Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सिँगारिँदै, गंगासागरमा तयारी अन्तिम चरणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाट सिँगारिँदै, गंगासागरमा तयारी अन्तिम चरणमा
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रमा पोखरी, तालतलैया तथा नदी किनारका घाटहरू सिँगार्न थालिएको छ। जनकपुरधामका विभिन्न पोखरीमा सरसफाइ, सजावट तथा व्यवस्थापनको काम तीव्र पारिएको छ। छठ पर्वको मुख्य केन्द्र मानिने जनकपुरधामस्थित गंगासागर पोखरीमा पनि छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ। गंगासागरको धार्मिक तथा पर्यटकीय महत्वलाई ध्यानमा राख्दै छठ पूजा तयारी समिति तथा स्थानीय युवाहरू करिब १० दिनदेखि व्यवस्थापनमा जुटेका छन्। गंगासागर धर्मशाला भगवान् शिव मन्दिर सेवा समितिका प्रतिनिधिका अनुसार पोखरी परिसरलाई आकर्षक बनाउन सरसफाइसहित रङरोगनको काम भइरहेको छ। पूर्वज तथा गुठी संस्थानले निर्माण गरेको धर्मशाला भवनको गरिमा बढाउने तथा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले परिसरलाई थप सिँगारिएको उनले बताए। गंगासागर छठ पूजा समितिले विगत ३३ वर्षदेखि छठ पर्वको व्यवस्थापन गर्दै आएको छ। समितिका अनुसार यस वर्ष पनि भक्तजनको सुविधालाई ध्यानमा राख्दै पाल, पण्डाल, बिजुली बत्ती तथा सांस्कृतिक बाजागाजासहित पूजाको व्यवस्था मिलाइएको छ। समितिले छठ पर्वको तयारी लगभग पूरा भएको र पर्वलाई भव्य तथा सभ्य रूपमा सम्पन्न गर्न स्वयंसेवक परिचालन गरिने जनाएको छ। यसैबीच, यस वर्ष प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि जनकपुरधाममा छठ पूजा गर्न आउन सक्ने चर्चा रहेको समितिले जनाएको छ। उनीहरूको स्वागतका लागि समितिले गंगासागरस्थित छठ पूजा, सूर्य तथा छठीमाई मन्दिरअगाडि पूजा गर्ने स्थानको व्यवस्थासमेत गरेको छ। समितिले प्रधानमन्त्री साह र सभापति लामिछानेलाई जनकपुरधाम आएर छठ पूजा गर्न निमन्त्रणा पनि दिएको जनाएको छ। छठ पर्वका लागि जनकपुरधामका पोखरी तथा घाटहरूमा भइरहेको तयारीले सहरको धार्मिक रौनक बढाएको छ। नेपालको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मनाइने छठमा सूर्यदेव र छठी माताको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने परम्परा छ। –न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विद्यालय सञ्चालन गर्न देउसीभैलोबाट जुट्यो दुई लाख
Latest NewsJust now

विद्यालय सञ्चालन गर्न देउसीभैलोबाट जुट्यो दुई लाख

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित देबल आधारभूत विद्यालयले तिहारको अवसरमा सञ्चालन गरेको देउसीभैलो कार्यक्रमबाट रु दुई लाख १७ हजार ५७५ सङ्कलन गरेको छ । विद्यालयको शैक्षिक विकास तथा प्रस्तावित माध्यमिक... ...

रातोपाटी
गर्भवती महिलासहित एकै परिवारको ६ जनाको मृत्यु
Latest NewsJust now

गर्भवती महिलासहित एकै परिवारको ६ जनाको मृत्यु

जनार्जन खत्रीसर्लाही, कात्तिक २६ गते । बिहीबार बिहान मकवानपुरमा भएको हाइस गाडी दुर्घटनामा सर्लाही सुन्दरपुरकी आठ महिने गर्भवती महिलासहित एकै परिवारको ६ जनाको ज्यान गएको छ । दुर्घटन... ...

गोरखापत्र
अमेरिकालाई इरानसँग कुनै सम्झौताको आवश्यकता छैन : ट्रम्प
Latest NewsJust now

अमेरिकालाई इरानसँग कुनै सम्झौताको आवश्यकता छैन : ट्रम्प

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई इरानसँग कुनै पनि सम्झौताको आवश्यकता नरहेको स्पष्ट पारेका छन् । आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत अभिव्यक्ति दिँदै राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘हामीलाई... ...

रातोपाटी
के दीपावलीका बेला दिल्लीको वायु प्रदूषणसम्बन्धी तथ्यांक भ्रामक थियो ?
Latest NewsJust now

के दीपावलीका बेला दिल्लीको वायु प्रदूषणसम्बन्धी तथ्यांक भ्रामक थियो ?

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीमा दीपावलीका बेला वायु प्रदूषणको वास्तविक अवस्था सरकारी तथ्यांकमा देखाइएको भन्दा निकै खराब रहेको पाइएको छ । बीबीसी भेरिफाइले गरेको अनुसन्धानले भारत सरकारका दुईवटा तथ्यांक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play