Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
Photo / Coverage: केन्द्रबिन्दु

सेन्जेन । चीन, अमेरिका र रुसले आफ्ना राष्ट्रप्रमुखबीच चीनको सेन्जेन सहरमा भएको ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलनपछि बिहीबार संयुक्त रूपमा ‘शान्ति घोषणापत्र’ जारी गरेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी सम्मेलनपछि चिनियाँ सरकारी सञ्चारमाध्यम र क्रेमलिनले संयुक्त वक्तव्य सार्वजनिक गर्नुभएको छ । ह्वाइट हाउसले भने उक्त वक्तव्य सार्वजनिक गरेको छैन । संयुक्त वक्तव्यमा तीनै देशका नेताले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितिबारे गहन विचारविमर्श गर्दै रणनीतिक स्थिरता र अन्तर्राष्ट्रिय सुरक्षा कायम राख्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख छ । तीन देशले प्रशोधित पेट्रोलियम पदार्थको उत्पादन तथा आपूर्ति बढाउने योजना बनाएको र ऊर्जाको स्थिर प्रवाहको महत्त्वलाई पुनः पुष्टि गरेको वक्तव्यमा जनाइएको छ । त्यसैगरी आणविक जोखिम न्यूनीकरण र आणविक हतियारको प्रसार रोक्न आपसी संवाद अघि बढाउने सहमति भएको छ । वक्तव्यमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) लगायतका संस्थाले आफ्नो अधिकारक्षेत्रको दुरुपयोग गर्न नहुने उल्लेख गरिएको छ । राष्ट्रको सहमति र सरकारी अधिकारीले पाउने कूटनीतिक उन्मुक्तिको सम्मान गर्नुपर्नेमा पनि नेताहरूले जोड दिएका छन् । तीनै देशले संयुक्त राष्ट्रसङ्घको सुधार प्रक्रियालाई अघि बढाउन प्रतिबद्धता व्यक्त गरेका छन् । चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सीले सम्मेलनलाई सकारात्मक, रचनात्मक र उपलब्धिमूलक बताएका हुन् । ‘विश्व शान्तिको संरक्षण गर्ने विषयमा तीनै देशको साझा दृष्टिकोण रहेको छ,’ सीले भने । सम्मेलन सकिएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्प सेन्जेनबाट प्रस्थान गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चितवनद्वारा सुदूरपश्चिमसामु १३४ रनको लक्ष्य प्रस्तुत
Latest NewsJust now

चितवनद्वारा सुदूरपश्चिमसामु १३४ रनको लक्ष्य प्रस्तुत

• चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य प्रस्तुत गर्दै १३३ रन बनाएको छ। • चितवनका डेविड मलानले ७१ रनको उत्कृष्ट पारी खेलेका छन्। • सुदूरपश्चिमका बलर स्कट कुगेलाइनले ३ विकेट लिएका छन्। ...

नेपालबहस
सुनको सिक्री चोरी आरोपमा एक जना पक्राउ
Latest NewsJust now

सुनको सिक्री चोरी आरोपमा एक जना पक्राउ

ताप्लेजुङ समाचारदाताताप्लेजुङ, मङ्सिर ३ गते । ताप्लेजुङमा वृद्धाको घाँटीबाट सुनको सिक्री चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा फुङलिङ नगरपालिका–४ का ३० वर्षीय... ...

गोरखापत्र
सुख्खायामका लागि भारतबाट १५० मेगावाट विद्युत् किन्ने तयारी
Latest NewsJust now

सुख्खायामका लागि भारतबाट १५० मेगावाट विद्युत् किन्ने तयारी

काठमाडौं । आगामी सुख्खायाममा विद्युत् आपूर्ति सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले भारतबाट १५० मेगावाट विद्युत् खरिद गर्ने प्रक्रिया अघि बढाउने भएको छ । प्राधिकरणले सन् २०२७ जनवरीदेखि मेसम्म चौबिसै घण्टा विद्युत् आयात गर्ने गरी भारतीय विद्युत् व्यापारिक कम्पनीसँग प्रतिस्पर्धात्मक दरमा बोलपत्र माग्ने तयारी गरेको हो । भोटेकोशीमा आएको बाढीका कारण करिब ४३० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएपछि आगामी सुख्खायाममा आपूर्ति व्यवस्थापन थप ...

कर्पोरट खबर
एसियन हाइवेको पूर्वी सडकखण्डमा २५ किमी कालोपत्रे
Latest NewsJust now

एसियन हाइवेको पूर्वी सडकखण्डमा २५ किमी कालोपत्रे

झापा – एसियन हाइवेको काँकडभिट्टा–लौकही सडकको पूर्वी खण्डमा २५ दशमलव ५ किलोमिटर सडक कालोपत्रे भएको छ । आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार काँकडभिट्टादेखि सितापुरीसम्मको ४५ किलोमिटरमध्ये सडकको दुवैतर्फ १९ दशमलव ५ किलोमिटर र एकतर्फी ६ किलोमिटर सडकमा कालोपत्रे भएको छ । निर्माणधीन ४ लेनको सडकको भौतिक प्रगति ५६ प्रतिशत रहेको उनले बताए । निर्माण कम्पनीले […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play