झापा र इलामको सीमा क्षेत्रमा पर्ने जङ्गलबाट सशस्त्र प्रहरीले करिब साढे १९ टन फर्सीको बियाँ बरामद गरेको छ। मेचीनगर नगरपालिका–१ भालुखोपस्थित जङ्गल क्षेत्रबाट मङ्सिर १३ गते प्रहरीले १९ हजार ४०० किलोग्राम फर्सीको बियाँ बरामद गरेको हो। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यको कमाण्डमा खटिएको टोलीले जङ्गलमा बेवारिसे अवस्थामा लुकाएर राखिएका ४८५ बोरा फर्सीका बियाँ फेला पारेको थियो। प्रहरीले घटनास्थलबाट दुई थान मोबाइलसमेत बरामद गरेको छ। बरामद फर्सीका बियाँ र मोबाइल आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।
जङ्गलमा लुकाएर राखिएको साढे १९ टन फर्सीको बियाँ बरामद

Read Complete Original Article
Published originally on पर्दाफास






