काठमाडौं । भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ । यो रेल सेवा रामायणसँग सम्बन्धित दुई महत्वपूर्ण स्थल जनकपुरधाम र अयोध्याबीच सञ्चालन हुनेछ । जनकपुरधामलाई सीताको जन्मस्थल र अयोध्यालाई भगवान् रामको जन्मस्थलका रूपमा लिइन्छ । भारतको रेल मन्त्रालयले शनिबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार रेलले भारतको बिहार र उत्तर प्रदेशका विभिन्न शहर हुँदै यात्रा गर्नेछ । यसक्रममा जयनगर, मधुबनी, सिसो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती र मनकापुरमा व्यावसायिक रूपमा यात्रु चढाउने र ओराल्ने व्यवस्था हुनेछ । रेल सेवा सातामा एकपटक सञ्चालन हुनेछ । जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट सोमबार रेल छुट्ने व्यवस्था गरिएको भारतीय रेल मन्त्रालयले जनाएको छ । जनकपुरधाम र अयोध्याबीच रेल सेवा सञ्चालनले दुवै देशका धार्मिक पर्यटक तथा अन्य यात्रुको आवागमन सहज हुने अपेक्षा गरिएको छ । नयाँ रेल सेवाले दुई देशबीचको यात्रु आवागमन विस्तार गर्नुका साथै धार्मिक पर्यटन, आर्थिक गतिविधि र आपसी सम्बन्धलाई थप मजबुत बनाउने भारतीय रेल मन्त्रालयले जनाएको छ ।
जनकपुरदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्न भारतीय रेल्वेबाट स्वीकृति

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु




_ny6gEZPI2v.jpg)
