Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

जनकपुरबाट अयोध्या पुग्न अब रेल सेवा, भारतले दियो साप्ताहिक रेल सञ्चालनको स्वीकृति

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरबाट अयोध्या पुग्न अब रेल सेवा, भारतले दियो साप्ताहिक रेल सञ्चालनको स्वीकृति
Photo / Coverage: पर्दाफास

नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने भएको छ । भारत सरकारले जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म रेल सेवा सञ्चालन गर्ने प्रस्तावलाई स्वीकृति दिएको हो । प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणका क्रममा उक्त रेल सेवाको उद्घाटन गर्ने तयारी गरिएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका अवसरमा नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित रेल सेवा उद्घाटन गर्ने अपेक्षा गरिएको हो । भारतको प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी) ले शनिबार सार्वजनिक गरेको जानकारीअनुसार करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवाले रामायणसँग जोडिएका दुई महत्वपूर्ण धार्मिक स्थललाई जोड्नेछ । जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान् श्रीरामको जन्मभूमिका रूपमा लिइन्छ । रेल सेवा जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार सञ्चालन हुनेछ । रेलले भारतको बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै यात्रा गर्नेछ । यस क्रममा जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक रूपमा यात्रु चढाउने र ओराल्ने व्यवस्था हुनेछ । यो रेल सेवा सञ्चालनमा आएपछि नेपाल र भारतबीच धार्मिक पर्यटन तथा सीमापार आवागमन थप सहज हुने अपेक्षा गरिएको छ । विशेषगरी जनकपुर र अयोध्याबीच रामायण सर्किटमा आधारित धार्मिक यात्रालाई यसले प्रोत्साहन गर्नेछ । यसबाट तीर्थयात्री र पर्यटकसँगै शिक्षा, व्यापार तथा पारिवारिक कामका लागि आवतजावत गर्ने यात्रुलाई समेत सुविधा पुग्ने भारतीय पक्षको विश्वास छ । रेलमार्गले बिहार र नेपालका सीमावर्ती क्षेत्रका स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । पर्यटन व्यवसाय, होटल तथा आतिथ्य सेवा, स्थानीय व्यापार र परम्परागत हस्तकलासँग सम्बन्धित व्यवसायले नयाँ अवसर पाउने भारतीय पक्षले जनाएको छ । भारत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले रेल सेवा विस्तार गरिएको पीआईबीले उल्लेख गरेको छ । यसले दुई देशबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई यातायात सञ्जालमार्फत थप नजिक ल्याउने विश्वास गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सिटिजन्स बैंकका ग्राहकलाई द चौतारीमा ७ प्रतिशतसम्म छुट
OthersJust now

सिटिजन्स बैंकका ग्राहकलाई द चौतारीमा ७ प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले दरबारमार्गस्थित द चौतारी हस्पिटालिटी ग्रुपमा खाना तथा पेय पदार्थ खरिद गर्दा ७ प्रतिशतसम्म छुट पाउने भएका छन् । यससम्बन्धी समझदारीपत्रमा सिटिजन्स बैंक र द चौतारी हस्पिटालिटी ग्रुप प्राइभेट लिमिटेडबीच हस्ताक्षर भएको हो । समझदारीअनुसार बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले द चौतारीमा उपलब्ध खाना तथा पेय पदार्थमा ७ […] ...

लोकपथ
अपि–नम्पा : हिमालको काखमा हरियालीको आश्चर्य
OthersJust now

अपि–नम्पा : हिमालको काखमा हरियालीको आश्चर्य

यहाँ पुग्ने जो-कोहीलाई सेताम्य हिमश्रृंखलाको काखैमा बसेको अनुभूति हुन्छ । हिमालको काखमा यति धेरै हरियाली फैलिएको देख्दा साँच्चिकै आश्चर्य लाग्छ । ...

अनलाइन खबर
चीन भ्रमणमा राज्यकोषबाट खर्च हुनेछैन : विपिन आचार्य
OthersJust now

चीन भ्रमणमा राज्यकोषबाट खर्च हुनेछैन : विपिन आचार्य

२९ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टीको चीन भ्रमणमा नेपालको राज्यकोषबाट कुनै खर्च नहुने स्पष्ट पारेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आईतवारदेखि १० दिने चीन भ्रमणमा जान लागेको रास्वपाको प्रतिनिधिमण्डलको भ्रमण खर्च चीनले नै व्यवस्थापन गर्ने उनले बताएका हुन् । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै… ...

अनलाइन खबर
खुलामञ्चको हरियाली फर्काउन कांग्रेस आफैँ जुट्यो, चितवनबाट दुबो ल्याएर रोपियो
OthersJust now

खुलामञ्चको हरियाली फर्काउन कांग्रेस आफैँ जुट्यो, चितवनबाट दुबो ल्याएर रोपियो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर भएको छ । महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र ठूलो सङ्ख्यामा मानिसको चहलपहलले बिग्रिएको दुबो पुनःरोपण तथा संरक्षण गर्न पार्टीका नेता–कार्यकर्ता खुलामञ्चमा जुटेका छन् । महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेपछि त्यसको जिम्मेवारी लिनुपर्ने भन्दै आलोचना भएको थियो । पार्टीले कार्यक्रमअघि नै ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play