तृतराज दासले २१, जेम्स निशमले २०, राहुल यादवले ११ र आदित्य महताले १० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् । बलिङतर्फ सुदूरपश्चिमका लागि स्कट कुग्लाइनले ३ तथा कप्तान दीपेन्द्रसिंह ऐरी, ईशान पाण्डे, अनिल खरेल, हेमन्त धामी र थरिन्दु रत्नायकेले समान एक एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको थियो । सुदूरपश्चिम रोयल्सका लागि ब्रेण्डन म्याक्मुलेनले ३३, थरिन्दु रत्नायकेले अविजित २६, आरिफ शेखले ११, सैफ जेब र विनोद भण्डारीले समान १०–१० रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् । बलिङतर्फ जनकपुर बोल्ट्सका लागि कप्तान हरमित सिंहले ४ तथा आदित्य महता, अभिषेक तिवारी, ह्यारी टेक्टर र राहुल यादवले समान एक एक विकेट लिए । यो जितपछि सुदूरपश्चिम रोयल्स अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । सुदूरपश्चिम रोयल्सले छ खेलबाट ८ अङ्क जोडेको छ । जनकपुरसँगको जितसँगै सुदूरपश्चिमको प्लेअफ सम्भावना बलियो बनेको छ । आजको हारपछि जनकपुर बोल्ट्सको प्लेअफ यात्रा कठिन बनेको छ । उसले छ खेल खेल्दा चार खेलमा हार तथा दुई खेलमा मात्र जित निकालेको छ । जनकपुर बोल्ट्सले अब लिग चरणमा एउटा खेल मात्र खेल्न बाँकी छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरान समर्थित तीन जनामाथि अमेरिका र युरोपमा आक्रमणको योजना बनाएको अभियोग
Latest NewsJust now

इरान समर्थित तीन जनामाथि अमेरिका र युरोपमा आक्रमणको योजना बनाएको अभियोग

काठमाडौं । इरानको समर्थनमा काम गरेको आरोप लागेका तीन जनाविरुद्ध अमेरिका र युरोपमा शृङ्खलाबद्ध आतङ्कवादी आक्रमणको योजना बनाएको अभियोग लगाइएको छ । अमेरिकी न्याय मन्त्रालयका अनुसार उनीहरूले बेलायतस्थित अमेरिकी हवाई सैन्य अड्डा आरएएफ फेयरफोर्डमा पनि आक्रमणको योजना बनाएका थिए । इरानी र इराकी नागरिकता भएका मोहम्मद बाकेर साद दाउद अल सादी, मोहसिन मोहाजेरी र मोहम्मद अली अल हसानीविरुद्ध आठ वटा अभियोग ...

कर्पोरट खबर
तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र
Latest NewsJust now

तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र

भोजपुर।भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना ‘पञ्चकन्या कृषि सडक’ अन्तर्गत तिवारीभञ्याङ–च्याङ्गे सडक कालोपत्र गरिएको छ। विगतमा वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडक कालोपत्रसँगै गाउँपालिकाको केन्द्र च्याङ्गे जोडिने सडकको यात्रा सहज बनेको हो। मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिएको गाउँपालिका प्रवेशद्वार तिवारीभञ्याङलाई शून्य विन्दु मानेर च्याङ्गेसम्म सडक कालोपत्र गरिएको छ। गाउँपालिकाको कृषि, पर्यटन तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उद्देश्यले सडकलाई ...

नेपालन्युज
टर्कीमा के गर्दैछन् नेपाली प्रतिनिधिमण्डल, कति उपलब्धिमूलक बन्ला कोप–३१ ?
Latest NewsJust now

टर्कीमा के गर्दैछन् नेपाली प्रतिनिधिमण्डल, कति उपलब्धिमूलक बन्ला कोप–३१ ?

काठमाडौँ। अहिले जलवायुसम्बन्धी राष्ट्रसंघीय बैठक (कोप) चलिरहेको छ। टर्कीमा भइरहेको यो बैठक कोपको ३१ औं संस्करण हो। सन् १९९५ देखि सुरु भएको कोप बैठक जलवायु परिवर्तनसम्बन्धी छलफल गर्ने साझा मञ्च... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play