Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

जनकपुरधाम-अयोध्या रेल सेवा दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरधाम-अयोध्या रेल सेवा दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गर्ने
Photo / Coverage: नेपालन्युज

जनकपुरधाम । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म वन्देभारत एक्सप्रेस रेल सेवा सञ्चालन हुने भएको छ । भारतीय रेल मन्त्रालयका अनुसार नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले यो सेवा सुरु गर्न लागिएको हो । रेल सेवाको मंसिर ७ गते अर्थात् नोभेम्बर २३ मा उद्घाटन गर्ने कार्यक्रम तय भएको भारतीय रेल मन्त्रालयले जनाएको छ । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत संयुक्त रूपमा सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यो रेल सेवा सञ्चालनमा आएपछि भगवान् राम र माता सीतासँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक स्थलहरूको भ्रमण गर्न चाहने तीर्थयात्रीलाई सहज हुने अपेक्षा गरिएको छ । यसले नेपाल र भारतबीचको ऐतिहासिक, धार्मिक तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाउनुका साथै पर्यटन, व्यापार र क्षेत्रीय आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । मण्डल रेल प्रबन्धक, लखनऊका अनुसार उद्घाटन कार्यक्रममा उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ, केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव, उपमुख्यमन्त्री केशवप्रसाद मौर्य र ब्रजेश पाठकलगायतको उपस्थिति रहनेछ । करिब ६०४ किलोमिटर दूरी तय गर्ने यो साप्ताहिक रेल सेवाले जनकपुरधामलाई अयोध्या क्यान्टसँग जोड्नेछ । रेल बिहार र उत्तर प्रदेशका विभिन्न महत्वपूर्ण सहर तथा बस्ती हुँदै सञ्चालन हुनेछ । भारतीय रेल्वेका अनुसार यसका टर्मिनल स्टेसनबाहेक जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा समेत स्टप रहनेछन् । यो रेल सेवा हप्तामा एक पटक सञ्चालन हुनेछ । यसको सुरुवात शनिबार जनकपुरधामबाट र सोमबार अयोध्या क्यान्टबाट हुने जनाइएको छ । नयाँ सेवाबाट तीर्थयात्री, पर्यटक तथा अन्य यात्रुलाई सीमापार आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ । यसले रामायणसँग सम्बन्धित धार्मिक पर्यटन सर्किटको प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ । अध्ययन, व्यापार र पारिवारिक प्रयोजनका लागि यात्रा गर्ने यात्रुहरूलाई पनि यसले थप सुविधा दिनेछ । रेल सेवाको पहुँच विस्तारसँगै पर्यटन व्यवसायी, होटल तथा आतिथ्य क्षेत्र, स्थानीय व्यापारी र परम्परागत हस्तकलामा संलग्न कारीगरहरूका लागि नयाँ अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । रेलमार्ग आसपासका स्थानीय अर्थतन्त्रले समेत यसबाट लाभ लिन सक्नेछन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपालका २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गरिने सहमति
Latest NewsJust now

नेपालका २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गरिने सहमति

काठमाडौँ । नेपाल सरकार र विश्वव्यापी जलवायु समाधान प्रदायक संस्था साउथ पोलबीच कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका २५ लाख हेक्टरभन्दा बढी वन क्षेत्रमा कार्बन कार्यक्रम विकास गर्ने सहमति भएको छ... ...

रातोपाटी
डेविस कप टेनिस : नेपाल प्लेअफमा पराजित
Latest NewsJust now

डेविस कप टेनिस : नेपाल प्लेअफमा पराजित

भियतनाममा भइरहेकाे डेविस कपकाे शनिबार एसिया/ओसिनिया क्षेत्रको समूह ‘पाँच’ अन्तर्गत प्रमोसन प्लेअफ सेमिफाइनलमा नेपाली टिम प्यासिफिक ओसिनियासँग २-१ ले पराजित भयो । ...

कान्तिपुर
लुम्बीले लगातार गुमायो २ विकेट
Latest NewsJust now

लुम्बीले लगातार गुमायो २ विकेट

काठमाडौँ । लुम्बिनी लायन्सले तेस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार विराटनगरले दिएको १६७ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बनीका डार्सी सर्ट ३८ बलमा ४५ रन बनाएर आउट भएका हुन् भने... ...

रातोपाटी
पाकिस्तानमा सुरक्षा कारबाहीमा दुई सैनिकसहित १८ जनाको मृत्यु
Latest NewsJust now

पाकिस्तानमा सुरक्षा कारबाहीमा दुई सैनिकसहित १८ जनाको मृत्यु

पाकिस्तान । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलले सञ्चालन गरेको कारबाहीका क्रममा दुई सैनिक र १६ जना लडाकु मारिएका छन् । पाकिस्तानी सेनाले शनिबार उक्त जानकारी दिएको हो । सेनाको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play