Friday, November 20, 2026||
MultiKhabarMultiKhabar

चीन भ्रमणमा रहेका रास्वपा सांसदबीच राजनीतिक चर्चा, देउवा र ओलीबारे पनि टिप्पणी

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीन भ्रमणमा रहेका रास्वपा सांसदबीच राजनीतिक चर्चा, देउवा र ओलीबारे पनि टिप्पणी
Photo / Coverage: नेपालन्युज

काठमाडौं। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद यतिबेला उत्तरी छिमेकी चीनको भ्रमणमा छन्। चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपा महामन्त्री विपिन आचार्यको नेतृत्वमा सांसदहरूको टोली चीन भ्रमणमा गएको हो। यसैबीच, चीन भ्रमणमा रहेका रास्वपा सांसदहरूबीच नेपालको समसामयिक राजनीतिक अवस्थाबारे भएको कुराकानीको भिडियो सार्वजनिक भएको छ। भ्रमण टोलीका सदस्य सांसद श्रीराम न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको भिडियोमा सांसदहरूबीच नेपाली राजनीति र पारिवारिक विषयमा कुराकानी भइरहेको सुनिन्छ। न्यौपानेले फेसबुकमा रोबोटले खेलिरहेको दृश्यसहितको भिडियो पोस्ट गरेका थिए। उक्त भिडियोको पृष्ठभूमिमा सांसदहरूबीच नेपाली कांग्रेस, नेकपा एमाले र आगामी निर्वाचनलगायतका विषयमा छलफल भइरहेको सुनिन्छ। भिडियोमा एक पुरुष सांसदले नेपाली कांग्रेसको नेतृत्व पुनः शेरबहादुर देउवाकै हातमा जानुपर्ने धारणा राखेका छन्। उनले भनेका छन्, ‘शेरबहादुर देउवाको हातमा कांग्रेस जानुपर्छ अझै।’ त्यसको जवाफमा एक महिला सांसदले अदालतको फैसलासमेत देउवाकै पक्षमा आउनुपर्ने आशय व्यक्त गरेकी छन्। उनले भनेकी छन्, ‘अदालतले पनि फैसला गर्दा शेरबहादुरकोमा जानुपर्छ।’ ती पुरुष सांसदले पनि उनको भनाइमा सहमति जनाउँदै समर्थन गरेका छन्। कुराकानीकै क्रममा ती महिला सांसदले स्थानीय तहको निर्वाचनसम्म एमाले अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेत अझै चर्को रूपमा प्रस्तुत हुनुपर्ने धारणा राखेकी छन्। उनले भनेकी छन्, ‘स्थानीय चुनावसम्म र ओलीले रोक्नुहुन्न, योभन्दा डबल चर्को भएर निस्कनुपर्छ, ओली र महेश बस्नेत।’ उनको उक्त भनाइमा अर्की महिला र एक पुरुष सांसदले पनि समर्थन जनाएका छन्। उनीहरूले ओली र बस्नेत आफ्नो स्वभावअनुसार चर्को रूपमा प्रस्तुत हुने प्रतिक्रिया दिएका छन्। चीन भ्रमणका क्रममा खिचिएको उक्त भिडियो सार्वजनिक भएपछि रास्वपा सांसदहरूबीचको राजनीतिक संवाद चर्चामा आएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१२ बजे १२ समाचार : मलेसियामा पैसा पठाउन अनुमति दिने मन्त्रीस्तरीय फाइल गायब, बालेनको भारत भ्रमण कति फरक ?
Latest NewsJust now

१२ बजे १२ समाचार : मलेसियामा पैसा पठाउन अनुमति दिने मन्त्रीस्तरीय फाइल गायब, बालेनको भारत भ्रमण कति फरक ?

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर हाजिर भएका छौँ- १. दलहरुसँग आयोगको छलफल निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेश... ...

रातोपाटी
बुढानीलकण्ठमा दर्शनार्थीको घुइँचो
Latest NewsJust now

बुढानीलकण्ठमा दर्शनार्थीको घुइँचो

काठमाडौँ । हरि बोधिनी एकादशीका अवसरमा बुढानीलकण्ठ मन्दिरमा दर्शनार्थीको शुत्रबार घुइँचो लागेको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीदेखि कात्तिक शुक्ल पूर्णिमासम्म पाँच दिन बुढानीलकण्ठ मन्दिरमा भक्तजन पूजा, आराधना एवं... ...

रातोपाटी
इँटा उद्योग रूपान्तरण गर्न ६ करोड डलरको कार्बन वित्त जुटाइँदै
Latest NewsJust now

इँटा उद्योग रूपान्तरण गर्न ६ करोड डलरको कार्बन वित्त जुटाइँदै

काठमाडौं – नेपालको परम्परागत इँटा उद्योगलाई आधुनिक तथा वातावरणमैत्री बनाउने उद्देश्यले छ करोड अमेरिकी डलर (करिब रु नौ अर्ब) बराबरको कार्बन वित्त परिचालन गर्ने योजना अघि बढाइएको छ। दिवाकर गोल्छा अर्गनाइजेसनअन्तर्गतको हुलास इको ब्रिक्स र जलवायु प्रविधि विकास गर्ने कम्पनी इनोसिएसआरको सहकार्यमा यो कार्यक्रम अघि बढाउन लागिएको हो। दिवाकर गोल्छा अर्गनाइजेसनका निर्देशक हितेश गोल्छाका अनुसार यस योजनाअन्तर्गत आगामी तीन वर्षभित्र मुलुकभरका ३०० ...

नेपालन्युज
बत्तीस जना सहसचिवको सरुवा
Latest NewsJust now

बत्तीस जना सहसचिवको सरुवा

नगेन्द्र सापकोटाकाठमाडौँ, मङ्सिर ४ गते । सरकारले राजपत्राङक्ति प्रथम श्रेणीका सहसचिवहरुको सरुवा गरेको छ । शुुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले विभिन्न सेवा र समूूहमा कार्यारत ३२... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play