Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको तयारी तिब्र, १७ बगीको रेलबाट परीक्षण

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको तयारी तिब्र, १७ बगीको रेलबाट परीक्षण
Photo / Coverage: टक्सार

काठमाडौँ । जनकपुरधामलाई भारतको अयोध्यासँग रेलमार्गबाट जोड्ने योजनाअन्तर्गत रेल सेवा सञ्चालनको तयारी तिब्र पारिएको छ । यसैक्रममा जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको सम्भावना र प्राविधिक अवस्था परीक्षण गर्न १७ बगीको भारतीय रेल चलाइएको हो । नेपाल र भारत दुवै पक्षको पहलमा अघि बढाइएको योजनाअन्तर्गत रेल चलाएर परीक्षण गरिएको नेपाल रेल्वेका प्रवन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए । उनकाअनुसार जनकपुरधामबाट अयोध्यासम्म रेल सेवा विस्तार गर्ने उद्देश्यले परीक्षणको काम अघि बढाइएको हो । रेल सञ्चालनका लागि आवश्यक तयारी तीव्र पारिए पनि परीक्षणको चरण भने अझै पूरा भइसकेको छैन । रेल सञ्चालनसँग सम्बन्धित प्राविधिक परीक्षण तथा अन्य प्रक्रिया जारी रहने र ती सबै प्रक्रिया पूरा भएपछि सेवा सञ्चालनको थप प्रक्रिया अघि बढाइने पराजुलीले बताए । प्रस्तावित योजनाअनुसार नेपाली भूमिमा जयनगरदेखि जनकपुरधामसम्म नेपाली रेल सञ्चालन हुनेछ। त्यसपछि भारतीय रेलमार्फत भारतका दुईदेखि तीनवटा स्टेशनबाट यात्रु चढाएर अयोध्यासम्म पु¥याउने योजना रहेको पराजुलीले जानकारी दिए । जनकपुरधाम र अयोध्या दुवै धार्मिक तथा सांस्कृतिक महत्व बोकेका शहर हुन् । जनकपुरधामलाई माता सीताको जन्मभूमि र अयोध्यालाई भगवान रामको जन्मभूमिका रूपमा लिने धार्मिक मान्यताका कारण यी दुई सहरबीच रेल सेवा सञ्चालनले धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । यद्यपि, रेल सेवा सञ्चालनको मिति र नियमित सेवा शुरु हुने समय भने प्राविधिक परीक्षण तथा आवश्यक तयारी पूरा भएपछि मात्रै टुङ्गो लाग्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान
Latest NewsJust now

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याएकी छन् । सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहेकी उनले... ...

रातोपाटी
ट्वीट गरिरहेका बीपी
Latest NewsJust now

ट्वीट गरिरहेका बीपी

बीपी कोइराला नामको ट्वीटर ह्यान्डलले एक दशकदेखि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका विचारहरूलाई आजको राजनीतिक सन्दर्भसँग जोडिरहेको छ । ...

कान्तिपुर
बेनीका उद्यमीलाई तिहार नजिकिएसँगै झिनिया बनाउन भ्याइनभ्याइ (फोटोफिचर)
Latest NewsJust now

बेनीका उद्यमीलाई तिहार नजिकिएसँगै झिनिया बनाउन भ्याइनभ्याइ (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य म्याग्दी, कात्तिक १९ गते । तिहार पर्व नजिकिएसँगै म्याग्दीको बेनी बजारमा परम्परागत परिकार झिनिया रोटीको माग बढेको छ । चाडपर्वलाई लक्षित गरी झिनिया उत्पादन गर्दै आ... ...

गोरखापत्र
प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखबाट लिए ‘ब्रिफिङ’
Latest NewsJust now

प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखबाट लिए ‘ब्रिफिङ’

प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको पछिल्लो शान्ति-सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’ लिएका छन्।  प्रधानमन्त्री शाहले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेललाई बोलाएर &lsqu... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play