Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

छठ पर्वका सामग्री किन्न बजारमा लाग्न थाल्यो भीड

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ पर्वका सामग्री किन्न बजारमा लाग्न थाल्यो भीड
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । छठ पर्वका लागि चाहिने केरा, नरिवल, उखु लगायतका सामग्री किन्न काठमाडौं उपत्यकाका विभिन्न बजारमा भीड लागेको छ । छठ पर्वको मुख्य दिन नजिकिदै जाँदा काठमाडौंको कालीमाटी, कुलेश्वर लगाएतका स्थानमा छठ पर्वका लागि किनमेल गर्नेहरुको घुँइचो लागेको हो । छठका लागि विशेष रुपमा चाहिने केरा र नरिवल जस्ता सामग्री स्वदेशमा नै उपलब्ध भएपनि उखु लगायत अन्य फलफूल भने भारत लगाएतका देशहरुबाट ल्याइने गरिएको छ । बाँसका ढाकी, कुनिया लगायतका सामग्री पनि छठ पूजाका लागि अनिवार्य मानिने भएकाले यसको मुल्य पनि बढेको उपभोक्ताहरुले जनाएका छन् । छठ पर्वमा बाँसका कुनिया र ढक्कीमा पूजा सामग्री सजाएर अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ दिने परम्परा छ । यस बर्षको छठ पर्वअन्तर्गत कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरिँदैछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुनेछ । विशेषगरी तराई–मधेशमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकाका पनि भव्यताका साथ मनाइने गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ओखलढुङ्गाकी १९ वर्षीया गर्भवती महिलाको हवाई उद्धार
Latest NewsJust now

ओखलढुङ्गाकी १९ वर्षीया गर्भवती महिलाको हवाई उद्धार

काठमाडौँ, कात्तिक २७ गते । ओखलढुङ्गाकी १९ वर्षीया गर्भवती महिलालाई स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि हवाई उद्धार गरी काठमाडौँ ल्याइएको छ ।महिला, बालबालिका, लैङ्गिक तथा यौ... ...

गोरखापत्र
काठमान्डुको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक
Latest NewsJust now

काठमान्डुको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो । ...

कान्तिपुर
शैक्षिक अवस्था सुधारमा ‘गुनासो सुनुवाइ’ कार्यक्रम प्रभावकारी बन्दै
Latest NewsJust now

शैक्षिक अवस्था सुधारमा ‘गुनासो सुनुवाइ’ कार्यक्रम प्रभावकारी बन्दै

हुम्ला समाचारदाता हुम्ला, कात्तिक २७ गते । विद्यालयले स्थापना गरेको गुनासो पेटिकामा पर्ने गुनासोहरुको सुनुवाइ कार्यक्रम प्रभावकारी बन्दै गएका छन् । प्रत्येक विद्यालयले सञ्चालन गर्न... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play