Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

छठ पर्वको अवसरमा नेपाली सेनाद्धारा सलामी अपर्ण

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ पर्वको अवसरमा नेपाली सेनाद्धारा सलामी अपर्ण
Photo / Coverage: पर्दाफास

लोकआस्थाको महापर्व छठको अवसरमा नेपाली सेनाले सुर्य देवता तथा छठीमाई लगायत बारा पर्साका विभिन्न देवीदेवतालाई सलामी अर्पण गरेको छ । छठ पर्वको मुख्य दिन आइतबार साँझ वीरगञ्जको घडिअर्वा छठघाटमा पुगेर नेपाली सेनाको टोलीले विशेष विधि अनुसार सलामी अर्पण गरेको हो । वीरगञ्जको श्रीपुरस्थित नेपाली सेनाको श्रीजंग गणबाट प्रमुख सेनानी लोकेन्द्र कार्कीको नेतृत्वमा सेनाको टोली वाद्यवादनसहितको परेड तथा मार्च गर्दै घडिअर्वा छठघाट पुगेर छठीमाता, सुर्यदेवता, गहवामाई, गढीमाई, विन्दवासिनी माई लगायत विभिन्न देवीदेवतालाई सलामी अर्पण गरेको छ । गत वर्षको छठ पूजादेखि वीरगञ्जमा छठी माई र सूर्य भगवानलाई समेत सेनाले सलामी अर्पण गर्न थालिएको हो । व्यारेग देखि निर्धारित मार्गको परिक्रमा गर्दै छठघाट परिसरमा रहेको सूर्य भगवानको मन्दिरमा पुगेपछि सेनाको टोलीले सैनिक विधिअनुसार सलामी अर्पण गरिएको प्रमुख सेनानी कार्कीले बताए । छठ पूजा व्यवस्थापन समितिको आग्रहमा सलामी कार्यक्रमलाई निरन्तरता दिइएको उनको भनाइ थियो । छठ पर्वप्रतिको आस्था र लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै कार्कीले नेपाली सेनाले सबै धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै आएको बताए । घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश कुमार साहका अनुसार छठ पर्वको इतिहासमा सम्भवतः गत वर्ष पहिलो पटक नेपाली सेनाले छठी माई र सूर्य भगवानलाई सलामी अर्पण परम्परा अति सराहनीय भएको बताए । धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावको प्रतीकका रूपमा रहेको छठ पर्वमा नेपाली सेनाको सहभागिता तथा सलामी कार्यक्रम पछि घडिअर्वामा उपस्थित लाखौ भक्तजनले ताली बजाएर धन्यवाद व्यक्त गरेको थिए । सेनाको सलामीले छठपर्वको गरिमा र आस्थालाई थप प्रगाढ बनाएको प्रचार प्रसार उपसमितिका संयोजक प्रणय साहको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नियुक्तिपत्र बुझे पनि कार्यालयमा हाजिर भएनन् प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार दानबहादुर कार्की
OthersJust now

नियुक्तिपत्र बुझे पनि कार्यालयमा हाजिर भएनन् प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार दानबहादुर कार्की

प्रधानमन्त्री वालेन्द्र शाहका विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नियुक्तिपत्र बुझे पनि अहिलेसम्म कार्यालयमा हाजिर भएका छैनन् । मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन कार्कीलाई यही कात्तिक १८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी नियुक्त गरेको थियो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play