काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा काठमाण्डू गोर्खाजविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवनका कप्तान शिन्दर राजाले टस जितेर काठमाण्डूलाई ब्याटिङको निम्तो दिए । खेलमा दुवै टोली जित निकाल्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछन् । हाल ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा रहेको काठमाण्डूले चार खेल खेल्दा तीन जित र एक हार व्यहोरेको छ । यता, पाँच अंकका साथ तालिकाको चौथो स्थानमा रहेको चितवनले चार खेल खेल्दा दुई जित र एक हार व्यहोरेको छ । टोलीको एक खेल भने रद्द भएको थियो । यी दुईबीचको खेल साँझ ५:०० बजे हुनेछ । The post चितवनले काठमाडौंविरुद्ध पहिले फिल्डिङ गर्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
चितवनले काठमाडौंविरुद्ध पहिले फिल्डिङ गर्ने

Read Complete Original Article
Published originally on कर्पोरट खबर






