Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

चीनमा तौल घटाउने खाने औषधि स्वीकृत

Share:WhatsAppFacebookX (Twitter)Telegram
चीनमा तौल घटाउने खाने औषधि स्वीकृत
Photo / Coverage: केन्द्रबिन्दु

बेइजिङ । चीनले पहिलो पटक मुखबाट सेवन गरिने जीएलपी–१ समूहको तौल घटाउने औषधि स्वीकृत गरेको छ । अमेरिकी कम्पनी एली लिलीले उत्पादन गरेको ‘ओर्फोग्लिप्रोन’ नामक औषधि ‘मुयुडा’ ब्रान्डमा बिक्री गर्न अनुमति दिइएको हो । चीनको राष्ट्रिय चिकित्सा उत्पादन प्रशासनले मोटोपना वा बढी तौलसँगै सम्बन्धित कम्तीमा एउटा स्वास्थ्य समस्या भएका वयस्कको उपचारका लागि उक्त औषधि स्वीकृत गरेको हो । दिनमा एक पटक सेवन गर्नुपर्ने यो औषधि गत अप्रिलमा अमेरिकामा पनि स्वीकृत भएको थियो । यससँगै एली लिली चीनमा मुखबाट सेवन गरिने जीएलपी–१ औषधि स्वीकृत गराउने पहिलो कम्पनी बनेको छ । सुईबाट दिइने यस्ता औषधि भने एली लिलीसहित डेनमार्कको नोभो नोर्डिस्क र चिनियाँ कम्पनी इनोभेन्टले यसअघि नै त्यहाँ उपलब्ध गराउँदै आएका छन् । जीएलपी–१ औषधिले भोक कम गर्ने र रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने प्राकृतिक हर्मोनको नक्कल गरी तौल घटाउन सहयोग गर्छ । सुईबाट दिइने औषधिको विकल्पका रूपमा खाने औषधि ल्याउन उत्पादक कम्पनीहरूबीच प्रतिस्पर्धा बढेको छ । ‘द ल्यान्सेट’ मा सन् २०२५ मा प्रकाशित अध्ययनअनुसार सन् २०५० सम्ममा चीनमा बढी तौल वा मोटोपना भएका वयस्कको सङ्ख्या ६३ करोड पुग्ने अनुमान छ । त्यस्तै, राष्ट्रिय स्वास्थ्य आयोगले सन् २०३० सम्ममा देशको ६५ प्रतिशत जनसङ्ख्यामा बढी तौल वा मोटोपनाको समस्या हुने चेतावनी दिएको छ । -एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मन्त्री लम्सालसँग भारतीय राजदूतको भेटवार्ता
Latest NewsJust now

मन्त्री लम्सालसँग भारतीय राजदूतको भेटवार्ता

काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भारतीय राजदूत सुधाकर दलेलले शिष्टाचार भेटवार्ता गरेका छन्। मन्त्रालयमा भएको उक्त भेटमा पूर्वाधार विकास तथा सम्पर्क सञ्जालका क्षेत्रमा दुई देशबिचको द्विपक्षीय सहकार्यलाई थप गहिरो र सुदृढ... ...

रातोपाटी
चितवन र जनकपुरका १–१ खेलाडी परिवर्तन, अनिलको स्थानमा सन्तोष र मुस्लीको स्थानमा मलान
Latest NewsJust now

चितवन र जनकपुरका १–१ खेलाडी परिवर्तन, अनिलको स्थानमा सन्तोष र मुस्लीको स्थानमा मलान

चितवन र जनकपुरले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ। जनकपुरको अनिल शाहको स्थानमा सन्तोष कार्की र चितवनमा डान मुस्लीको स्थानमा डविड मलान प्लेइङ ११ मा आएका छन्।  लिग चरणको २ खेलमा जित, २ खेलमा हार र एक खेलमा अंक बाँडेको चितवन ५ अंकमा तालिकाको पाचौँ स्थानमा छ। चितवनले लिग चरणमा आजसहित २ खेल खेल्न बाँकी छ। चितवन आजको खेलमा जित निकाल्दै प्लेअफ ...

नेपालखबर
स्वास्थ्य व्यवसायीको प्रमाणपत्र हुलाक र कुरियरमार्फत घरमै पुर्‍याउने योजना
Latest NewsJust now

स्वास्थ्य व्यवसायीको प्रमाणपत्र हुलाक र कुरियरमार्फत घरमै पुर्‍याउने योजना

काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले स्वास्थ्य व्यवसायीको प्रमाणपत्र हुलाक र कुरियरमार्फत घरमै पुर्‍याउने गरी योजना अघि सारेको छ । परिषद्ले प्रमाणपत्र, चिठी तथा कागजात कुरियर वा हुलाक मार्फत विद्यार्थी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play