Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

छठ पर्वको दोस्रो दिनः आज ‘खरना’

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ पर्वको दोस्रो दिनः आज ‘खरना’
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ। चार दिने यो पर्वको दोस्रो दिन बर्तालु आज ‘खरना’ विधिको तयारीमा छन्। यसअघि पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन हिजो शुक्रबार बर्तालुले ‘नहाय–खाय’ विधिका बीच व्रत सङ्कल्प गरिसकेका छन्। पर्वको दोस्रो दिनअर्थात् पञ्चमी तिथिका दिन बिहान पवित्र स्नान गरी दिनभरि निराहार उपवास ९व्रत० बसेर राती सख्खरमा पकाइएको खीर कूल देवता र छठी देवीलाई चढाइ बर्तालुले त्यही खीर खाने विधि पूरा गरिने छ। यो विधिलाई मैथिलीमा ‘खरना’ भनिन्छ। छठलाई मिथिलामा लोकआस्थाको महापर्व भनिन्छ। श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धि पर्वका मुख्यपक्ष मानिन्छन्। यिनै निष्ठामा रहेर ‘खरना’का दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र माटाकै भाडामा सख्खर, दूध र मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल मिलाइ पकाइएको खीर केराको पातमा राखेर छठी मातालाई चढाएर बर्तालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन्। आज दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्नेछन्। पर्वको तेस्रो दिन भोलि बिहीबारअर्थात् कात्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख बर्तालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई पहिलो अघ्र्य दिनेछन्। यसलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भन्ने गरिएको छ। त्यसैगरी, सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई दोस्रो अघ्र्य दिएर पर्व समापन गर्ने मैथिल चलन छ। उदाउँदा सूर्यलाई दिइने अघ्र्यलाई मिथिलामा ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ। अघ्र्य दिइँदा पहिले जटासहितको नरिवल र त्यसपछि क्रमशः पर्वका लागि पकाइएका मिष्टान्न परिकार र केरासहितका फलफूल सूर्यदेवलाई देखाउने चलन छ। छठ पर्वमा बनाइएका प्रसाद ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार इष्टजनलाई घरमै बोलाएर ख्वाउने र आफन्त नातेदारकहाँ पुर्याउने गरिन्छ। अघ्र्य दिने पूजा सामग्रीमा ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार रहन्छन्। यी परिकार ढिकी–जाँतोमा कुटिएको, पिसिएको पिठोबाटै तयार गरिन्छ। पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्र्ताकर्षक घाट बनाइन्छ। केही वर्ष पहिलेसम्म मधेसी हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते हिन्दू पनि बाक्लै मनाउन थालेका छन्। मिथिलामा इस्लाम धर्मावलम्बीले समेत बर्तालुलाई अघ्र्यका बेला आफ्नो भाकल सूर्यदेवलाई देखाइदिन दिने गरेका छन्। यसले छठ पर्वलाई साझा बनाएको छ। पर्वमा सबै धर्र्म, संस्कृति र जाति समुदाय सामेल हुने हुनाले यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको छ। सबैको साझा बन्दै गएको हुनाले यो पर्वलाई लोकआस्थाको महापर्व भनिएको भङ्गाहा–५ सीतापुरस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोहरप्रसाद यादव बताउछन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तस्बिरमा हेर्नुहोस् नेपाल एकीकरणको साक्षी २३६ वर्ष पुरानो अमरगढी किल्ला
Latest NewsJust now

तस्बिरमा हेर्नुहोस् नेपाल एकीकरणको साक्षी २३६ वर्ष पुरानो अमरगढी किल्ला

डडेलधुरा । डडेलधुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपालको एकीकरण अभियानको महत्त्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला । वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको यो किल्ला पश्चिमी क्षेत्रको सैन्य रणनीतिक... ...

रातोपाटी
आज विश्व मधुमेह दिवस
Latest NewsJust now

आज विश्व मधुमेह दिवस

काठमाडौँ। आज विश्व मधुमेह दिवस हो। विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ। मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाइन्छ। पछिल्लो एक दशकमा उच्च आय भएका मुलुकको तुलनामा न्यून तथा मध्यम आय भएका मुलुकमा मधुमेहको प्रकोप तीव्र गतिमा बढेको छ। यसका ...

नेपालन्युज
अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित
Latest NewsJust now

अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित

• अमेरिकाका सबै विमानस्थलमा हवाई उडान अस्थायी रूपमा रोकिएको छ, दूरसञ्चार सेवामा समस्या आएको कारण। • करिब ७ हजार उडान ढिलाइ वा रद्द भएका छन्, र अमेरिकी यातायात मन्त्रीले समस्या समाधानका लागि प्राविधिक टोली काम गरिरहेको जानकारी दिएका छन्। • सुरक्षा खतरा नभएको र यात्रुहरू सुरक्षित रहेको अमेरिकी गृह सुरक्षा सचिवले बताएका छन्। ...

नेपालबहस
अर्को साता चीनमा ट्रम्प, पुटिन र सी चिनफिङबिच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने
Latest NewsJust now

अर्को साता चीनमा ट्रम्प, पुटिन र सी चिनफिङबिच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच अर्को साता चीनमा ऐतिहासिक संयुक्त भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसका अनुसार चीनको दक्षिणी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play