Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

चीनमा १९ सिटे विद्युतीय विमानको पहिलो मानवसहित परीक्षण उडान सफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनमा १९ सिटे विद्युतीय विमानको पहिलो मानवसहित परीक्षण उडान सफल
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अब विद्युतीय गाडी मात्रै होइन, विद्युतीय विमानबाट पनि यात्रा गर्ने दिन नजिकिँदै छ । चीनले १९ जनासम्म यात्रु बोक्न सक्ने विद्युतीय यात्रुवाहक विमानको पहिलो मानवसहितको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । चीनको घरेलु प्रविधिमा आधारित सीई–२५ए नामक उक्त विमानले शनिबार नोभेम्बर १४ मा शान्दोङ प्रान्तको बिन्झाउबाट पहिलो पटक चालक दलसहित उडान भरेको हो । चाइना कमर्सियल एयरक्राफ्ट कर्पोरेसन (कोम्याक)का अनुसार परीक्षण उडानमा दुई जना पाइलट र एक जना उडान परीक्षण इन्जिनियर सवार थिए । उडानका क्रममा विमानका सबै प्रमुख प्रणाली सामान्य रूपमा सञ्चालन भएका थिए भने कार्यसम्पादनका सूचकहरू पनि निर्धारित लक्ष्यअनुरूप रहेको कम्पनीले जनाएको छ । छोटो दूरीका सहरबीच यात्रु ओसारपसार गर्ने उद्देश्यले विकास गरिएको यो विमानमा एकपटकमा १९ जनासम्म यात्रु यात्रा गर्न सक्छन् । यसको अधिकतम उडान तौल १० टन रहेको छ भने प्रतिघण्टा ३०० किलोमिटरको गतिमा उड्न सक्छ । त्यस्तै, यसको उडान क्षमता ४०० किलोमिटर र उडान उचाइ करिब २ हजार ४ सय मिटर रहेको छ । यसअघि सीई–२५एले सन् २०२६ फेब्रुअरी २ मा पहिलो मानवरहित परीक्षण उडान गरेको थियो । त्यसपछि चालक दलबिनै १९ पटकसम्म परीक्षण उडान सम्पन्न गरेपछि अहिले मानवसहितको उडान गरिएको हो । कोम्याकले विभिन्न अनुसन्धान तथा औद्योगिक साझेदारसँगको सहकार्यमा विकास गरेको यो विमान चीनको पहिलो विद्युतीय व्यावसायिक विमान हो । परियोजनामा ब्याट्री निर्माता कम्पनी सीएटीएल र सांघाई जियाओ टोङ विश्वविद्यालयलगायतका संस्थाको सहभागिता रहेको छ । यसैबीच, विमानले व्यावसायिक उडानको अनुमति पाउन आवश्यक प्रमाणीकरण प्रक्रिया पनि अघि बढाएको छ । चीनको नागरिक उड्डयन प्रशासनले यसको टाइप सर्टिफिकेटका लागि दिएको आवेदन स्वीकार गरिसकेको छ । यद्यपि, विमानले व्यावसायिक उडान सञ्चालन गर्ने अन्तिम अनुमति भने पाइसकेको छैन ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
राष्ट्रिय भेलालगत्तै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
Latest NewsJust now

राष्ट्रिय भेलालगत्तै एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा (एमाले) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।  आगामी मंसिर ५ गते बस्ने गरी केन्द्रीय कमिटी बैठक तय भएको एमाले प्रचार एवं प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए। राष्ट्रिय भेला र स्थानीय तहका जनप्रतिनिधिको भेलापछि एमालेले केन्द्रीय कमिटीको बैठक राखेको हो। एमालेको मंसिर २ र ३ गते राष्ट्रिय भेला हुँदै छ। काठमाडौँको कार्की ब्यांक्वेटमा हुने भेला... ...

नेपालखबर
मियामी विमानस्थलमा कार्गो र यात्रुवाहक विमान ठोक्किए, दुई जना घाइते
Latest NewsJust now

मियामी विमानस्थलमा कार्गो र यात्रुवाहक विमान ठोक्किए, दुई जना घाइते

काठमाडाैँ । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यूपीएसको कार्गो विमान र कोपा एयरलाइन्सको यात्रुवाहक विमान एकआपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार शनिबार राति करिब ९ः१५ बजे अवतरण... ...

रातोपाटी
तीन महिनामा नेपाल टेलिकमको नाफा ३७ प्रतिशतले बढ्यो
Latest NewsJust now

तीन महिनामा नेपाल टेलिकमको नाफा ३७ प्रतिशतले बढ्यो

नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ३७.३५ प्रतिशतले बढाएको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। गत वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ४९ ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play