Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

चीन भ्रमणबारे महामन्त्री आचार्यले सभापति रविलाई गराए ब्रिफिङ

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीन भ्रमणबारे महामन्त्री आचार्यले सभापति रविलाई गराए ब्रिफिङ
Photo / Coverage: विश्वखबर

काठमाडौं– चीन भ्रमणबाट फर्किएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीले सभापति रवि लामिछानेलाई भ्रमणका उपलब्धि र छलफलबारे जानकारी गराएको छ । महामन्त्री विपिन आचार्य नेतृत्वको २० सदस्यीय टोलीले पार्टी कार्यालय घण्टीघरमा लामिछानेलाई भेटेर चीन भ्रमणबारे ब्रिफिङ गरेको हो । नोभेम्बर १५ देखि चीनका सिचुवान, चच्याङ र बेइजिङ भ्रमणमा गएको टोली बिहीबार नेपाल फर्किएको थियो । भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेता ली शुलेईसहित विभिन्न तहका नेताहरूसँग राजनीतिक संवाद भएको आचार्यले जानकारी गराएका थिए । दुई पार्टीबीचको सम्बन्ध, राजनीतिक विश्वास, नीतिगत तथा सांगठनिक अनुभव आदानप्रदान र सुशासन एवं विकासमा सहकार्यका विषयमा छलफल भएको थियो । त्यस्तै, चीनमा उद्योग–व्यवसायको अवलोकन तथा विपद् व्यवस्थापनसम्बन्धी तयारी र रणनीतिबारे भएका छलफलका विषयमा पनि उनले जानकारी गराएका थिए । भ्रमणका क्रममा सिकेका विषयलाई पार्टीभित्र र देश विकासमा कार्यान्वयन गर्न सभापति लामिछानेले टोलीलाई निर्देशन दिएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
डेढ लाख घुस लिएको आरोपमा इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Latest NewsJust now

डेढ लाख घुस लिएको आरोपमा इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सेवाग्राहीबाट डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा कपिलवस्तुको कृष्णपुर नगरपालिकाका प्राविधिक प्रमुख इन्जिनिर प्रदीपकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार इन्जिनियर चौधरीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो। उनले नगरपालिकाबाट सञ्चालित सडकको अन्तिम बिल भुक्तानी गर्दा घुस लिइएको पाइएकाले मुद्दा... ...

नेपालखबर
राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता
Latest NewsJust now

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबिच भेटवार्ता

काठमाडौँ, मङ्सिर १२ गते । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता भएको छ ।उक्त भे... ...

गोरखापत्र
विमानस्थलबाट थाई गाजासहित एक भारतीय पुरुष पक्राउ
Latest NewsJust now

विमानस्थलबाट थाई गाजासहित एक भारतीय पुरुष पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई गाजासहित एक भारतीय पुरुष पक्राउ परेका छन् । प्रहरीले शुक्रबार भारत उत्तर प्रदेशका ३३ वर्षीय शिवकुमार चौहानलाई पक्राउ गरेको हो । चौहान ४ केजी थाई... ...

रातोपाटी
घरबाट सम्पर्कविहीन महिला मृत फेला
Latest NewsJust now

घरबाट सम्पर्कविहीन महिला मृत फेला

तिलाचन पाण्डे गुल्मी, मङ्सिर ११ गते । गुल्मीमा तीन दिनदेखि घरपरिवारको सम्पर्कमा नरहेकी एक महिला मृत अवस्थामा फेला पर्नुभएको छ ।जिल्लाको रेसुङ्गा नगरपालिका–१४ खौवाकी ४० वर्षीया कोपि... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement