Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । तराई-मधेससहित देशभर श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ । चार दिनसम्म मनाइने सूर्य उपासनाको यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको हो । छठको मुख्य दिन षष्ठी तिथिमा व्रतालुहरू दिनभर निराहार व्रत बसेर साँझ नदी, पोखरी तथा जलाशयमा पुगेर अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिने परम्परा छ । रातभर जाग्राम बसेपछि भोलि बिहान सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुसार महाभारतकालमा द्रौपदीसहित पाँच पाण्डवले अज्ञातवास सफलताको कामना गर्दै सूर्यदेवको आराधना गरेका थिए । सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको उल्लेख छ । छठ पर्वमा व्रत बसे सुख, शान्ति, समृद्धि र सन्तानको कल्याण हुने जनविश्वास रहिआएको छ । विसं २०४६ अघिसम्म तराईका सीमित क्षेत्रमा मनाइने छठले पछिल्लो समय राष्ट्रिय पर्वको स्वरूप ग्रहण गरेको छ । यस अवसरमा काठमाडौं उपत्यकाका गुह्येश्वरी-गौरीघाट, गहनापोखरी, नागपोखरी, कमलपोखरी तथा वागमती, नख्खु र विष्णुमती नदी किनारमा छठ पूजाका लागि सजावट गरिएको छ । छठको पहिलो दिन नुहाएर चोखो भोजन गर्ने, दोस्रो दिन खरना गरी प्रसाद ग्रहण गर्ने र षष्ठीका दिन निराहार व्रत बसेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधि छ । भोलि (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने छठ पर्व विधिवत् समापन हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
Latest NewsJust now

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

काठमाडौँ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार कमलप्रसाद रिजाललाई रु २५ हजार राशिको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान अर्पण गर्ने निर्णय गरेको छ । सो प्रतिष्ठान कार्य... ...

रातोपाटी
स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण
Latest NewsJust now

स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण

काठमाडौं । अन्तरिक्ष विज्ञान र एलन मस्कको अन्तरिक्ष अभियानको इतिहासमा स्पेसएक्सले एक ऐतिहासिक सफलता हासिल गरेको छ । लामो र चुनौतीपूर्ण अन्तरिक्ष यात्रापछि कम्पनीको स्टारसिप अन्तरिक्षयान प्रक्षेपण टावरमा जडित यान्त्रिक पाखुरा (चपस्टिक्स)को सहायताले सुरक्षित रूपमा समातिएको छ । यो सफलताले अन्तरिक्षयात्रीलाई चन्द्रमा र मंगल ग्रहसम्म पुर्‍याउने लक्ष्यतर्फ ठूलो प्राविधिक उपलब्धि हासिल भएको छ । यस परीक्षण उडानका मुख्य उपलब्धि र चुनौतीहरूमा ...

केन्द्रबिन्दु
राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने
Latest NewsJust now

राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार दिउँसो ४ बजे गौरीघाटमा छठको पूजा गर्न जाने कार्यक्रम तय भएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटस्थित छठ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play