Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

छठघाटमा महँगा सुनका गहना लगाएर नआउन पर्सा प्रहरीको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठघाटमा महँगा सुनका गहना लगाएर नआउन पर्सा प्रहरीको आग्रह
Photo / Coverage: पर्दाफास

पर्सा प्रहरीले वीरगञ्ज लगायत जिल्लाका सम्पूर्ण छटघाटहरूमा सुरक्षा व्यवस्था कडा पारेको छ । बर्दीधारी पुलिससँगै सादा पोशाकमा पनि प्रहरीले प्रहरी परिचालन गरिएको जनाइएको छ । छठ पर्वका अवसरमा घाटमा हुने सम्भावित चोरी तथा लुटपाटका घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले श्रद्धालु भक्तजनलाई महँगा सुनका गहना लगाएर छठघाटमा नआउन आग्रह गरेको छ । पर्साका प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले छठ पर्वलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन श्रद्धालुहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेका छन् । छठ पर्वमा नदी, पोखरी तथा जलाशय किनारका घाटहरूमा ठूलो संख्यामा भक्तजनको भीड हुने भएकाले चोरी, पाकेटमारी तथा गहना लुटपाटजस्ता अप्रिय घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले यस्तो आग्रह गरेको हो । प्रहरी उपरीक्षक भट्टराईले छठ पूजा गर्न घाटमा जाँदा अनावश्यक रूपमा महँगा सुनका गरगहना, नगद तथा बहुमूल्य सामान नलैजान आग्रह गरेका छन् । साथै आफ्ना बालबालिका तथा सामानको विशेष ख्याल राख्न र कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न पनि अनुरोध गरेका छन् । प्रहरीले छठ पर्वको अवसरमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरी परिचालन गर्ने जनाएको छ । श्रद्धालु भक्तजनको सहयोग र सतर्कताले पर्वलाई सुरक्षित तथा मर्यादित बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रहरीको अपेक्षा छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जेष्ठ नागरिकका हक-अधिकार सुनिश्चित गर्न छुट्टै मन्त्रालयको माग
OthersJust now

जेष्ठ नागरिकका हक-अधिकार सुनिश्चित गर्न छुट्टै मन्त्रालयको माग

ज्येष्ठ नागरिकसम्बन्धी मन्त्रालय नहुँदा आफ्ना समस्या सुनाउने र समाधानका लागि पहल गर्ने अभिभावक निकायको अभाव महसुस भएको उनको भनाइ छ । ...

अनलाइन खबर
एनपीएलको २०औं अर्धशतक हुसैनको नाममा
OthersJust now

एनपीएलको २०औं अर्धशतक हुसैनको नाममा

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को बिसौं अर्धशतक कर्णाली याक्सका हुसैन तलतको नाममा लेखिएको छ । हुसैनले आइतबार चितवन राईनोजकाविरूद्ध ३३ बलमा पूरा गरे । जारी एनपीएलमा योसँगै हालसम्म २० अर्धशतक र एक शतक प्रहार भएको छ । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले दुई/दुई अर्धशतक हिर्काएका छन् । विराटनगरका इमरान शेख, आन्द्रे ...

पर्दाफास
रास्वपा महामन्त्रीको दाबी- सरकार र पार्टीबीच कुनै मतभिन्नता छैन
OthersJust now

रास्वपा महामन्त्रीको दाबी- सरकार र पार्टीबीच कुनै मतभिन्नता छैन

पार्टी वा सरकारले गलत लय लिएको अवस्थामा पार्टीका सदस्यहरूले प्रश्न उठाउनु स्वाभाविक भएको उल्लेख गर्दै उनले प्रश्न उठाउँदैमा त्यसलाई विरोधका रूपमा बुझ्न नहुने बताए । ...

अनलाइन खबर
विदेशमा जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता लिँदा स्वघोषणा गर्नुपर्ने
OthersJust now

विदेशमा जन्मिएका सन्तानले आमाको नामबाट नागरिकता लिँदा स्वघोषणा गर्नुपर्ने

आमाले आफ्नो नागरिकता प्रमाणपत्र नम्बर, जारी जिल्ला, जारी मिति र राष्ट्रिय परिचय नम्बरसमेत खुलाउनुपर्नेछ । आमा र सन्तान दुवैले गरेको स्वघोषणा सत्य भएको र झुटो ठहरे कानुनबमोजिम सहने वा बुझाउने प्रतिबद्धता जनाउनुपर्नेछ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play