Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

चीनले बनायो १९ यात्रु क्षमताको विद्युतीय विमान, पहिलोपटक पाइलटसहित परीक्षण उडान

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनले बनायो १९ यात्रु क्षमताको विद्युतीय विमान, पहिलोपटक पाइलटसहित परीक्षण उडान
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । चीनले विद्युतीय व्यावसायिक विमान पहिलोपटक चालक दलका सदस्यसहित सफल परीक्षण गरेको छ । चीनले शनिबार सीई– २५ ए नामक विद्युतीय विमानको सफल परीक्षण गरेको सिह्नाले जनाएको छ । चाइना कमर्सियल एयरक्राफ्ट कर्पोरेसन (कोम्याक) का अनुसार शनिबार चीनको पूर्वी प्रान्त शान्दोङको बिन्झोउ क्षेत्रमा उक्त विमानले पहिलो मानवसहितको उडान गरेको हो । उक्त परीक्षण उडानका क्रममा विमानमा दुई जना पाइलट र एक जना उडान परीक्षण इन्जिनियर सवार थिए । उडानका क्रममा विमानले सामान्य रूपमा काम गरेको र यसको कार्यसम्पादनसम्बन्धी सबै सूचक अपेक्षाअनुसार रहेको कोम्याकले जनाएको छ । सीई– २५ ए कोम्याकले विकास गरेको पहिलो विद्युतीय व्यावसायिक विमान हो । मुख्यत: विभिन्न शहरबीच व्यावसायिक उडान सञ्चालन गर्ने उद्देश्यले निर्माण गरिएको यस विमानमा १९ जना यात्रु बस्न मिल्छ । यसको अधिकतम उडान भर्ने तौल १० टन रहेको छ । विमानको प्रतिघण्टा अधिकतम क्रुजिङ गति ३०० किलोमिटर, क्रुजिङ उचाइ २ हजार ४०० मिटर र एकपटकको उडान क्षमता ४०० किलोमिटर रहेको छ । यसअघि सीई– २५ ए ले २ फेब्रुअरी २०२६ मा पहिलोपटक चालक दलबिनाको स्वचालित परीक्षण उडान सम्पन्न गरेको थियो । कोम्याक, चिनियाँ ब्याट्री निर्माता कम्पनी क्याटल, सांघाई जियाओ टोङ विश्वविद्यालयलगायत संस्थाको संयुक्त सहकार्यमा उक्त विमान विकास गरिएको हो । हालसम्म यस विमानले चालक दलबिनाको स्वचालित उडानसम्बन्धी १९ वटा परीक्षण तथा प्रमाणीकरण उडान सम्पन्न गरिसकेको छ । The post चीनले बनायो १९ यात्रु क्षमताको विद्युतीय विमान, पहिलोपटक पाइलटसहित परीक्षण उडान appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रपति पौडेलले गौरीघाट पुगेर दिए अस्ताउँदो सूर्यलाई अर्घ्य
Latest NewsJust now

राष्ट्रपति पौडेलले गौरीघाट पुगेर दिए अस्ताउँदो सूर्यलाई अर्घ्य

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वको अवसरमा आज काठमाडौंको गौरीघाट पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् । छठ पर्वका अवसरमा गौरीघाट पुगेका राष्ट्रपति पौडेलले अस्ताउँदो सूर्यको पूजा आराधना गर्दै अर्घ्य दिएका हुन् । तराई–मधेससहित देशका विभिन्न स्थानमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्वमा आज व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् । ...

केन्द्रबिन्दु
संविधान र कानूनभित्र रहेर मात्रै विकास र सुशासन सम्भव छ : सभामुख अर्याल
Latest NewsJust now

संविधान र कानूनभित्र रहेर मात्रै विकास र सुशासन सम्भव छ : सभामुख अर्याल

बारा । सभामुख डोलप्रसाद अर्यालले संविधान र विद्यमान कानूनको परिधिभित्र रहेर मात्रै देशको विकास र सुशासन सम्भव हुने बताएका छन्। आइतबार सिमरामा आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभामुख अर्यालले... ...

रातोपाटी
माघ १ देखि प्रदर्शनमा आउने भयो अर्पण थापाको ‘फ्रेन्च किस’
Latest NewsJust now

माघ १ देखि प्रदर्शनमा आउने भयो अर्पण थापाको ‘फ्रेन्च किस’

काठमाडौं । चलचित्र ‘फ्रेन्च किस’ले टिजर सार्वजनिक गर्दै रिलिज डेट अनाउन्स गरेको छ । आज ओएसआर डिजिटलमार्फत टिजर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति जानकारी गराइएको हो । ‘फ्रेन्च किस’ माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । माघे संक्रान्तिको अवसर पारेर यो सिनेमा प्रदर्शनमा आउन लागेको हो । सार्वजनिक टिजरमा एक युगल जोडी छ । जो काठमाडौंका सुन्दर ठाउँदेखि तालसम्म हात समाएर ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play