Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

च्याम्पियन्स लिगमा रियलको शानदार जित, आर्सनल र म्यानचेस्टर सिटी बराबरीमा रोकिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
च्याम्पियन्स लिगमा रियलको शानदार जित, आर्सनल र म्यानचेस्टर सिटी बराबरीमा रोकिए
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । युईएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति भएका खेलमा रियल म्याड्रिडले शानदार जित निकालेको छ । आर्सनल र म्यानचेस्टर सिटी भने बराबरीमा रोकिएका छन् भने एस्टन भिल्लाले हार बेहोरेको छ । प्रतियोगिताअन्तर्गत रियल म्याड्रिडले नेदरल्यान्ड्सको पिएसभी आइन्डहोभनलाई ५–१ गोलले पराजित गरेको छ । खेलमा सुरुआती अग्रता पिएसभीले लिए पनि रियलले उत्कृष्ट पुनरागमन गर्दै फराकिलो जित निकालेको हो । पिएसभीका लागि इभान पेरिसिचले पहिलो हाफमा गोल गरेका थिए । तर रियलका फेडेरिको भाल्भेर्देले बराबरी गोल फर्काए । त्यसपछि जुड बेलिङ्घम, किलियन एम्बाप्पेले दुई तथा भिनिसियस जुनियरले एक गोल थप्दै रियलको जित सुनिश्चित गरेका थिए । यस जितसँगै रियल म्याड्रिडले प्रतियोगितामा आफ्नो प्रभावशाली प्रदर्शन कायम राखेको छ । अर्को खेलमा आर्सनल र बोरुसिया डर्टमन्डले १–१ गोलको बराबरी खेलेका छन् । घरेलु मैदानमा भएको खेलमा भिक्टर योकेरेसले आर्सनललाई अग्रता दिलाएका थिए । तर म्याक्सिमिलियन बेयरले डर्टमन्डका लागि बराबरी गोल फर्काएपछि दुवै टोलीले अंक बाँडेका छन् । त्यस्तै म्यानचेस्टर सिटी र नापोलीबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ । दुईपटक पछि परेको सिटीले पुनरागमन गर्दै खेल बराबरी गरेको थियो । नापोलीका लागि रासमुस होयलुन्ड र नोआ लाङले गोल गर्दा सिटीका लागि आयुब बुआदी र रयान चेर्कीले गोल गरेका थिए । यता एस्टन भिल्लाले गालातासारेसँग १–० गोलको हार बेहोरेको छ । गालातासारेका लागि निर्णायक गोल गर्दै टोलीले महत्त्वपूर्ण तीन अंक जोडेको हो । मंगलबार राति भएका अन्य खेलमा आरबी लाइपजिगले लेन्सलाई ३–१ गोलले पराजित गरेको छ । पोर्टोले फेयेनोर्डलाई १–० तथा कोमोले एइके एथेन्सलाई १–० गोलले हराएको छ । बोडो/ग्लिम्टले लास्कलाई १–० गोलले पराजित गर्दा रियल बेटिसले स्लोभान ब्रातिस्लाभालाई २–० गोलले हराएको छ । The post च्याम्पियन्स लिगमा रियलको शानदार जित, आर्सनल र म्यानचेस्टर सिटी बराबरीमा रोकिए appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
Latest NewsJust now

लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै

आज नोभेम्बर २५ अर्थात् लैङ्गिक हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा, विभेद र अन्याय अन्त्य गर्ने उद्देश्यले प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ । ...

कान्तिपुर
दशौँ खेलकुदमा गण्डकीबाट ३१ खेलमा ६२६ खेलाडी सहभागी
Latest NewsJust now

दशौँ खेलकुदमा गण्डकीबाट ३१ खेलमा ६२६ खेलाडी सहभागी

पोखरा । सुर्खेतमा मंगलबारदेखि सुरु भएको दशौँ संस्करणको राष्ट्रिय खेलकुदमा गण्डकीबाट एक खेलबाहेक सबै खेलमा खेलाडी सहभागी भएका छन् । कुस्ती बाहेक ३१ खेलमा गण्डकीका खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । यहाँबाट... ...

रातोपाटी
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
Latest NewsJust now

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

• कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषि उपजको थोक मूल्य सूची सार्वजनिक गरेको छ। • गोलभेँडा, आलु, प्याज, गाजर, काउली लगायतका विभिन्न तरकारी र फलफूलका मूल्य निर्धारण गरिएको छ। • मूल्य सूचीमा स्याउ, केरा, अनार, सुन्तला, र माछा लगायतका अन्य कृषि उपजका मूल्य पनि समावेश छन्। ...

नेपालबहस
महिला हिंसा उन्मूलन दिवस: प्रत्येक १० मिनेटमा १ महिला तथा बालिकाको हत्या
Latest NewsJust now

महिला हिंसा उन्मूलन दिवस: प्रत्येक १० मिनेटमा १ महिला तथा बालिकाको हत्या

आज २५ नोभेम्बर अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ। महिला तथा बालिकामाथि हुने हिंसा मानवअधिकार उल्लङ्घनको व्यापक स्वरूप भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघले यसको अन्त्यका लागि कानुनी व्यवस्था, न्यायमा पहुँच र जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ। यसैबीच, विश्वभर प्रत्येक १० मिनेट... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement