Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

जगदम्बा मोटर्सद्वारा प्रिमियम तथा ईभी शोरुम सञ्चालन

Share:WhatsAppFacebookX (Twitter)Telegram
जगदम्बा मोटर्सद्वारा प्रिमियम तथा ईभी शोरुम सञ्चालन
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । टीभीएस मोटर कम्पनीले काठमाडौंमा आफ्नो पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन (ईभी) शोरुम उद्घाटन गरेको छ । टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बाली र चर्चित नेपाली अभिनेता प्रदीप खड्काले संयुक्त रूपमा शोरुम उद्घाटन गरे । यो उपलब्धिले नेपाली बजारमा कम्पनीको निरन्तर विस्तार र प्रतिबद्धतालाई थप बलियो बनाएको छ। शोरुम उद्घाटनको अवसरमा भव्य बाइक र्‍यालीसमेत आयोजना गरिएको थियो। उद्घाटन कार्यक्रमकै अवसरमा टीभीएस मोटर कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) पहलअन्तर्गत बाढीप्रभावित समुदायलाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गर्‍यो। सुगन्धा सिंह र अश्विनले साँचो हस्तान्तरण गर्नुभएको सो कार्यक्रमबाट नुवाकोट जिल्ला प्रहरी कार्यालय, नुवाकोट केन्द्रीय कारागार, विदुर नगरपालिका, विदुर जिल्ला अस्पताल (नुवाकोट), विदुर सरकारी विद्यालय, रसुवा जिल्ला प्रहरी कार्यालय, आमाछोदिङ्मो गाउँपालिका, आमाछोदिङ्मो सरकारी विद्यालय, आमाछोदिङ्मो सरकारी अस्पताल, उत्तरगया गाउँपालिका, उत्तरगया सरकारी विद्यालय र उत्तरगया सरकारी अस्पताल लाभान्वित भए। नेपालमा पहिलो प्रिमियम तथा ईभी शोरुम उद्घाटन हुनु यस यात्राको महत्वपूर्ण कदम हो। यसले नेपाली बजारमा हाम्रो निरन्तर लगानी र ग्राहकका बदलिँदा आवश्यकता पूरा गर्ने प्रतिबद्धता झल्काउँछ। टीभीएसएममा हामी सवारीसाधन उपलब्ध गराउनुलाई मात्र आफ्नो जिम्मेवारी मान्दैनौँ, हामीले सेवा गर्ने समुदायमा अर्थपूर्ण सकारात्मक प्रभाव पार्नु पनि हाम्रो दायित्व हो भन्ने विश्वास गर्छौँ। बाढीप्रभावित समुदायसँग सम्बन्धित संस्थाहरूलाई २५ वटा सवारीसाधन हस्तान्तरण गरेर उनीहरूको सेवा-पहुँच र धेरै मानिसलाई सेवा दिने क्षमता सुदृढ हुने अपेक्षा गरेका छौँ।” विगत १५ वर्षदेखिको यो साझेदारी गुणस्तरीय आवागमन समाधान उपलब्ध गराउन र ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण गर्नमा केन्द्रित छ। जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले भने “विगत १५ वर्षदेखि टीभीएसएमसँगको हाम्रो सहकार्य नेपाली बजारमा हाम्रो विकास यात्राको महत्वपूर्ण हिस्सा बनेको छ। बिक्रीपछिको सेवा, सेवासम्बन्धी पहल र स्थानीय समुदायसँगको पहुँच कार्यक्रममार्फत ग्राहकसँग निरन्तर जोडिँदा हामीले दीर्घकालीन सम्बन्ध निर्माण गर्न सकेका छौँ। यसले स्थानीय समुदायसँगको सम्बन्ध पनि मजबुत बनाएको छ र टीभीएसएमसँगको हाम्रो साझेदारी व्यावसायिक वृद्धिभन्दा धेरै व्यापक बनेको छ। यस सवारीसाधन हस्तान्तरणमार्फत समुदायको आधारभूत तहमा अर्थपूर्ण योगदान पुर्‍याइरहेका संस्थाहरूलाई सहयोग गर्ने हाम्रो अपेक्षा छ। नेपालको पहिलो टीभीएस प्रिमियम तथा ईभी शोरुमको उद्घाटनले हाम्रो साझेदारीमा अर्को उपलब्धि थपेको छ। साथै, प्रिमियम बाइकहरूका लागि अधिकृत गियर, एक्सेसरीज र कस्टमाइज गरिएका हेल्मेटसमेत यस नयाँ प्रिमियम शोरुममा उपलब्ध गराइएको छ, जसले ग्राहकलाई थप सहजता प्रदान गर्नेछ। यसबाट नेपाली ग्राहकले थप विविध उत्पादन छनोट गर्न र उन्नत ब्रान्ड अनुभव लिन सक्नेछन्। यो शोरुमले बिक्री सञ्जाल विस्तार गर्दै उत्कृष्ट बिक्री तथा ब्रान्ड अनुभवमार्फत ग्राहकसँगको सम्बन्ध सुदृढ बनाउने कम्पनीको प्राथमिकतालाई पनि प्रतिबिम्बित गर्छ। बजार विकास, ग्राहक सम्बन्ध तथा सामुदायिक पहलमा निरन्तर लगानी गर्दै टीभीएसएमले नेपालसँगको सम्बन्ध अझ सुदृढ बनाउने लक्ष्य राखेको छ। बिक्री सञ्जाल विस्तार र समुदायकेन्द्रित पहललाई सँगसँगै अघि बढाउँदै कम्पनीले ग्राहक, साझेदार तथा आफूले सेवा गर्ने समुदायका लागि मूल्य सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ। यस शोरुममा टीभीएस अपाचे आरटीआर २०० ४ भी यू.एस.डी. प्रोजेक्टर, अपाचे आरटीआर १६० ४ भी यू.एस.डी. प्रोजेक्टर, टीभीएस रोनिन, टीभीएस रोनिन अगोन्डा, टीभीएस आईक्यूब र टीभीएस अर्बिटर उपलब्ध हुनेछन्। The post जगदम्बा मोटर्सद्वारा प्रिमियम तथा ईभी शोरुम सञ्चालन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भारतमा बाघको आक्रमणबाट एक नेपालीको मृत्यु
Latest NewsJust now

भारतमा बाघको आक्रमणबाट एक नेपालीको मृत्यु

जिल्ला प्रहरी कार्यालयका अनुसार कात्तिक २० देखि बेपत्ता भएका दमाई शनिबार झनकैया प्रहरी चौकीको क्षेत्रमा पर्ने रामखोला नजिकै सुरही रेञ्जको जंगलमा मृत अवस्थामा भेटिएका हुन् । ...

कान्तिपुर
एक्जिम बैंकको सर्तले १० वर्षदेखि रोकियो ३९ क्याम्पसको पुनर्निर्माण
Latest NewsJust now

एक्जिम बैंकको सर्तले १० वर्षदेखि रोकियो ३९ क्याम्पसको पुनर्निर्माण

१० वर्षअघि भएको सम्झौता कार्यान्वयन नहुँदा भूकम्पले क्षति पुर्‍याएका त्रिविका भवन अझै जीर्ण, जोखिमपूर्ण भवनमै पठनपाठन ...

कान्तिपुर
प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार रमेश विकललाई
Latest NewsJust now

प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कार रमेश विकललाई

प्रलेस शक्ति लम्साल स्मृति साहित्य पुरस्कारको राशि २५ हजार १ सय रुपैयाँ रहेको छ । पुरस्कार प्रत्येक वर्ष स्वर्गीय शक्ति लम्सालको सम्झनामा प्रगतिशील लेखक संघ, नेपालले प्रदान गर्नेछ । ...

कान्तिपुर
अछामको बान्नीगढी जयगढ गाउँपालिकाको बन्यो आफ्नै भवन
Latest NewsJust now

अछामको बान्नीगढी जयगढ गाउँपालिकाको बन्यो आफ्नै भवन

तारामान खड्काअछाम, मंसिर ६ गते । अछामको बान्नीगढी जयगढ गाउँपालीकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ । आइतबार अछाम क्षेत्र नं १ बाट निवार्चित प्रतिनिधिसभा सदस्य भरत कुमार... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement