Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेड र बार्सिलोनाको शानदार जित

Share:WhatsAppFacebookX (Twitter)Telegram
च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेड र बार्सिलोनाको शानदार जित
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । युरोपेली च्याम्पियन्स लिगअन्तर्गत गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेड र बार्सिलोनाले शानदार जित निकालेका छन्। म्यानचेस्टर युनाइटेडले दुई गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै रोमालाई ३–२ गोलले पराजित गरेको छ भने बार्सिलोनाले एस्टन भिल्लालाई ३–० गोलले हराएको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा रोमाले सुरुवाती १७ मिनेटमै दुई गोलको अग्रता बनाएको थियो । रोमाका लागि माटियास सौलेले ११औँ मिनेटमा पहिलो गोल गरेका थिए। त्यसको छ मिनेटपछि डोनीएल मालेनले गोल गर्दै रोमाको अग्रता दोब्बर बनाए । तर दोस्रो हाफमा युनाइटेडले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्‍यो । कप्तान ब्रुनो फर्नान्डेसले ५८औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । त्यसपछि माटियस कुन्हाले ८३औँ मिनेटमा बराबरी गोल गरे । उनले त्यसको तीन मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३–२ को जित दिलाएका थिए । निर्णायक गोल गरेपछि समर्थकसँग खुसी साट्न दर्शकदीर्घातर्फ पुगेका कुन्हाले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डको सामना गर्नुपरेको थियो । दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै जित निकालेको युनाइटेडका लागि यो महत्त्वपूर्ण सफलता बनेको छ । यता बार्सिलोनाले घरेलु मैदानमा एस्टन भिल्लामाथि ३–० को सहज जित निकालेको छ । बार्सिलोनाको जितमा राफिन्हाले दुई गोल गरे भने लामिन यमालले एक गोल गरे । खेलको सातौँ मिनेटमै यमालले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा राफिन्हाले ५२औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। उनले ६४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । यस जितसँगै बार्सिलोनाले च्याम्पियन्स लिगको लिग चरणमा महत्त्वपूर्ण अंक जोडेको छ। राफिन्हाले पछिल्ला चार च्याम्पियन्स लिग खेलमध्ये तीन खेलमा दुई-दुई गोल गरेका छन् । गएराति नै भएका अन्य खेलमा पेरिस सेन्ट जर्मेनले भिल्लारियललाई ६–० गोलले पराजित गरेको छ। इन्टर मिलानले फेयेनोर्डलाई ३–० तथा बायर्न म्युनिखले एट्लेटिको मड्रिडलाई २–० गोलले हराएको छ । त्यस्तै, गालातासारेले स्टुटगार्टलाई २–०, स्पोर्टिङले शाख्तर डोनेत्स्कलाई १–० तथा एलएएसकेले स्लोभान ब्राटिस्लाभालाई ४–० गोलले पराजित गरेका छन्। बोडो/ग्लिम्ट र लिलबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ । The post च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेड र बार्सिलोनाको शानदार जित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शिवालय–छेडागाड जोड्ने झोलुङ्गे पुल उद्घाटन, स्थानीयलाई आवतजावतमा सहज हुने
Latest NewsJust now

शिवालय–छेडागाड जोड्ने झोलुङ्गे पुल उद्घाटन, स्थानीयलाई आवतजावतमा सहज हुने

जाजरकोटको छेडागाड नगरपालिका-१ र शिवालय गाउँपालिका-९ जोड्ने झोलुङ्गे पुल उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच प्रतिनिधि सभा सदस्य खडकबहादुर बुढाले साझेखेतस्थित उक्त पुलको उद्घाटन गरेका हुन् । ...

कान्तिपुर
यूरोपा लिग : पीएसजी, बार्सिलोना र बायर्नको जित
Latest NewsJust now

यूरोपा लिग : पीएसजी, बार्सिलोना र बायर्नको जित

काठमाडौं । यूरोपा लिगअन्तर्गत डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले भने आफ्नो शतप्रतिशत सुरुआत कायम राख्यो । यसका लागि उसले भिल्लारियलमाथि ६–० को जित निकालेको हो । फ्रान्सेली च्याम्पियनका लागि भने फाबिन रुइजले दुई गोल गरे । यस्तै बायर्न म्युनिकले एटलेटिको म्याड्रिडलाई २–० ले हरायो र त्यसमा लेनार्ट कार्ल तथा कोनार्ड लामेरले एक एक गोल गरे । इन्टर मिलान भने ...

केन्द्रबिन्दु
सामाजिक सञ्जालको माखेसाङ्लो
Latest NewsJust now

सामाजिक सञ्जालको माखेसाङ्लो

आजको युगलाई सूचना र सञ्चारको युग भनिन्छ । यस युगको सबैभन्दा ठूलो परिचय बनेको छ सामाजिक सञ्जाल । फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम, एक्स, भाइबर र ह्वाट्सएपजस्ता माध्यमले मानिसको दैनिक जीवनको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play