वासिङ्टन । अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार गर्दै चीनले अमेरिकी प्रभुत्वलाई चुनौती दिइरहेको अमेरिकी रक्षा गुप्तचर निकाय (डिआइए) ले जनाएको छ। उपग्रह निगरानीदेखि प्रतिउपग्रह हतियारसम्मका प्रविधि विकास गरिरहेकाले अमेरिका र उसका सहयोगीका अन्तरिक्ष प्रणालीमा खतरा बढेको प्रतिवेदनको निष्कर्ष छ। अक्टोबर २०२६ को अन्त्यमा सार्वजनिक १३० पृष्ठ लामो प्रतिवेदनमा चीन, रुस, इरान र उत्तर कोरियालाई प्रमुख सुरक्षा चुनौतीका रूपमा औंल्याइएको छ। चीनले सन् २०१६ मा ४० वटा उपग्रह प्रक्षेपण गरेकामा गत वर्ष ३८४ वटा पुऱ्याएको थियो। सन् २०२६ को मध्यसम्म चीनसँग ५१० भन्दा बढी गुप्तचर, निगरानी तथा अनुगमन (आइएसआर) उपग्रह रहेका छन्, जसले पृथ्वीका जुनसुकै स्थानको तस्बिर ३० मिनेटभित्र उपलब्ध गराउन सक्छन्। डिआइएका अनुसार चीनले उपग्रह नष्ट गर्ने क्षेप्यास्त्र, जामिङ, साइबर आक्रमण र शक्तिशाली लेजर प्रविधि विकास गरेको छ। ताइवानलाई लिएर क्षेत्रीय द्वन्द्व भएमा अमेरिकी हस्तक्षेप रोक्न चीनले यी क्षमता प्रयोग गर्न सक्ने आकलन गरिएको छ। रुससँगको सहकार्य र एआई प्रविधिको प्रयोगले आगामी दशकमा अन्तरिक्ष सुरक्षा चुनौती थप बढ्ने चेतावनी दिइएको छ। एएफपी
चीनले अन्तरिक्षमा अमेरिकी प्रभूत्वलाई चुनौती दिइरहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु




![म्हःपूजा शरीरको सम्मान र आत्मसुरक्षाको सन्देश दिने पर्व [भिडियो]](https://hamrakura.com/uploads/news/images/gyanram-shrestha--.jpg)

