Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग
Photo / Coverage: नेपालन्युज

झापा। जंगली हात्तीबाट भइरहेको जनधनको क्षति रोक्न नयाँ सौर्य विद्युतीय तारबार जडान गर्नुपर्ने र हात्ती धपाउन ट्याक्टरको प्रयोगलाई व्यापक बनाउनुपर्ने मेचीनगरका स्थानीयले माग गरेका छन्। हात्ती नियन्त्रणको प्रयासबारे अनुगमन तथा प्रभावित बासिन्दासँग अन्तरक्रिया गर्न शुक्रवार मेचीनगर–४ बाहुनडाँगी पुगेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसहित सुरक्षा निकायका प्रमुखको टोलीसमक्ष स्थानीयले यस्तो माग राखेका हुन्। मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण समितिका अध्यक्ष हरिप्रसाद उप्रेतीले एक दशकअघि जडान गरिएको विद्युतीय तारबार जीर्ण भइसकेकाले दीर्घकालीन समाधानका लागि नयाँ तारबार आवश्यक रहेको बताए। उनका अनुसार भारतबाट दैनिक करिब १०० को सङ्ख्यामा आउने हात्तीको बथानलाई स्थानीयले रातभर गस्ती गरेर मेची बगरमै रोक्ने प्रयास गरिरहेका छन्। “बाहुनडाँगीको विभिन्न गौडाबाट छिर्ने हात्तीको बथानले झापा, मोरङ र सुनसरीसम्म क्षति पुर्‍याइरहेको छ,” उप्रेतीले भने। मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले हात्तीहरू गाउँबस्तीतिर सोझिन थालेको उल्लेख गर्दै पूर्वी सीमा क्षेत्रमा बलियो विद्युतीय घेराबेरा लगाउनुपर्नेमा राज्यले जोड दिनुपर्ने बताए। धानबाली पाक्ने समयमा हुल बाँधेर आउने हात्तीलाई सीमामै रोक्न पछिल्लो समय समितिले ट्याक्टरको प्रयोग गरिरहेको छ। स्थानीय राजु दाहालले ट्याक्टरको आवाजले हात्ती तर्सिने भएकाले बाली भित्र्याउने याममा हरेक गौंडामा कम्तीमा दुई वटा ट्याक्टर परिचालन गर्न सुझाव दिए। हात्ती नियन्त्रण गर्न परिचालित स्वयंसेवी युवा समूह (आरआरटी)का अगुवा न्युटन कार्कीले सडक नभएका खेतबारीमा समेत लैजान सकिने भएकाले हात्ती धपाउन ट्याक्टर निकै प्रभावकारी देखिएको बताए। स्थानीयको गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रभावित बासिन्दा र सरोकारवाला निकायबीच साझा दृष्टिकोण र कार्ययोजना आवश्यक रहेको बताए। स्थानीयको मागबमोजिम नयाँ योजनाका साथ काम अघि बढाइने प्रतिबद्धता जनाउँदै उनले सीमा क्षेत्रमै हात्ती रोक्न सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षकको टोलीलाई प्रभावकारी रूपमा परिचालन गरिएको जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिमको पर्यटन विकासका लागि ‘बाँकाबीर नागरिक सरकार’ गठन गर्ने घोषणा
Latest NewsJust now

सुदूरपश्चिमको पर्यटन विकासका लागि ‘बाँकाबीर नागरिक सरकार’ गठन गर्ने घोषणा

• सुदूरपश्चिम प्रदेशको विकासका लागि 'बाँकाबीर नागरिक सरकार' गठन गर्ने घोषणा गरिएको छ, जसको प्रधानमन्त्री अनलाइन निर्वाचनमार्फत चयन हुनेछ। • नागरिक सरकारले शिक्षा, कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रमा काम गर्ने र यसका लागि कृत्रिम बौद्धिकता र डिजिटल प्रविधिको प्रयोग गर्ने योजना बनाएको छ। • सुदूरपश्चिमका युवालाई डिजिटल माध्यमबाट अभियानमा सहभागी हुन आह्वान गरिएको छ र नागरिक सरकारको निर्वाचन कम खर्चिलो ...

नेपालबहस
चीन जाने रास्वपा टोलीले गर्‍यो सभापति रविसँग छलफल
Latest NewsJust now

चीन जाने रास्वपा टोलीले गर्‍यो सभापति रविसँग छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले चीन भ्रमणमा जानुअघि पार्टी सभापति रवि लामिछानेसँग भेट गरेका छन् । आज बिहान उनीहरुले पार्टी सभापति लामिछानेसँग छलफल गरेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल भोलिदेखि चीन भ्रमणमा जाँदैछ । चीन भ्रमणकै सन्दर्भमा टोलीले पार्टी सभापति लामिछानेसँग सभापति निवासमा छलफल तथा सल्लाह गरेका हुन् । The post ...

कर्पोरट खबर
अर्को हप्ता चीनमा ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक संयुक्त भेटवार्ता गर्ने योजना
Latest NewsJust now

अर्को हप्ता चीनमा ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक संयुक्त भेटवार्ता गर्ने योजना

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङबिच अर्को हप्ता त्रिपक्षीय भेटवार्ता हुने भएको छ।  अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार यो भेट चीनमा हुने शिखर सम्मेलनका क्रममा हुनेछ।  ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले भनिन्, यो भेट दक्षिणी चिनियाँ सहर सेन्जेनमा हुन... ...

नेपालखबर
लोक सेवा आयोगद्वारा शाखा अधिकृतसहित विभिन्न सेवाका पदहरूमा दरखास्त आह्वान
Latest NewsJust now

लोक सेवा आयोगद्वारा शाखा अधिकृतसहित विभिन्न सेवाका पदहरूमा दरखास्त आह्वान

काठमाडौँ। लोक सेवा आयोगले निजामती, सङ्घीय संसद र राष्ट्रिय मानवअधिकार सेवाका राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत वा सो सरह तथा स्वास्थ्य सेवाका सातौँ र आठौँ तहका विभिन्न पदहरूका लागि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play