Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

चितवन राइनोजको जित, जनकपुर ४ विकेटले पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
चितवन राइनोजको जित, जनकपुर ४ विकेटले पराजित
Photo / Coverage: नेपालन्युज

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले १७.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। चितवनको जितमा डाविड मलानले सर्वाधिक ३५ रन बनाए। त्यस्तै कुशल मल्लले १५, रवि बोपाराले १३ र कामिल मिशाराले १२ रन जोडे। बलिङतर्फ जनकपुरका राहुल यादवले ३, ललित राजवंशीले २ र विशाल सुशलिङले १ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८८ रन मात्र बनाउन सक्यो। जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक २५ रन बनाए। त्यसैगरी विशाल सुशलिङले १५, सन्तोष कार्कीले १० र राहुल यादवले अविजित १० रन बनाए। चितवनका बलर रञ्जित कुमारले ३ विकेट लिए भने सिकन्दर राजा, कमिल मिशारा र रिजन ढकालले समान २-२ विकेट हात पारे। यस जितसँगै चितवन राइनोज प्ले अफ नजिक पुगेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नयाँं पुस्तालाई अग्रजहरुको सङ्घर्षबारे जानकारी दिनुपर्छ :  अध्यक्ष बिजुक्छे
Latest NewsJust now

नयाँं पुस्तालाई अग्रजहरुको सङ्घर्षबारे जानकारी दिनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले नयाँ पुस्तालाई इतिहास, अग्रजहरूले गरेका सङ्घर्ष र योगदानबारे जानकारी गराउनुपर्ने आवश्यकता औँल्याएका छन् । नेपाल कर्मचारी समाज इञ्जिनियरिङ कलेज एकाइ समितिको... ...

रातोपाटी
राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिता
Latest NewsJust now

राष्ट्रिय खेलकुदका लागि मधेसमा खेलाडी छनोट प्रतियोगिता

जनकपुर । कर्णाली प्रदेशमा आगामी मङ्सिरमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेस प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोटका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । मधेस खेलकुद परिषद्को दोस्रो वार्षिकोत्सवको... ...

रातोपाटी
नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता
Latest NewsJust now

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

पेरिस सम्झौताको धारा ६ अन्तर्गत भएको उक्त सम्झौताले दुई देशबीच कार्बन बजार, जलवायुमैत्री लगानी, प्रविधि हस्तान्तरण, जलवायु अनुकूलन तथा दिगो विकासका क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । ...

कान्तिपुर
मंसिर ३ गतेसम्म तराईमा हुस्सु, पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना
Latest NewsJust now

मंसिर ३ गतेसम्म तराईमा हुस्सु, पहाडी र हिमाली भेगमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौँ। आगामी मंसिर ३ गतेसम्म देशका विभिन्न क्षेत्रमा मौसममा बदली हुने भएको छ । तराईका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहे पनि तत्काल वर्षाको सम्भावना भने नरहेको मौसमविद् अनिषा निरौलाले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play