Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

जंगलमै बास बसेर पदमार्ग निर्माण

Share:WhatsAppFacebookX (Twitter)Telegram
जंगलमै बास बसेर पदमार्ग निर्माण
Photo / Coverage: नेपालन्युज

म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले जङ्गलमै बास बसेर पर्यटकीयस्थल सोवाङधुरी जोड्ने पदमार्ग निर्माण गरेका छन्। रघुगङ्गा गाउँपालिकाको नौ लाख बजेटबाट चिमखोलाको सिसर्कादेखि समुद्री सतहदेखि तीन हजार ८४० मिटर उचाइमा रहेको सोवाङधुरीसम्म पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको हो। उपभोक्ता समितिका अध्यक्ष तारा गर्बुजा पुनका अनुसार ३० जना मजदुरले पाँच हप्तासम्म जङ्गलमै बसेर डेढ मिटर फराकिलो पदमार्ग निर्माण गरेका हुन्। भिरालो र अप्ठ्यारो ठाउँमा ढुङ्गाको सिँढी बनाउने, झाडी फाँड्ने तथा माटो काटेर घोडा र खच्चड हिँड्न मिल्ने गरी पदमार्ग बनाइएको उनले बताए। म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरि आइसफल पदमार्गमा पर्ने सोवाङधुरीबाट धवलागिरिसहित गुर्जा, अन्नपूर्ण, नीलगिरि, मानापाथी, टुकुचे, माछापुच्छ्रे र मनास्लु हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ। सूर्योदय, बागलुङ बजार, ढोरपाटन शिकार आरक्ष, पुनहिल, मोहरेडाँडा, खोपारा र म्याग्दी तथा पर्वतका ग्रामीण बस्तीको दृश्य पनि त्यहाँबाट देखिन्छ। चिमखोलाको मण्डली युवा क्लबले तीन वर्षअघि सोवाङधुरी जोड्ने पदमार्ग पहिचान गरेको थियो। सोवाङधुरीबाट रघुगङ्गाको बेगखोला, अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङतातोपानी, दाना हुँदै मुस्ताङको लेते पुग्न सकिनेछ। चिमखोलाबाट भने एक दिनमा सोवाङधुरी पुग्न सकिन्छ। पर्यटकको सुविधाका लागि यसअघि स्थानीयको पहलमा २० जना क्षमताको आश्रयस्थल, पानी सङ्कलन गर्ने ड्रम र गाउँपालिकाको सहयोगमा सार्वजनिक शौचालय निर्माण गरिएको छ। पदमार्गको प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि गाउँपालिकाले यस वर्ष थप रु तीन लाख बजेट विनियोजन गरेको वडाअध्यक्ष थकबहादुर पाइजाले बताए। चिमखोला–सोवाङ–दोवा पदमार्गलाई व्यवस्थित गर्न सिसर्का र सिजीमा आश्रयस्थल तथा सिजीदेखि थामखर्कसम्म एक किलोमिटर पदमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पारेर सङ्घीय सरकारसँग बजेट माग गरिएको गाउँपालिकाले जनाएको छ। म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पहलमा पर्यटन विभागले गत जेठमा दोवा–सोवाङ–चिमखोला पदमार्गको सम्भाव्यता अध्ययन पनि गरेको थियो। यसअघि टान र तत्कालीन जिल्ला विकास समिति म्याग्दीको अगुवाइमा विसं २०६८ मा धौलागिरि आइसफल पदमार्गको अध्ययन गरिएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रास्वपा केन्द्रीय कार्यालयमा पत्रकारको धर्ना
Latest NewsJust now

रास्वपा केन्द्रीय कार्यालयमा पत्रकारको धर्ना

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने सरकारी कदमविरुद्ध सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा धर्ना दिएको छ।  आइतबार काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालय घण्टीघरमा महासंघको आह्वानमा पत्रकारले सांकेतिक धर्ना दिएका हुन्। धर्नालाई सम्बोधन गर्दै महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारले सञ्चारमाध्यममाथि हस्तक्षेप गर्... ...

नेपालखबर
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशी’ ले हस्तक्षेप नगर्न आग्रह
Latest NewsJust now

इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशी’ ले हस्तक्षेप नगर्न आग्रह

तेहरान, मङ्सिर १३ गते । इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गर्नुभएको छ। बगदादले तेल तस्करी रोक्ने प्रयासका ल... ...

गोरखापत्र
सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज बीच ‘विश्वासको नयाँ हातेमालो’
Latest NewsJust now

सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज बीच ‘विश्वासको नयाँ हातेमालो’

काठमाडौं । घरका लागि आवश्यक इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण खरिदलाई अझ सहज र पहुँचयोग्य बनाउने उद्देश्यले सीजी इलेक्ट्रोनिक्स र हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड (एचएफएल) बीच आधिकारिक वित्तीय सहकार्य सुरु भएको छ। ‘विश्वासको नयाँ हातेमालो’ सन्देशसहित अघि बढाइएको यस सहकार्यअन्तर्गत ग्राहकले लागू सर्तअनुसार शून्य प्रतिशत ब्याजदरमा सहज मासिक किस्ता अर्थात् ईएमआई सुविधाको लाभ लिन सक्नेछन्। एकैपटक ठूलो रकम खर्च गर्नुपर्ने अवस्थालाई सहज ...

केन्द्रबिन्दु
रुससँग युद्धविराम गर्न तयार छाैं, तर एक इन्च भूमि छाड्न तयार छैनौँ : जेलेन्स्की
Latest NewsJust now

रुससँग युद्धविराम गर्न तयार छाैं, तर एक इन्च भूमि छाड्न तयार छैनौँ : जेलेन्स्की

• युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुससँग युद्धविराम गर्न तयार रहेको तर कब्जा गरिएका भूभागलाई मान्यता नदिने बताएका छन्। • उनले युद्ध रोक्न र कूटनीतिक समाधान खोज्नको लागि प्रस्ताव अघि सारेका छन्, जबकि रुसले आफ्नो सेनालाई फिर्ता गर्ने संकेत देखाएको छैन। • जेलेन्स्कीले अमेरिकासँग थप प्रतिबन्ध र सैन्य सहायता मागेका छन्, र लिबियामा युक्रेनको आक्रमणको स्पष्टीकरण पनि दिएका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement