Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

छठअघि सिर्सिया नदी सफाइ अभियान

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठअघि सिर्सिया नदी सफाइ अभियान
Photo / Coverage: विश्वखबर

काठमाडौं – छठ पर्वलाई लक्षित गरी वीरगञ्जस्थित सिर्सिया नदीको सरसफाइ तथा प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सक्रियतामा सिर्सिया नदीको सरसफाइ, औद्योगिक प्रदूषण नियन्त्रण र वातावरण संरक्षणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको हो । नदीमा उद्योगबाट निस्कने रसायनयुक्त फोहर पानी तथा प्रशोधन नगरिएको दूषित पानी मिसिने समस्या अन्त्य गर्न सम्बन्धित उद्योगहरूलाई निर्देशन दिइएको छ । नदीलाई सफा बनाउँदै श्रद्धालु भक्तजनले छठ पर्वमा स्वच्छ वातावरणमा पूजा तथा अघ्र्य दिन सक्ने अवस्था सिर्जना गर्न सरकार, सम्बन्धित सरकारी निकाय र स्थानीय तह सक्रिय भएका छन् । उद्योग विभागले यही कात्तिक १४ गते उद्योगहरूलाई नदीमा प्रशोधन नगरेको फोहर पानी नछोड्न पुनः निर्देशन दिँदै संयुक्त अनुगमन तथा निरीक्षण गर्ने जनाएको छ । त्यस्तै, कात्तिक १५ गते प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सिर्सिया नदीको प्रदूषण नियन्त्रण र फोहर व्यवस्थापनका लागि पाँचबुँदे निर्णय गरेको छ । बैठकले औद्योगिक क्षेत्रका उद्योगलाई आफ्ना फोहर पानी प्रशोधन केन्द्र २४सै घण्टा पूर्ण क्षमतामा सञ्चालन गर्न तथा प्रशोधन नगरेको रसायनयुक्त पानी नदीमा नछोड्न निर्देशन दिएको छ । बैठकले साना तथा मझौला उद्योगका लागि साझा फोहर पानी प्रशोधन केन्द्र स्थापना गर्ने सम्भाव्यता अध्ययन, नगरपालिकाको ढल नदीमा मिसिन नदिन वैकल्पिक निकासको व्यवस्था तथा नदीको दीर्घकालीन संरक्षणका लागि तीनै तहका सरकारको सहभागितामा संरक्षण कोष स्थापना गर्ने विषयलाई समेत प्राथमिकतामा राखेको छ । प्रदूषण गर्ने १२ उद्योगमाथि कारबाही सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि सरकारले यसअघि पनि उद्योगमाथि कारबाही गरेको थियो । गत साउन ५ गते सार्वजनिक विवरणअनुसार नदी आसपासका उद्योगको फोहर पानी परीक्षण गर्दा १२ उद्योगले वातावरणीय मापदण्ड उल्लङ्घन गरेको पुष्टि भएपछि ती उद्योगलाई जनही रु १० लाखका दरले कूल रु एक करोड २० लाख जरिवाना गर्ने निर्णय गरिएको थियो । सरकारको पछिल्लो सक्रियताले सिर्सिया नदीको सरसफाइलाई छठ पर्वसँग मात्र सीमित नराखी दीर्घकालीन रूपमा प्रदूषणमुक्त बनाउने लक्ष्य लिएको छ । यसका लागि उद्योगको नियमित अनुगमन, फोहर पानी प्रशोधन प्रणालीको प्रभावकारी सञ्चालन र मापदण्ड उल्लङ्घन गर्नेमाथि कानुनी कारबाहीलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ । छठ पर्वमा श्रद्धालुले स्वच्छ नदीमा अघ्र्य दिन पाउने वातावरण निर्माण गर्नुका साथै सिर्सिया नदीको प्राकृतिक अस्तित्व जोगाउने र आसपासका नागरिकको जनस्वास्थ्य संरक्षण गर्ने सरकारको यो अभियानलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउन निरन्तर निगरानी र कार्यान्वयन आवश्यक देखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जनकपुरविरुद्ध सकिबको जादुमयी बलिङ, वार्नर काठमाडौँमा, सुदूरपश्चिमको कमब्याक होला ? (भिडियो)
Latest NewsJust now

जनकपुरविरुद्ध सकिबको जादुमयी बलिङ, वार्नर काठमाडौँमा, सुदूरपश्चिमको कमब्याक होला ? (भिडियो)

जनकपुरविरुद्ध सकिबको जादुमयी बलिङ, वार्नर काठमाडौँमा, सुदूरपश्चिमको कमब्याक होला ? (भिडियो) ...

रातोपाटी
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ
Latest NewsJust now

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ

• वैदेशिक रोजगारीका लागि ठगी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ। • पक्राउ पर्नेमा धादिङ, उदयपुर, सिन्धुली र गोरखाका व्यक्तिहरू छन्, जसले विभिन्न देशमा पठाइदिने प्रलोभनमा रकम असुलेका थिए। • पीडितलाई विदेश नपठाई सम्पर्कविहीन भएको भन्दै प्रहरीले उनीहरूको पक्राउ गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ। ...

नेपालबहस
छठअघि सिर्सिया नदी सफाइ अभियान तीव्र, प्रदूषण गर्ने उद्योगमाथि कडाइ
Latest NewsJust now

छठअघि सिर्सिया नदी सफाइ अभियान तीव्र, प्रदूषण गर्ने उद्योगमाथि कडाइ

छठ पर्वलाई लक्षित गरी वीरगन्जस्थित सिर्सिया नदीको सरसफाइ तथा प्रदूषण नियन्त्रण अभियान तीव्र पारिएको छ । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play